Comments Add Comment

पुजारी हत्या

List Grid
रौतहटका पुजारी हत्याको कारण आर्थिक विवाद

१७ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलेको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]

पुजारी हत्याको घटनामा गृहको सर्कुलरमाथि ११ संघ-संस्थाको आपत्ति

१२ भदौ, काठमाडौं । रौतहटस्थित एक मन्दिरका पुजारीको हत्यालाई लिएर विभिन्न ११ वटा धार्मिक संघ-संस्थाले साझा विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै, सो घटनाका सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायमा जारी गरेको परिपत्रमाथि पनि उनीहरुले आपत्ति जनाएका छन् । गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले […]

गृहको गोप्य सर्कुलर– पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्नू

११ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ […]

अझै पत्ता लागेन पुजारीको हत्यारा

९ भदौ, रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको हत्या भएको एक हप्ता पुगिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि प्रहरीले अनुसन्धान तीव्र बनाएको जनाएको छ । यही भदौ ३ गते राति खाना खान बसेका बेला पुजारी श्रीराम साहलाई अज्ञात व्यक्तिले कन्चटमा गोली हानेर हत्या गरेको थियो । पुजारी […]