Comments Add Comment

प्रचण्ड–माधव समूह

List Grid
‘भविष्यमा कुराकानी गरौं’ भन्दै अलग भए प्रचण्ड–माधव समूह

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर, बैठक निर्धारित समयमा बसेन । झण्डै चार घण्टापछि मात्र पेरिसडाडाँमा बैठक शुरु भयो । अनौपचारिक भनिएको बैठक साँझ अवेरसम्म नै चल्यो । एकपछि अर्का नेता बैठक […]

माधव नेपाल समूह एमालेमै, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने

२४ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहले आफ्ना अलग अलग पूर्वपार्टीमा रहने र सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको छ । करिब ३ वर्षअघि भएको तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतको आइतबारको फैसलाले निष्क्रिय बनाइदिएपछि प्रचण्ड– माधव समूहले सोमबार स्थायी कमिटी बैठकमा यस विषयमा छलफल गरेका थिए । छलफलले […]

सुरु भयो प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक

२४ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे धारणा तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक सुरु भएको छ । तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अदालतको फैसला र अबको रणनीतिबारे छलफल हुनेछ । यो बैठक अगाडि माधव नेपाल समूहका १३ स्थायी कमिटी सदस्य छुट्टै छलफलमा बसेका […]

सर्वोच्चको फैसलाबारे प्रचण्ड–माधवले कानुन व्यवसायीसँग परामर्श गर्ने

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेकपा प्रचण्ड–माधव समूहले कानुन व्यवसायीसँग छलफल गर्ने भएका छन् । नेकपा नाम विवादमा ऋषि कट्टेलको पक्षमा फैसला आएपछि प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफू निकटका कानुन व्यवसायीसँग परामर्श लिन लागेका हुन् । प्रचण्ड–माधवले आइतबारको प्रतिनिधिसभाको […]

अदालतको फैसला लगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अदालतले एमाले र माओवादी एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ । यसबारे निर्णय लिन यो समूहका नेताहरु आकस्मिक छलफलमा जुटेका […]

प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई दियो दलको नेता परिवर्तनको सूचना

२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ । प्रचण्ड-माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो, जुन बैठकमा ११५ सांसद उपस्थिति रहेको उनीहरूको दाबी छ । दल नेता परिवर्तनको त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव भरतराज […]

सभामुखसँग प्रचण्ड र माधव नेपालले भेटे

२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताए । पुनःस्थापित संसद बैठक बस्नुअघि […]

नेकपा संसदीय दलमा कसको बहुमत ?

२१ फागुन, काठमाडौं । शुक्रबार नेकपा प्रचण्ड-माधव समूहले बोलाएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गर्‍यो । बैठकपछि दलका नेता प्रचण्डले आफूहरुको पक्षमा ११५ जना सांसद रहेको दावी गरे । जबकी शुक्रबारको बैठकमा १०७ जनाले मात्र उपस्थितिमा हस्ताक्षर गरेका छन् । यद्यपि नेताहरु ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना […]

नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

२१ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए । योगेश भट्टराईसहित ४ जना […]

झलनाथले अध्यक्षता गरे प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक, पुनः दलको नेता चयन गर्ने

२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । बैठक ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको छ । आजको बैठकले पुनः संसदीय दलको नेता चयन गर्ने एक सांसदले जानकारी दिए । यसअघिको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको थियो । तर संसद […]

प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक

२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन् । नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ । यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय […]

‘कम्फर्टेबल सरकार’मा प्रचण्डको प्रष्टोक्ति : मेरो अन्तर्वार्ताको गलत प्रचार भयो

१९ फागुन, काठमाडौं । ‘कम्फर्टेबल सरकार बनाउने’ अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टीभित्रै प्रश्न उठेको छ । उनले भने आफूले अन्तर्वार्तामा बोलेको कुराको गलत प्रचार भएको दाबी गरेका छन् । बुधबार पेरिसडाडाँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा नेताहरुले प्रचण्डलाई विवादित अन्तर्वार्ताबारे प्रश्न गरेका थिए । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी […]

संसदमा प्रचण्ड–माधव र ओली : केके छन् कानुनी जटिलता ?

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद उसको संसदीय दल र प्रतिनिधिसभामा पुगेको छ । अंकको हिसाबले लगभग समान हैसियतमा रहेका प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह दुवैका लागि कानुनी जटिलताहरु छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गरेकाले अब नेकपाभित्रको विवाद र संसदीय अंकगणित प्रक्रियाबाटै अगाडि […]

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी

१९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो । स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ । केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ । संसद् पुस्र्थापना पछि पहिलो […]

केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित आउन प्रचण्ड–माधव समूहको निर्देशन

१८ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ । बुधबार दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाडाँमा अनिवार्य उपस्थित हुन खबर गरिएको हो । यो समूहले गएको ७ फागुनमा पनि नागरिकतासहित उपस्थित हुन केन्द्रीय सदस्यलाई खबर गरेको थियो । तर, त्यसदिन औपचारिक बैठक बसेन । केहीबेर […]

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]

ओलीले राजीनामा दिनेमा विश्वस्त छु : योगेश भट्टराई

१७ फागुन, हेटौंडा । नेकपा प्रचण्ड–माधव समूहका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रेस संगठन नेपाल बागमती प्रदेशको हेटौंडामा सोमबार आयोजित दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफू विश्वस्त रहेको बताए । […]

निर्वाचन आयोगसँग प्रचण्ड-माधव समूह असन्तुष्ट

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सर्वोच्च अदालतले दबाब, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको पक्षमा ऐतिहासिक […]

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, कांग्रेस र जसपासित मिलेर संयुक्त सरकार

१३ फागुन, काठमाडौं । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग परामर्श गरे । दुबै दललाई प्रचण्ड र माधवको प्रस्ताव छ, ‘सबै मिलेर अगाडि बढौं ।’ प्रचण्ड–माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो […]

जसपालाई प्रचण्ड–माधवको प्रस्ताव : मिलेर जाऔं

१३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् । ‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । […]

सत्ता समीकरणको कसरत : प्रचण्ड-माधवले जसपा नेताहरुसँग गरे छलफल

१३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता […]