Comments Add Comment

पूर्णचन्द्र थापा

List Grid
राजनीतिक परिस्थितिले सुरक्षा चुनौती आउन सक्ने सेनाको विश्लेषण

२३ जेठ, काठमाडौं । संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताए । ‘परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’, थापाले भनेका छन् । उनले सेनाले […]

विप्लव समूह फेरि द्वन्द्वको बाटोमा जाँदैन भन्ने विश्वास छ : प्रधानसेनापति थापा

२३ जेठ, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताएका छन् । कार्यकालको एक हजार दिन पूरा भएको अवसरमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने पनि विश्वास व्यक्त गरे । ‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक […]

सांगठनिक सुधारका विषयको दीर्घकालीन कार्यान्वयनमा प्रधानसेनापतिको चासो

२ फागुन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनभित्र सुधार गरिएका विषयहरुको दीर्घकालीन कार्यान्वयनमा चासो देखाएका छन् । कार्यकालको तेस्रो वर्ष सुदृढीकरण र दिगोपनको वर्ष घोषणा गरेका थापाले संगठन सञ्चालन प्रक्रियामा गरिएका सुधार र सकरात्मक कदमको निरन्तरताका लागि अभियान थालेका हुन् । यसैका लागि थापाले आइतबार जंगीअड्डामा चार दिने संगठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपन सम्बन्धी गोष्ठी […]

प्रधानसेनापति थापा भन्छन्- अवकाशपछि कोही पनि भौंतारिन नपरोस्

२९ माघ, पोखरा । तनहुँ शुक्लागण्डकीकी स्मृति शर्मा वाग्लेले ३ लाख रुपैयाँमा सानो व्यवसाय सुरु गरिन् । सैनिक परिवारकी वाग्लेले व्यवसाय सुरु गरेपछि सैनिक कल्याणकारी कोषको लघुवित्त कर्जामा सहभागी भइन् र ७ लाख रुपैयाँ कर्जा लिइन् । अहिले उनको व्यवसायले ५० लाख रुपैयाँभन्दा बढी कारोबार गरिरहेको छ । वाग्ले बुधबार पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेक […]

सात महिनापछि नरवणेलाई प्रधानसेनापतिको जवाफ

२६ कात्तिक, काठमाडौं । मे महिनाको दोस्रो साता भारतीय सेनापति मनोज मुकुन्द नरवणेले नेपालसम्बन्धी आपत्तिजनक अभिव्यक्ति दिएका थिए । भारतको रक्षा मन्त्रालय मातहतको थिंक टयाङक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थानले आयोजना गरेको एक कार्यक्रममा उनले भनेका थिए, ‘नेपालले कसैको इशारामा भारतसँगको सीमा विवादसम्बन्धी विषय उठाएको हुन सक्छ ।’ नरभणेको स्पष्ट संकेत चीनप्रति थियो […]

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

२० कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बिहीबार विहान नेपाली सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो । सो क्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय […]

सेनाले देखेको राष्ट्रिय सुरक्षाका दुई मुख्य चुनौति

४ कात्तिक, काठमाडौं । नेपाली सेनाले महामारीका बीच भर्चुअल उपस्थितिमा पृतनापति समन्वयात्मक बैठक गर्दै आन्तरिक तथा बाह्य सुरक्षा स्थितिबारे समीक्षा गरेको छ । आइतबारदेखि तीन दिनसम्म भएको बैठकमा कोरोना संक्रमणको अवस्था तथा प्रतिकार्य एवं रोकथामको रणनीति, राष्ट्रिय सुरक्षाको अवस्था, चुनौति र भूराजनीतिक परिवेशबारे पनि छलफल भएको छ । जंगीअड्डाका जर्नेलहरुले हालको मुख्य चुनौति कोभिड–१९ (कोरोना) […]

सेनापति र रक्षामन्त्रीबीच विवादका श्रृंखला

२९ असोज, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकालको पहिलो वर्ष महत्वाकांक्षी योजना सार्वजनिक गरिरहँदा रक्षामन्त्री ईश्वर पोखरेल त्यसबाट सन्तुष्ट थिएनन् । सेनापति थापा धेरै चर्चामा आउन खोजेको मन्त्री पोखरेलको बुझाइ थियो । उता, नेपाली सेनाले जिम्मा लिएको राष्ट्रिय महत्वको तराई/मधेस द्रुतमार्गको निर्माणले गति लिन नसकेको मन्त्री पोखरेलले निकस्टस्थहरुसँग गुनासो गर्ने गरेका थिए । जंगीअड्डामा ४ […]

सेनाले ईश्वर पोखरेललाई आइतबार विदाइ गर्ने

२९ असोज, काठमाडौं । निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाली सेनाले जंगीअड्डामा एक कार्यक्रमको आयोजना गरी विदाइ गर्ने भएको छ । यसका लागि प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार साँझ जंगीअड्डामा कार्यक्रम राखेका छन् । नेपाली सेनासँग भएको तनावका कारण पोखरेलको जिम्मेवारी खोसिएको चर्चा भइरहेको वेला सेनाले विदाइको कार्यक्रम राखेको हो । जंगीअड्डामै विदाइ गर्ने भएपछि रक्षा मन्त्रालयमा […]

सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण : सीमा विवादमा दिल्लीलाई बुझ्ने अवसर

२८ असोज, काठमाडौं । सीमा विवादका कारण दुई देशको सम्बन्धमा एक वर्षदेखि चिसोपन आइरहेको समयमा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभाने कात्तिक महिनामा नेपाल भ्रमणमा आउने तय भएको छ । भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको उपाधि लिनका लागि नेपाल आउने लागेका हुन्, जुन एउटा नियमित भ्रमण नै हो । सेना प्रमुखको पदभार सम्हाले […]

मासु नखाने सैनिकलाई शाकाहारी मेन्यु ! ब्यारेकमा बल्ल हट्यो मट्टीतेल

५ असोज, काठमाडौं । सैनिक ब्यारेकमा पहिलोपटक शाकाहारी रासनको आपूर्ति हुन थालेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक अधिकृत तथा सकलदर्जाको रासनलाई स्तरीय र पोषणयुक्त बनाउने अभियानअनुसार नयाँ रासन स्केल लागु गरेका हुन् । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले अनलाइनखबरलाई दिएको जानकारीअनुसार अहिले देशभरका सैनिक युनिटमा शाकाहारीका लागि पहिलोपटक च्याउ, पनिर, फलफूल र दही पाइन थालेको […]

आर्थिक सुशासनमा आक्रामक, ‘राष्ट्रिय महत्वको विषय’मा विवादित

२६ भदौ, काठमाडौं । पूर्णचन्द्र थापा तिनै सैन्य अधिकृत हुन्, जो महारथी हुनुअघिसम्म सेनालाई ‘आफ्नो व्यवसायिक चरित्र’बाट बाहिरको काममा सरिक गराउन नहुने धारणा राख्थे । तर, आशा गरिएका सेनापति थापाकै कार्यकालमा जंगीअड्डाले ‘अव्यवसायिक’ काममा हात हाल्दा विवादित हुनुपर्‍यो । नेतृत्वको एक वर्ष पूरा भएको अवधिमा पहिलो पटक सेना प्रमुखको सम्पत्ति विवरण सार्वजनिक गरेर पारदर्शिता र […]

संकटकालमा मात्रै सेना परिचालन हुन्छ : प्रधानसेनापति

२४ भदौ, काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारी र मेयरहरुले समेत राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष […]

‘एउटा सिपाही जागिर छाडेर किन विदेश जान्छ ?’

सिपाहीको पनि परिवार हुन्छ । परिवारमा उसका बुबाआमा, छोराछोरी हुन्छन् । ती परिवारका सदस्यहरुलाई स्वाथ्योपचार, बच्चाका निमित्त शिक्षाका साथै रिटायर्ड भएर गइसकेपछि रिक्सा चलाउनु नपरोस्, ठेलागाडा ठेल्न नपरोस् भनेर जुनसुकै सेनामा पनि वेलफेयर (कल्याणकारी) को सिस्टम हुन्छ । अहिले नेपाली सेनाको सिपाहीको हेर्नुभयो भने किन त्यो सिपाही चाँडै जागिर छोड्न खोज्छ ? किन विदेश जान […]

प्रधानसेनापतिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

१३ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनाति पूर्णचन्द्र थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि तीन मन्त्री र सेनापति होम आइसोलेसनमा बसेका थिए । थापाको शनिबार नेगेटिभ रिपोर्ट आएको सैनिक स्रोतले बताएको छ ।

सैनिकलाई प्रधानसेनापतिको निर्देशन– व्यवहारिक रुपमा उच्चस्तरको आचरण देखाउनुस्

२ साउन, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठन सुधारका लागि आचारसंहिताको व्यवहारिक रुपमा पूर्णपालना गर्न सैनिक अधिकारीहरुलाई निर्देशन दिएका छन् । भद्रकालीमा बिहीबारबाट सुरु भएको दोस्रो सैनिक आचारसंहिता सप्ताह, २०७७ लाई सम्बोधन गर्दै उनले संगठन सुधारका लागि प्रतिबद्ध रहन सबै अधिकृत तथा सकलदर्जालाई निर्देशन दिएका हुन् । थापाले भनेका छन्, ‘संगठन सुधारका लागि कार्यरत सबै […]

प्रहरी हेडक्वाटरमा प्रधानसेनापति : नयाँ परम्पराको थालनी

२६ असार, काठमाडौं । सामान्यतयाः सुरक्षा फौजको नेतृत्व सम्हालेपछि वरियता अनुसार अन्य फौजका प्रमुखलाई भेटघाट गर्ने चलन छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख नेपाली सेनाका प्रधानसेनापतिलाई भेट्न जंगीअड्डा पुग्छन्, दुई संगठनबीच समन्वय र सहकार्यबारे छलफल गर्छन् । यसपटक फरक दृश्य देखिएको छ । सरकारी मर्यादाक्रम अनुसार ९ औं नम्बर वरियताका […]

आईजीपीलाई बधाई दिन प्रहरी हेडक्वार्टर पुगे सेना प्रमुख

२६ असार, काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालयमा पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई दिएका छन् । शुक्रबार प्रहरी हेडक्वार्टरमा भएको भेटमा थापाले सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका हुन् । भेटमा दुई संगठन बीच आपसी हित, सहकार्य र समन्वयबारे समेत छलफल भएको थियो ।

जङ्गीअड्डामा पृतनापति भेला : राम्रो काम गर्दागर्दै विवादमा तानिएको निष्कर्ष

७ असार, काठमाडौं । नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध राम्रो काम गर्दागर्दै विवादमा मुछिएको भन्दै असन्तुष्टि जनाएको छ । सैनिक नीति तथा योजना तय गर्न छलफल गरिने ‘पृतनापति समन्वयात्मक बैठक’मा महामारीमा सेनाले गरेका कामकारबाहीबारे छलफल भएको थियो । जङ्गी अड्डामा दुई दिनसम्म चलेको बैठकमा सहभागी एक उच्च सैन्य अधिकृतका अनुसार कोरोना महामारीमा राम्रो काम […]

प्रधानसेनापति र सशस्त्रका आईजीपीको छाङरु भ्रमणको सन्देश

५ असार, काठमाडौं । द्वन्द्वकालको स्मरण गराउने गरी बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कालापानी नजिकै सशस्त्र प्रहरीका जवानहरुलाई सम्बोधन गरे । ०६२/०६३ को आन्दोलनका वेला युटिफाइड कमाण्डमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै हिँड्ने र एकअर्काको एजेन्सीमा गएर सम्बोधन गर्ने गर्थें । त्यसैको झल्को दिँदै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र […]

छाङरु पुगेर फर्किए प्रधानसेनापति र सशस्त्रका आईजीपी

३ असार, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल कालापानी नजिकै रहेको छाङरुमा पुगेर फर्किएका छन् । छाङरुमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गरेर थापा र खनाल धनगढी फर्किएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट दुवै जना बुधबार त्यहाँ गएका थिए । छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट दुई सुरक्षा […]