Comments Add Comment

पद्माकुमारी अर्याल

List Grid
कृषिमा वैदेशिक लगानी आवश्यक : कृषिमन्त्री अर्याल

९ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छन् । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । नेपालले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र विदेशी लगानी […]

स्वार्थ नबोकी काम गर्छु-मन्त्री अर्याल

१४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा रहुन्जेल स्वार्थ नबोकी काम गर्ने बताएकी छिन् । शुक्रबार कृषि पत्रकारहरुसँग संक्षिप्त अन्तरक्रिया गर्दै मन्त्री अर्यालले बदलिँदो राजनीतिक परिस्थितिमा मन्त्रालय बसाई जति दिनको भएपनि आफूले कुनै स्वार्थ नबोकी काम गर्ने उनको भनाइ थियो । मन्त्रालयको गलत काम कारबाही सच्याउँदै अघि बढ्ने भन्दै उनले […]

दशैं ‘खर्च जुटाउन’ जग्गा खण्डीकरण फुकुवा !

२८ भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा मन्त्रिस्तरीय निर्णयबाट जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरिन् । २६ साउन २०७४ मा खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको ग्यारेन्टी गर्न भन्दै भूमि व्यवस्था मन्त्रालयले नै गरेको निर्णय उल्ट्याउँदै अर्यालले जग्गा खण्डीकरण गर्न पाइने निर्णय गरेकी हुन् । मन्त्रालयले १९ भदौमा […]

सुकुम्बासी समस्या समाधान हुन्छ, शंका नगर्नुस्: मन्त्री अर्याल

३० भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनबारे अनावश्यक हल्ला गरिएको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले सरकारले लामो समयपछि भूमिसम्बन्धी विधेयकमा रहेका राम्रा पक्षको चर्चा नै नगरेर एउटा विषयलाई मात्र बढी उछालिएको बताइन् । ‘हामीले लामो समयपछि […]

मालपोतको नाङ्ले फारम हटाउँछु, ‘ए–फोर साइज’ को बनाउँछु– मन्त्री अर्याल

२२ भदौ, काठमाडौं । पद्माकुमारी अर्याल केपी ओली नेतृत्वको सरकारकी भाग्यमानी मन्त्री हुन् । उनले ६ महिनामा दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालिन् । ६ महिनामा राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा पनि पाइन् । राज्यमन्त्रीका रुपमा स्वास्थ्य मन्त्रालय सम्हालेकी अर्याल अहिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छन् । पद्माकै लागि कृषि, भूमि व्यवस्था मन्त्रालय फुटाइएको टिप्पणी पनि […]

मालपोतको नाङ्ले फारम हटाउँछु, ‘ए–फोर साइज’ को बनाउँछु

पद्माकुमारी अर्याल केपी ओली नेतृत्वको सरकारकी भाग्यमानी मन्त्री हुन् । उनले ६ महिनामा दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालिन् । ६ महिनामा राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा पनि पाइन् । राज्यमन्त्रीका रुपमा स्वास्थ्य मन्त्रालय सम्हालेकी अर्याल अहिले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री छन् । पद्माकै लागि कृषि, भूमि व्यवस्था मन्त्रालय फुटाइएको टिप्पणी पनि भैरहेता पनि आफ्नो पालामा […]

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राज्यमन्त्री अर्याललाई

१६, चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् । यसअघि प्रधानमन्त्री ओली सँगै रहेको मन्त्रालयको जिम्मेवारी अब राज्यमन्त्री अर्यालले पूर्णरुपमा पाएकी छन् । स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थियो । फोरम सरकारमा नआएपछि प्रधानमन्त्री ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जनाएको छ […]

स्याङ्जाको संयोगः सांसद, जिल्ला प्रमुख र मेयर तीनै पदमा महिला

२७ मंसिर, स्याङ्जा । नेपाली कांग्रेसभित्र शीर्ष बरियताका नेता एवं उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेपछि एमालेकी युवा नेतृ पद्माकुमारी अर्याल चर्चामा छिन् । एमाले केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज अर्यालले गोपालमानबिरुद्ध चुनाव लड्न आँट गरेर खतरा मोलेकी थिइन् । गोपालमानले कांग्रेसका गढ रोजेर यसपटक सो क्षेत्रबाट चुनाव लडेका थिए । चापाकोट नगरपालिकाका […]