Comments Add Comment

नेकपा माअोवादी केन्द्र

List Grid
पार्टी एकताबाट पछि हट्ने छुट कसैलाई छैनः महरा

२२ माघ, दाङ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकताका लागि एमाले र माओवादी दुबैले पुरानो पोजिसन छोड्नुपर्ने बताएका छन् । घोराहीमा कार्यकर्ता भेटघाट गर्दै महराले दुई पार्टीवीच एकता हुँदा पुरानो मनोविज्ञान त्याग्नुपर्ने धारणा राखेका हुन् । नयाँ पार्टी निर्माणमा पुरानो संख्याको कुनै औचित्य नहुने उनको भनाइ छ । ‘पार्टी एकता गर्दा संख्या महत्वपूर्ण […]

केही दिनमै पार्टी एकता हुन्छः प्रचण्ड

१८ माघ, काभ्रे । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले केही दिनमा एमाले र माओवादीबीच एकता हुने बताएका छन् । बिहीबार काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले प्रतिकि्रयावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिदै केही दिनमै पार्टी एकता गर्ने बताएका हुन् । गाउँपालिकाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्न आयोजित गरेको कार्यक्रमलाई सम्बाधन गर्दै प्रचण्डले भने,’वाम एकता […]

ओली र प्रचण्डबीच ४ घण्टा छलफल

१४ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता, मुख्यमन्त्री लगायतका पद बाँडफाँडका विषयमा ४ घण्टा लामो सघन छलफल भएको छ । ललितपुरमा भएको दुई नेताबीचको छलफल सकारात्मक भएको ओलीसँग कुरा गरेका एक एमाले नेताले बताए । ओलीले प्रचण्डसँग पार्टी एकता, सरकार गठनलगायत पार्टी संगठन र राज्य सन्चालनका सन्दर्भमा […]

नेपालगञ्जवासीलाई प्रचण्डको आश्वासनः सके राजधानी, नसके मन्त्रालय ल्याउँछु

११ माघ, काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा प्रदेश ५ को राजधानी हुनुपर्छ भन्ने बाँकेबासीको माग शीर्ष नेतृत्वसमक्ष राख्ने आश्वासन दिएका छन् । महोत्सव उद्घाटन गर्न नेपालगञ्ज पुगेका प्रचण्डसामू राजधानीको माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । तर, उनले राजधानीबारे फरक धारणा रहेको बताए । राजधानी जहाँ भएपनि मन्त्रालय र ठूला कार्यालय विभिन्न […]

माओवादीमा श्रीमतीमोह ! शहीदकी आमाको नाम चट्

  १० माघ, काठमाडौं । झापाकी चन्द्रकुमारी बस्नेत माओवादी कार्यकर्ता हुन् । उनका दुई छोरालाई संकटकालमा सेनाले भैरवनाथ गणमा सामूहिक हत्या गरेपछि चन्द्रकुमारी माओवादी कार्यकर्तामात्रै नभएर शहीदकी आमासमेत हुन् । उनलाई माओवादीले राष्ट्रियसभाका लागि सिफारिस गरेको थियो, तर नेतापत्नीका कारण उनको नाम काटियो । माओवादी नेताले राष्ट्रियसभामा आफ्नी श्रीमतीका लागि शहीदकी आमाको नाम काटेका हुन् […]

प्रदेश ५ को सभामुखमा माओवादी नेता पूर्णको दाबी

८ माघ, दाङ । प्रदेश ५ को सभामुखमा पूर्वी रुकुमबाट प्रदेशसभामा निर्वाचित माओवादी केन्द्रका नेता पूर्ण घर्तीमगर ‘आयाम’ले दाबी गरेका छन् । मुख्यमन्त्री एमालेले पाउने अवस्थामा सभामुख माओवादीले पाउनु उनले बताए । ‘माओवादी केन्द्रको पाँच नं. प्रदेशको संयोजक म हुँ, यो प्रदेशकोे सिनिएर भएकाले मेरो दावी हुनु स्वभाविक हो,’ नेता घर्तीले भने, ‘जातीय क्लस्टर मिलाउँदा […]

नेपालका कम्युनिष्टहरु साँच्चै ‘कम्युनिष्ट’ नै हुन् त ? (भाग १)

यतिखेर नेपालमा कम्युनिष्टहरु सफलता र लोकप्रियताको चरमचुलीमा छन् । भर्खरै सम्पन्न प्रादेशिक तथा प्रतिनिधिसभाको निर्वाचनमा उनीहरुले उल्लेखनीय जित हासिल गरेका छन । सबै कम्युनिष्ट पार्टीहरु (एमाले-माओवादी-मसाल-राष्ट्रिय जनमोर्चा) आदिले पाएको लोकप्रिय मत जोड्दा ५० प्रतिशतको नजिक छ भने सीटको हिसाबले उनीहरु झण्डै दुईतिहाईको नजिक छन् । केन्द्रमा ‘बाम गठबन्धन’ को सरकार संघारमा छ । देश संघीयतामा […]

वाम असहमतिको अर्थः विवादबाट बच्ने, भोलिका लागि बाटो राख्ने

२० पुस, काठमाडौं । शेरबहादुर देउवा सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने चेतावनी दिएको एमाले बालुवाटार बैठकमा केही फरक अडानमा देखियो । जसका कारण प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई बाटो त फुक्यो तर देउवा सरकारले गरेको नियुक्तिको भारी नयाँ सरकारले नबोक्ने सन्देश पनि दियो । आफैंले बोलाएको पाँच पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका […]

पार्टी नेताहरुलाई प्रचण्डको ब्रिफिङः पावर शेयरिङ अझै टुङ्गिएको छैन

१८ पुस, काठमाडौं । माओवादी केन्द्रले एमालेसँग पार्टी एकता प्रक्रियालाई गति दिने निर्णय गरेको छ । मंगलबार आफ्नै निवास खुमलटारमा बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता प्रक्रिया र सरकार गठनबारे भइरहेको छलफलबारे जानकारी गराएका छन् । ‘नेतृत्वमा छलफल छ । मेन लिडरसिपको पावर शेयरिङ कसरी गर्ने भन्ने टुंगिएको छ’ नेता मणि थापाले अनलाइनखबरसँग […]

घाइते लडाकूको जोखिमपूर्ण काठमाडौं यात्रा !

  ११ पुस, काठमाडौं । मोरङको केराबारी गाउँपालिका- ९ देवीझोडा निवासी रामबहादुर कार्कीको कम्मरमुनिको भाग चल्दैन । दुबै गोडा लुला छन् । बसेको ठाउँबाट यताउता गर्दा उनी बैशाखीको सहारा लिन्छन् । अलि टाढा जानुपर्‍यो भने उनी अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्ने स्कुटीको सहारा लिन्छन् । आफ्नो आधा चलायमान गर्न मुस्किल पर्ने अपाङ्गता भएका यी व्यक्तिले […]

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

२ पुस, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ । दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले कांग्रेस भन्दा ४५ हजार १०५ […]

प्रतिनिधिसभा निर्वाचनका १० आयामः अनौठा देखिए समीकरण

२६ मंसिर, काठमाडौं । गत २४ कात्तिकमा केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग सम्भव रहेको प्रतिवेदन चिनियाँ टोलीले नेपाल सरकारलाई दियोे । त्यसको तीन दिनपछि २७ कात्तिकमा बूढीगण्डकी जलविद्युतको निर्माण चिनियाँ कम्पनीलाई जिम्मा दिने पूर्ववर्ती सरकारको निर्णय कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले उल्ट्यायो । उक्त सरकारी निर्णय चिनियाँ टोलीका लागि देउवा सरकारको जवाफ थियो, केरुङ-काठमाडौं रेल […]

दाङ-२ मा कृष्ण महरा र शंकर पोखरेलको अग्रता

२२ मंसिर, काठमाडौं । दाङ क्षेत्र नं. २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेश (क) मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । २९३६ मत गणना हुँदा महराले १५८२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका राजु खनालले १०७३ […]

एमाले-माओवादी एकता भाँड्ने षडयन्त्र नगर्न ओलीको चेतावनी

११ मंसिर, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच चुनावपछि पार्टी एकता हुने बताएका छन् । रुपन्देही निर्वाचन क्षेत्र नं. ५ को रुद्रपुर र भैरवामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थायीत्व र स्थिरतामार्फत समृद्ध मुलुक निर्माणको लक्ष्यमा पुग्न बाम गठबन्धन बनाइएको बताएका छन् । उनले एकता भांड्ने […]

वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्छः बादल

७ मंसिर, दैलेख । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले वामपन्थीको नेतृत्वमा नेपाल संसारकै विकसित मुलुक बन्ने दावी गरेका छन् । एमाले र माओवादीको आयोजनामा दैलेखमा भएको आमसभालाई सम्बोधन गर्दै नेता बादलले अबको २६ वर्षभित्र वामपन्थीकै नेतृत्वमा संसारको विकसित मुलुक भइसक्ने बताए । ”छोटो समयमा संसारको विकसित मूलुक बनाउने गरी वामपन्थी शक्ति निर्माण गर्दैछौ,’ […]

खुशीरामले पालुङटारमा भनेका थिए- गाउँदा गाउँदै मर्न पाउँ !

५ मंसिर, चितवन । दिउँसो १२ बजे सञ्चालन हुने भनिएको भरतपुरको जनसभा शुरु हुन डेढ घण्टा ढिलो भयो । जिल्लाका विभिन्न भागबाट सभामा सहभागी हुनेहरु कार्यक्रमस्थल आइसकेका थिए । तर, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कार्यक्रममा आउन समय लागेका कारणले सो समयको उपयोग गरेर मञ्चमा जनवादी गीत गाउँदै थिए जनवादी गायक […]

गोरखा जेलब्रेकर कमला नहर्कीको अनुभवः सुरुङ खन्नभन्दा चुनाव लड्न गाह्रो

२९ कात्तिक, पालुङटार । माओवादीका सेनालाई शान्तिप्रक्रिया शुरु भएपछि क्यान्टोनमेन्टमा राखिँदा ब्रिगेड सह-कमान्डर थिइन्, कमला नहर्की । सेना समायोजनका क्रममा माओवादी सेनाकी एक मात्र महिला ब्रिगेड कमान्डर थिइन्, उनी । स्वेच्छिक अवकाश रोजेर घर फर्केकी नहर्कीलाई हालैको एक अपरान्ह पालुङटारमा चुनावी कार्यक्रममा भेटियो । उनी गोरखा-२ ‘क’बाट माओवादीबाट प्रत्यक्षतर्फको उम्मेदवार छिन् । र, उनका प्रतिद्वन्द्वी […]

फेरिएका प्रचण्डः ‘रियलाइजेसन’को फेजमा

२८ कात्तिक, चितवन । माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवास भरतपुर-१४, शिवनगरमा चितवन जिल्लाबाट राष्ट्रिय सञ्चारमाध्यममा प्रतिनिधित्व गर्ने पत्रकारसँग भेटघाट गरे । पत्रकारसँगको भेटमा उनले अबको राजनीतिक लाइन र कार्यदिशाका बारेमा केही बोले, जुन कुराले उनमा आएको परिवर्तन र ‘रियलाइजेसन’को झल्को प्रस्ट दिन्थ्यो । ‘प्रचण्डपथ’देखि बहुदलीय जनवादसम्म ! प्रचण्डले अब सिद्धान्तको मात्रै पछि लागेर जनता […]

ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !

२६ कात्तिक, झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले-माओवादीबीच मंसिर ९ गते पार्टी एकता गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । मंसिर ९ मा नभई दुई वामपन्थी दलबीच चुनावपछि एकता प्रक्रिया अघि बढाउने उनले बताए । झापाको गौरादहमा आइतबार विहान आयोजित चुनावी कार्यक्रममा ओलीले भने, ‘आज विहानै साथीहरुले फोन गर्नुभयो ९ गते […]

प्रदेश ७ का ७ रोचक प्रतिस्पर्धाः यस्तो छ प्रधानमन्त्री पत्नी र प्रचण्डकी बुहारीको अंकगणित

२४ कात्तिक, कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाको उम्मेदवारीका कारण प्रदेश ७ चर्चाको केन्द्रमा छ । दुवैले सामना गर्नुपर्ने बलिया प्रतिद्वन्द्वीका कारण प्रतिस्पर्धा अझ रोचक बन्ने देखिएको छ । दोस्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा ७२ वर्ष कटेका प्रधानमन्त्री देउवाले डडेलधुरामा वाम गठबन्धनबाट माओवादी केन्द्रका युवा नेता खगराज भट्टको सामना गर्दैछन् […]

उम्मेदवारी दर्तापछि प्रचण्डले भने-चितवनवासीले हराए स्वीकार्छु

१६ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट जितेर देशकै नेतृत्व गर्ने धेयका साथ उम्मेदवार बनेको बताएका छन् । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ मा उम्मेदवारी दिएका प्रचण्डले चितवनबासीले हराए आफूलाई स्वीकार गर्ने बताए । ‘धेरै साथीहरुले मलाई तपाई नजानुस् सबै मिलेर हराउछन् पनि । तर, यसपटक किन हो किन […]