Comments Add Comment

नेपाल कम्युनस्ट पार्टी

List Grid
निर्वाचन आयोगले यसरी टुङ्ग्याउँदैछ नेकपाको आधिकारिकता विवाद

१२ पुस, काठमाडौं । गत शुक्रबार तामझामका साथ निर्वाचन आयोग पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-माधव नेपाल पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने आश्वासन दिए । प्रमुख आयुक्त थपलियाले भने पनि वैधानिकता विवाद टुङ्गिन ९० दिनसम्म लाग्ने देखिएको छ । राजनीतिक दल सम्बन्धी ऐनका व्यवस्था […]

पार्टी फुट्दैन, स्थायी कमिटीले निकास दिन्छ : बादल

२९ मंसिर, चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीको विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गरे । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने बताए । जारी स्थायी कमिटीको […]

कर्णालीमा अविश्वास प्रस्ताव रोक्न प्रचण्ड र नेपाल समूह छलफलमा

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । सोमबार दिनभर चलेको छलफललाई नेताहरुले आज पनि बिहानैबाट निरन्तरता दिएका हुन् । छलफलमा नेता नेपाल पक्षका नेताहरु प्रकाश ज्वाला, निरज आचार्य र ध्रुब शाही छन् भने प्रचण्ड […]

नेकपालाई सजिलो छैन चैतमा महाधिवेशन

२५ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको २८ महिना पुगिसक्दा पनि पार्टी संरचनाले पूर्णता पाउन सकेको छैन । नेकपाको गतिविधि मूलतः नौ सदस्यीय सचिवालयका नाममा बालुवाटारको चौघराभित्र सीमित छ,। तर, आगामी चैत अन्तिम साता एकताको महाधिवेशन गर्ने नेकपाले निर्णय गरेको छ । महाधिवशेनका लागि समय नै तोकेर पार्टी एकीकरणको बाँकी काम टुंग्याउन दिइएको […]

नेकपाको दुई वर्ष : एकता नहुँदै ‘विभाजित’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तेस्रो जन्म दिन हो । मदन-आश्रितको स्मृति दिवसलाई साक्षी राखेर २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादी (केन्द्र) बीच एकतापछि नेकपा बनेको हो । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी एक भएर नेकपा बनेको घटनाले मुलुकको राजनीतिक वृत्तमा ‘८ रेक्टर स्केल’ को हलचल ल्याएको […]

नेकपाले बोलायो सचिवालय बैठक

२४ चैत, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि सचिवालय बैठक बोलाएको छ । म‌ंगलबार अपराह्न चार बजे बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारमा सरकारले गरिरहेका काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवाद लगायतका विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् । स्वास्थ्य […]

प्रचण्ड र ओलीको एउटै बोली : सम्हालिएनौं भने सकिन्छौं

१६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताबाट तलमाथि गर्न खोजे सबै सिदि्धने बताएका छन् । पछिल्लो समय दुई अध्यक्षबीच दुरी बढेको आशंका भइरहेका बेला संसदीय दलको बैठकमा नेताद्धय एकमत देखिएका हुन् । बैठकमा सांसदहरुले पार्टी एकता टुंग्याउन बिलम्ब हुँदा नेता कार्यकर्ता बेरोजगार भएको […]

सिन्धुलीका सबै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण

२६ असोज, काठमाडौं । केन्द्रबाट एकीकरणको मापदण्ड र मोडालिटी आउन ढिला भएपनि सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण भएका छन् । ३ नम्बर प्रदेश कमिटीको अनुमति लिएर नेकपाको सिन्धुली जिल्ला कमिटीको समन्वयमा जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकामा तत्कालीन एमाले र माओवादीका कमिटी एकीकरण भएका हुन् । यद्यपि, नेकपाको जिल्ला कमिटीको एकीकरण भने […]

माधव नेपालले अस्वीकार गरेको नेकपाको त्यो बैठकमा के भएको थियो ?

१६ असोज, काठमाडौं । वरिष्ठ नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको सचिवालय बैठकको निर्णय दुई अध्यक्षको चाहनाभन्दा पनि अन्य नेताहरुको जोडबलमा भएको खुलेको छ । नेपाल र श्रेष्ठ विदेशमा रहेका बेला नेकपा सचिवालय बैठकले ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो । सचिवालय बैठकको निर्णय कार्यन्वनयका लागि परिपत्र जारी […]

नेकपामा कुर्सीका लागि ‘म्युजिकल चेयर’ सुरु

३१ असार, काठमाडौं । पार्टी एकता भएको महिनौंसम्म पनि कुनै जिम्मेवारी नपाएर बेरोजगारजस्तै बनिरहेका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पदीय जिम्मेवारीका लागि दौडधुप सुरु गरेका छन् । पार्टीको नियमावली पास भएसागै प्रदेश र जिल्ला संरचना गठन गर्ने र केन्द्रीय विभागहरुलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ । पार्टीभित्र नेता धेरै छन्, तर सबैलाई पदीय जिम्मेवारी दिनका […]

ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने !

४ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीहरु एउटा पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने भएका छन् । केन्द्रीयदेखि जिल्ला अध्यक्षसम्म सबै बढीमा २ कार्यकालमात्र उम्मेदवार हुन पाउने व्यवस्था विधानमा गरिएको हो । साथै आरक्षण कोटामा एक व्यक्तिले दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न पाउने छैनन् । तर लगातार […]

ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने !

४ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीहरु एउटा पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने भएका छन् । केन्द्रीयदेखि जिल्ला अध्यक्षसम्म सबै बढीमा २ कार्यकालमात्र उम्मेदवार हुन पाउने व्यवस्था विधानमा गरिएको हो । साथै आरक्षण कोटामा एक व्यक्तिले दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न पाउने छैनन् । तर लगातार […]