- Home
- नेकपा विवाद
नेकपा विवाद
सर्वोच्च अदालतले फागुन २३ गते ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिकता दिने फैसला गरेर निर्वाचन आयोगले त्यतिबेला गरेको त्रुटिलाई सच्चाइदियो । सानो पार्टी भनेर होच्याएको र बलमिच्याइँ गरेको ठहर गर्दै कट्टेललाई न्यायसमेत सर्वोच्चले दिलायो । सर्वोच्च अदालतले यसअघि फागुन ११ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन […]
२४ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । नेकपाको प्रचण्ड–माधव समूहले बोलाएको स्थायी कमिटी बैठक अगाडि माधव नेपाल निकट नेताहरु छलफलमा जुटेका हुन् । एक होटलमा जारी छलफलमा अब कसरी अगाडि बढ्ने भन्नेबारे पनि कुराकानी हुने नेपालनिकट एक नेताले बताए । पूर्वएमालेभित्र […]
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतले भनिसकेको बताएका छन् । संसदको पहिलो बैठकमा प्रचण्ड–माधव समूहका सांसद भीम रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको बताएका थिए । सोमबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले रावलको नाम नलिई जवाफ […]
२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतको फैसलाले आफ्नो जित भएको प्रतिक्रिया दिएका छन् । दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा सर्वाेच्चले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला दिएपछि उनले सो प्रतिक्रिया दिएका हुन् […]
२३ फागुन, काठमाडौं । नेकपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’, ज्ञवालीले भने । आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा ऋषि […]
२३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आधिकारिकता विवादमा निर्वाचन आयोग लामो समयदेखि अनिर्णित छ । आधिकारिकता दाबी गरेको एक महिना वितिसक्दा समेत राजनीतिक दलसम्बन्धी ऐन र निर्वाचन आयोगका आफ्नै नजीरहरुलाई समेत बेवास्ता गर्दै आयोग पदाधिकारीहरू विवाद निरुपणको प्रक्रियामा प्रवेश गरेका छैनन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ भने प्रचण्ड–माधव पक्षबाट प्राप्त […]
१९ फागुन, काठमाडौं । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र (का.वा) दोलखबहादुर गुरुङले बुधबार संयुक्त वक्तव्य जारी गर्दै आयोगको निर्णय क्षमता र स्वायत्ततामा उठेको प्रश्नले आफूहरुलाई गम्भीर बनाएको बताएका हुन् । […]
१८ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो । यो समूहले गएको ७ फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो । तर, त्यसदिन औपचारिक बैठक बसेन । केहीबेर […]
१६ फागुन, काठमाडौं । सर्वोच्चको आदेश अनुसार अब बस्ने संसद बैठकमा यसअघि सामान्य लाग्ने दृश्य अब नौलो रुपमा देखिनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी औपचारिक रुपमा विभाजन नभए पनि अहिले केपी ओली समूह र प्रचण्ड– माधव समूह बेग्लाबेग्लै रुपमा सक्रिय छन् । तर संसदमा भने उनीहरु संगै बस्नुपर्नेछ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार […]
१३ फागुन, काठमाडौं । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग परामर्श गरे । दुबै दललाई प्रचण्ड र माधवको प्रस्ताव छ, ‘सबै मिलेर अगाडि बढौं ।’ प्रचण्ड–माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो […]
१३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि […]
१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि सत्तारुढ नेकपाभित्र मिल्ने कि औपचारिकरुपमा फुट्ने भन्नेबारे विभिन्नखाले लाइनहरु देखिएका छन् । ओली समूह र प्रचण्ड–माधव दुवैतिर रहेका कतिपय नेताहरुले अब पार्टी एकीकरण हुनुपर्ने बताउन थालेका छन् भने केही नेताहरुचाहिँ आ–आफ्नो बाटो लाग्नुपर्ने लाइनमा छन् । सर्वोच्चले केपी ओलीको कदम खारेज गरेकै दिन मंगलबार चितवनबाट एउटा […]
१० फागुन, बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए । […]
९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यहारिकरुपमा विभाजित भयो । तर, दुई महिना बितिसक्दा पनि नेकपा विभाजनले कानूनी मान्यता पाउन सकेको छैन । ४४१ सदस्यीय केन्द्रीय सदस्यमध्ये करिब दुई तिहाई सदस्य आफूसँग रहेको प्रचण्ड–माधव पक्षको दाबी छ भने पार्टी […]
७ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो । त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ […]
६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ । बिहीबार टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो । यो समूहले यसअघि पनि नागरिकता संकलन गरेको थियो । तर, सबैको नागरिकता संकलन भएको थिएन । नागरिकता संकलनको प्रयोजन भने पार्टी अभिलेखको कागजपत्र मिलाउन […]
३ फागुन, काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानको उपाय सुझाउने जिम्मेवारी पाएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न पाँचवटा विकल्पसहितको प्रतिवेदन तयार पारेका छन् । अध्यादेशमार्फत निर्वाचन आयुक्त बनेका भण्डारीले तयार पारेका पाँच विकल्पहरुमा नेकपाको नाम र चुनावचिन्ह खारेज गर्नेदेखि अध्यादेश ल्याउनेसम्म छन् । बरिष्ठ अधिवक्तासमेत रहेका आयुक्त भण्डारीले संविधान, कानून, नियमावलीहरुको अध्ययन गर्नुका साथै विज्ञहरुसँग […]
२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको बताएका छन् । ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने । […]
२७ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद समाधान नहुँदै निर्वाचन कार्यक्रम अगाडि बढाउने भएको छ । आयोगले निर्वाचन आचारसंहिता तयार भइसकेको जनाएको छ । आउँदो आइतबारसम्म सर्वदलीय बैठक राखेर निर्वाचन प्रयोजनका लागि दल दर्ता खोल्ने आयोगको तयारी छ । आचारसंहिता कहिलेबाट लागु हुन्छ भन्ने आयोगले बताएको छैन । नेकपाको प्रचण्ड–माधव […]
२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा पुगेर गरेको छलफलप्रति नेकपाको प्रचण्ड–माधव समूहले असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री ओलीले आयोगमा हस्तक्षेप गरेको सो समूहको आरोप छ । पूर्वमहान्यायाधिवक्तासमेत रहेका प्रचण्ड–माधव समूहका नेता मुक्ति प्रधानले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्री निर्वाचन आयोगमा जानुको कुनै औचित्य छैन । जे बहानामा आयोगमा गए पनि […]
२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको छलफलका क्रममा प्रचण्डले कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ? भन्ने प्रश्न ओली आफैंले उठाएको बताए । अयोध्या, […]