Comments Add Comment

पुनर्निर्माण प्राधिकरण

List Grid
पुनर्निर्माण प्राधिकरणको जनशक्ति यथावत् राख्न सिफारिश

३१ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणलगायत काम सम्पन्न गर्न प्राधिकरणको अवधिभर विद्यमान जनशक्ति यथावत् राख्न सिफारिश गरेको छ । बिहीबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले कोभिड महामारी नियन्त्रणका लागि घोषित निशेधाज्ञाका कारण निजी आवास पुनर्निर्माणलगायतका कार्यमा अवरोध भएका कारण हाल कार्यरत कर्मचारीहरुको दरबन्दीलाई निरन्तरता दिने निर्णय गरेको हो । गत असार […]

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर र सबइन्जिनियरहरु पक्राउ

११ असार, काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएको हो । बबरमहलबाट प्रदर्शन गर्दै उनीहरु माइतीघर मण्डला आइपुगेका थिए । माइतीघर मण्डलामा आइपुगेलगत्तै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । असारपछि कामबाट निकाल्न लागेको भन्दै […]

पुनर्निर्माण प्राधिकरणको संरचना र कार्यप्रणाली कार्तिकसम्म यथावत

१० असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली २०७८ कार्तिक मसान्तसम्म यथावत रहने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको १९ औं बैठकले आर्थिक वर्ष २०७७/७८भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवासलगायत पुनर्निर्माणका काम २०७८ कार्तिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख […]

पुनर्निर्माण प्राधिकरणले ‘विपद् जोखिममुक्त नेपाल’ महाअभियान थाल्ने

१ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विपद् जोखिममुक्त नेपाल निर्माण सम्बन्धी दशवर्षे महाअभियान सञ्चालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको निर्देशक समितिको १८ औं बैठकले यस सम्बन्धी कार्यक्रमको प्रस्ताव तयार पारी आगामी आर्थिक वर्षदेखि महाअभियान सुरु गर्ने निर्णय गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका […]

पुनर्निर्माणमा बजेट : निर्माण प्राधिकरणबाट, कार्यान्वयन विभागीय मन्त्रालयबाट

२४ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को पुनर्निर्माणतर्फको बजेट निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाटै हुने भएको छ । तर, बजेट कार्यान्वयन भने विभागीय मन्त्रालय र मातहतका निकायबाट हुनेछ । अहिले आगामी आर्थिक वर्षको बजेट निर्माणको चरण चलिरहेको छ । यसका लागि पुनर्निर्माण प्राधिकरणसमेत छलफलमा जुटेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । […]

भूमिहीन भूकम्पपीडितले पाउलान् लालपूर्जा ?

३० असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र भूमिसम्बन्धी समस्या समाधान आयोगबीच भूमिहीन भूकम्प प्रभावित लाभग्राहीलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने सम्बन्धमा छलफल भएको छ । बुधबार ताहचलस्थित आयोग कार्यालयमा पर्ति, ऐलानी, हैसियत बिग्रेका वन क्षेत्रमा घर बनाउने अनुमति पाएका भूमिहीन तथा मोही, स्ववासी, गाउँ एवं शहरी ब्लकलगायत लाभग्राहीलाई जग्गाधनी पूर्जा दिनेबारे छलफल भएको हो । […]

महामारीमा तलबबाट वञ्चित गरिएकाेप्रति पुनर्निर्माण प्राधिकरणका कर्मचारी रुष्ट 

२१ जेठ, काठमाडौं । महामारीमा तलब सुविधाबाट वञ्चित गराएको भन्दै पुनर्निर्माण प्राधिकरणको मातहतमा रही पुनर्निर्माण कार्यमा संलग्न घुम्ती डकर्मी र कर्मचारीहरूले आपत्ति जनाएका छन् । प्राधिकरण मातहत कार्यरत करिब ४०० घुम्ती डकर्मीसहित ५०० बढी विभिन्न तहमा कार्यरत कर्मचारीहरूले आपत्ति जनाएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) को ईएचआरपी जाइका EHRP-JICA  प्रोजेक्टको […]

अनुदान लिन भूकम्पपीडितलाई अन्तिम अवसर, असार महिनाभित्र घर बनाइसक्नुपर्ने

१५ पुस, काठमाडौं । भूकम्पबाट आवास गुमाएर अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ । तर, अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी सबैले असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्नेछ । पहिलो किस्ता भने यही पुस मसान्तभित्र बुझिसक्न प्राधिकरणले भनेको छ । भूकम्पका घर गुमाएका कतिपय […]

भूकम्प पीडितलाई ‘दुहुनो गाई’ बनाउने इन्जिनियरको राजनीति

१३ वैशाख, काठमाडौं । वैशाख १२ को विनाशकारी महाभूकम्पको स्मरण गर्दै सरकारले २ वर्षभित्र पुनर्निर्माण सक्ने घोषणा गरिरहँदा पुनर्निर्माणमा खटिएका इन्जिनियरबाट सामुहिक राजिनामाको धम्की आएको छ । सरकारले अतिरिक्त र प्रोत्साहन भत्ता लगायतका माग पूरा नगरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिने भएका छन् । तर, मन्त्रिपरिषदले एक महिनाअघि नै उनीहरुको माग पूरा गरिसकेको छ । […]

पुनर्निर्माण सम्पन्न गर्न अझै ४२९ अर्ब रकम चाहिने

१० वैशाख, काठमाडौं । २०७२ सालमा गएको भूकम्प पछिको पुनर्निर्माण गर्न अझै ४ खर्ब २९ अर्ब रुपैयाँ थप बजेट चाहिने भएको छ । मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पत्रकार सम्मेलन नै गरेर पुनर्निर्माण सम्पन्न गर्नका लागि थप ४ खर्ब २९ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले पुनर्निर्माणको प्रगति वित्तीय व्यवस्थापनमा […]

जाग्यो रानीपोखरी पुनर्निर्माणको आश, विद्यासुन्दरको ‘तामझाम’ खारेज

२० फागुन, काठमाडौं । शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेका थिए । केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु । उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोत्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ । पराम्परागत शैलीबाट भाजुपोखरी जिर्णोद्धार गरेको देखेपछि पुनर्निर्माण […]

जाग्यो रानीपोखरी पुनर्निर्माणको आश

२० फागुन, काठमाडौं । शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेको थियो । केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु । उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोक्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ । पराम्परागत शैलीबाट भाजुपोखरी जिर्णोद्धार गरेको देखेपछि पुनर्निर्माण […]

रानीपोखरीको जिम्मा लिने प्राधिकरणले राष्ट्र बैंक बनाउन सकेन

२२ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी निर्माणको जिम्मेवारी पाएको छ । काठमाडौं महानगरपालिकाबाट खोसेर यो जिम्मेवारी प्राधिकरणलाई दिइएको हो । तर, आफ्नै जिम्मेवारीमा रहेको नेपाल राष्ट्र बैंकको पुनर्निर्माण भने प्राधिकरणकै अनिर्णयका कारण अहिलेसम्म अलपत्र अवस्थामा छ । भूकम्पले क्षतिग्रस्त राष्ट्र बैंकको केन्द्रीय भवन पुनर्निर्माणका लागि गत असोजमै प्राधिकरणले चिनियाँ कम्पनी एसआरबीसीसँगको ज्वाइन्ट भेन्चरमा […]

काभ्रेका स्थानीय तह र पुनर्निर्माण प्राधिकरणबीच ११ बुँदे समझदारी

१० मंसिर, काठमाडौं । काभ्रेमा पुनर्निर्माणका काम छिटो सक्न राष्ट्रिय पुननिर्माण प्राधिकरण र स्थानीय तहबीच ११ बुँदे समझदारी भएको छ । समझदारीपत्रमा प्राधिकरणका तर्फबाट जिल्ला कार्यान्वयन इकाई (जिमाली) काभ्रेका आयोजना प्रमुख लोकनाथ रेग्मी र स्थानीय तहका जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार प्राधिकरणले स्थानीय तहमा आवश्यकता अनुसार प्राविधिक र डकर्मी पठाउने र उनीहरुको परिचालन […]

पुनर्निर्माणको काममा गाउँ नबस्ने इन्जिनियरलाई कारबाही हुन्छ : सीईओ ज्ञवाली

९ मंसिर, काभ्रेपलाञ्चोक । पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा असहयोग गर्ने इन्जिनियरहरुको पहिचान थालिएको बताएका छन् । काभ्रेको सदरमुकाम धुलिखेलमा भएको जिल्ला स्तरीय निजी आवास पुनर्निर्माण समीक्षा कार्यक्रममा उनले इन्जिनियरहरु गाउँमा बस्नैपर्ने भन्दै गाउँमा नबस्नेलाई जागिरबाट हटाउने चेतावनी दिए । ‘इन्जिनियरलाई चाहिने सेवा सुविधा बारेमा सरकारले थप काम गरिरहेको छ, केही इन्टेन्सिभ पनि […]

पुनर्निर्माणकाे बाँकी काम सक्न थप ६ खर्ब लाग्ने !

५ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पले क्षति पुर्‍याएका संरचनाहरुको पुनर्निर्माणका लागि आवश्यक पर्ने थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पहल गर्ने बताएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको शुक्रबार बसेको ८औं बैठकमा उनले नेपाल सरकार र दातृ निकायहरुसँगको सहकार्य र […]

पुनर्निर्माण प्रधिकरणद्वारा पाँच वटा एकीकृत वस्तीलाई स्वीकृति

६ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । सिन्धुपाल्चोकमा हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका १२ स्थिति नम्डोललिङ एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती योजनालाई स्वीकृत गरेको हो । हेलम्बुको एकीकृत बस्तीमा ४०, […]

सुशील ज्ञवालीको विचार : भूकम्पपछिको पुनर्निर्माणः कहाँ चुक्यौं ?

आज ०७५ साल वैशाख १२ गते, गोरखाको बारपाकमा केन्द्रविन्दू रही भूकम्प गएको तीन वर्ष पूरा भई चार वर्ष लागेको दिन । भूकम्पले पुर्‍याएको क्षतिका कारण नेपाली समाजले भोगेको पीडादायी अवस्थाको सम्झना गर्दै पुनर्निर्माण एवं पुनस्थापनाका क्षेत्रमा हामीले गरेका प्रयासहरुको समीक्षा सहित आगामी बाटो तय गर्ने दिन । यस परिप्रेक्ष्यमा भूकम्प पश्चातको पुनर्निर्माणका लागि स्थापित राष्ट्रिय […]

भूकम्पपछिको पुनर्निर्माणः कहाँ चुक्यौं ? अब के गर्ने ?

आज ०७५ साल वैशाख १२ गते, गोरखाको बारपाकमा केन्द्रविन्दू रही भूकम्प गएको तीन वर्ष पूरा भई चार वर्ष लागेको दिन । भूकम्पले पुर्‍याएको क्षतिका कारण नेपाली समाजले भोगेको पीडादायी अवस्थाको सम्झना गर्दै पुनर्निर्माण एवं पुनस्थापनाका क्षेत्रमा हामीले गरेका प्रयासहरुको समीक्षा सहित आगामी बाटो तय गर्ने दिन । यस परिप्रेक्ष्यमा भूकम्प पश्चातको पुनर्निर्माणका लागि स्थापित राष्ट्रिय […]

‘भूकम्प पीडितलाई घिउ न तेल, पका बूढी सेल !’

१७ माघ, काठमाडौं । भूकम्प पीडितका लागि राहत र पुनर्निर्माणको काम गर्न गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीइओ) एक प्रकारका फुटबल हुन्, जसलाई सरकार परिवर्तनैपिच्छे गलहत्याउने गरिएको छ । तर, नयाँ सरकार गठन हुन ढिलाइ भइरहेको मौका छोपेर वर्तमान सीईओ युवराज भुसालले आजै आफ्नो कार्यकालको एक सय दिन पूरा गरेका छन् । भूकम्प पीडितका […]

भूकम्पपीडित वृद्ध, असहाय र एकल महिलाको घर सरकारले बनाइदिने

१७ माघ, काठमाडौं । भूकम्पपीडित वृद्धवृद्धा, अशक्त एकल महिला, दृष्टिविहीन, अपाङ्गता भएका लगायतका जोखिमयुक्त वर्गका लागि घर सरकारले नै बनाइदिने भएको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार त्यसका लागि कार्यविधिसमेत बनिसकेको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार ७० वर्षमाथिका वृद्धवृद्धा, ६५ वर्षमाथिका एकल महिला, दृष्टिविहीन, रातो र नीलो कार्ड भएका अपाङ्ग व्यक्ति तथा १६ वर्षमुनिका […]