Comments Add Comment

प्रदिप खड्का

List Grid
प्रदीप र साम्राज्ञीको फिल्म बन्ने पक्का

एक बर्ष अगाडि नै नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले एउटा चलचित्र साइन गरेका थिए । हेमराज वीसीको निर्देशनमा तयार हुने भनिएको लभ स्टोरी चलचित्र दुई स्टार कलाकारले साइन गरेसँगै चर्चामा रह्यो । तर, यो प्रोजेक्ट अगाडि बढ्न सकेन । यो समयमा साम्राज्ञीले ‘रातो टिका निधारमा’को छायांकन सकिन् । नायक प्रदिप खड्का चलचित्र […]

‘प्रेमगीत ३’को थीम पोष्टरमा प्रदिप होइनन्, निर्माता सेन आफै

‘प्रेमगीत ३’को थिम पोष्टर प्रदर्शन मिति सार्वजनिक गरेसँगै यो चलचित्र चर्चामा छ । चलचित्रको थीम पोष्टरमा कुनै पनि कलाकारलाई देखाइएको छैन । तर, अनुहार नदेखाइएका कलाकार नायक प्रदिप खड्का भएको अनुमान पनि धेरैले लगाएका छन् । हुनत, निर्माणपक्षले नायक खड्काको बारेमा नै केही बोलेको छैन । यसैविच, अनलाइनखबरलाई प्राप्त भएको एक तस्बिरले थीम पोष्टरमा देखिएका […]

२ सय बर्ष अगाडिको कथामा ‘प्रेमगीत ३’, प्रदिपको संभावना कती ?

नेपालमा अहिले हिट चलचित्रका सिरिज चलिरहेका छन् । ‘छक्का पन्जा ३’देखि ‘ए मेरो हजुर ३’सम्म आइपुग्दा, हिट सिरिजप्रति दर्शकको चासो बढेको पाइन्छ । यसैले पनि धेरै निर्माता सिरिज बनाउन नै लागिपरेका छन् । यसैविच, चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’को तेश्रो सिरिज पनि बन्ने भएको छ । निर्माण कम्पनी आशुसेन फिल्मस्ले चलचित्र निर्माणको औपचारिक घोषणा गरेको […]

प्रदिपलाई सिरिजको आशा, अनमोललाई के गर्ने चिन्ता ?

नेपाली चलचित्रमा नायक अनमोल केसी र नायक प्रदिप खड्का चम्किएका कलाकार हुन् । यी दुबैका फ्यान एक अर्कालाई नम्बर १ भन्न तछाडमछाड गरिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा पनि अनमोल र प्रदिपलाई चलचित्रमा लिनका लागि राम्रै हानथाप देखिन्छ । यसैले पनि यी दुई नायक सधै पारिश्रमिकको घेरामा रुमल्लिएको पाइन्छ । तर, अब बिस्तारै माहोल परिवर्तन […]

प्रदिप भन्छन्–‘कबड्डी ३’का लागि समय निकाल्न सकिनँ’

निर्देशक रामबाबु गुरुङ चलचित्र ‘साइँली’ पश्चात अब ‘कबड्डी ३’ बनाउने तयारीमा छन् । यो चलचित्रका लागि कलाकार दयाहाङ राई, बिजय बराल, बुद्दि तामाङ लगायत फाइनल भैसकेका छन् । चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीको अभिनय रहने पनि चर्चा छ । तर, यही समयमा नायक प्रदिप खड्काले चलचित्रमा काम गर्न लागेको चर्चा पनि चलेको थियो । […]

यी हुन् बर्षका ‘उत्कृष्ट ५ नायक’

यो बर्ष ९६ वटा चलचित्र रिलिज भएका छन् । जसमा केही कलाकारका आधा दर्जन चलचित्र रिलिज भए भने केही कलाकारको एउटा मात्र चलचित्र रिलिज भए । अनलाइनखबरले विगत केही बर्षदेखि नेपाली चलचित्रको बर्ष समिक्षामा ‘उत्कृष्ट नायक’ छनोट गर्दै आएको छ । यो बर्ष पनि ‘अनलाइनखबर उत्कृष्ट नायक’ अन्र्तगत रहेर उत्कृष्ट ५ को छनोट गरिएको छ […]

‘लभ स्टेशन’का निर्माता भन्छन्–‘व्यापार बढ्दैछ’

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘लभ स्टेशन’को व्यापार सोमबारसम्म आइपुग्दा उकालो लागेको निर्माता गोविन्द शाहीले बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै निर्माता शाहीले भने–‘चलचित्र रिलिज भएसँगै झरीको प्रभावमा परेको थियो । अहिले मौसममा सुधार भएपछि दर्शकको चाप बढेको छ ।’ शाहीका अनुसार, सोमबार चलचित्रको व्यापार काठमाण्डौ बाहिर र भित्र सुखद छ । करिब २ करोड बजेटमा […]

प्रदिपले भने–‘फिल्मको समीक्षा एक सातापछि गर्ने हो’

शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘लभ स्टेशन’लाई लिएर नायक प्रदिप खड्का आशावादी छन् । तर, चलचित्र दुई टर्किस फिल्मबाट हुबहु कपी गरिएको प्रष्ट भैसकेको छ । समीक्षकले पनि चलचित्रलाई कपी भन्दै कमजोर रेटिङ देखिएका छन् । नायक प्रदिप खड्कालाई भने समिक्षकको समीक्षा गर्ने शैली र हतारो चित्त वुझेको छैन । शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा भेटिएका प्रदिपले […]

‘फ्राइडे रिलिज’: प्रदिप र जसिताको ‘लभ स्टेशन’

फ्राइडे रिलिज अन्र्तगत दर्शकले आजबाट चलचित्र ‘लभ स्टेशन’ हलमा हेर्न पाउनेछन् । आजबाट देशभरका हलमा यो चलचित्र रिलिज भएको हो । यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । चैत्र महिना लागेसँगै २ भन्दा कम चलचित्र रिलिज नभएको अवस्थामा आज भने ‘लभ स्टेशन’मा रिलिज भएको हो । चलचित्र ‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् […]

मल्टिप्लेक्समा उच्च शो पाएको ‘लभ स्टेशन’ले कस्तो व्यापार गर्ला ?

लामो समयदेखि खडेरी लागेको नेपाली चलचित्रको व्यापारले नयाँ बर्षको छेकोमा रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ले चलायमान बनाउने आशा हल संचालक र चलचित्रकर्मीमा देखिएको छ । यही आशाका कारण नै काठमाण्डौका मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो पनि दिएका छन् । सर्वाधिक ठूलो चेन भएको क्यूएफएक्सले ५ वटा हलमा १९ शोज दिएपछि पनि यो कुराको पुष्टी […]

बारा घटनाका घाइतेलाई प्रदिप र गोविन्दको ५० हजार सहयोग

आइतबार राती बारा र पर्सा जिल्लामा आएको हुरीका कारण जनधनको ठूलो क्षती भयो । यो घटनालाई लिएर नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दुख व्यक्त गरिरहेका छन् । यसैविच चलचित्र ‘लभ स्टेशन’का नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले यो घटनामा दुख व्यक्त गरेका छन् । उनीहरुले हुरी बतासबाट भएको क्षतीपछि भैरहेको उद्धार, उपचार, राहत र […]

मैले जस्तै राजनीति सबैले गरे फिल्म क्षेत्रलाई फाइदा हुन्थ्योः प्रदिप(भिडियो)

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको दौडधुपले पनि के पुष्टी गर्छ भने चैत्रको २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ स्टेशन’ उनीहरुका लागि विशेष छ । यो बर्ष नै रिलिज भएको चलचित्र ‘रोज’ असफल भएका कारणले पनि प्रदिपका लागि यो चलचित्रको व्यापार महत्वपूर्ण छ । प्रदिप र जसितासँग गरिएको ‘ओके मस्ती टक’को भिडियो यहाँ […]

र्याफिड फायरः पल र अनमोलमध्ये प्रदिपको रोजाइमा को ?(भिडियो)

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ अहिले चलचित्र ‘लभ स्टेशन’को प्रचारमा दौडिरहेका छन् । यो चलचित्र चैत्र २२ गतेबाट रिलिज हुँदैछ । गतबर्ष रिलिज भएको चलचित्र ‘लिलिबिली’बाट यो जोडी उदाएको हो । दोश्रो चलचित्र पनि चल्नेमा यो जोडी ढुक्क छ । अनलाइनखबरको ‘ओके र्याफिड फायर’मा कुराकानी गर्दै प्रदिप र जसिताले केही कुराहरु खोलेका छन् […]

प्रदिपको समाजसेवा

चलचित्र प्रमोशनका क्रममा रहेका नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले समाजसेवामा पनि हात अगाडि बढाइरहेका छन् । चैत्र २२ गते चलचित्र ‘लभ स्टेशन’ रिलिज हुँदैछ । प्रदिप र गोविन्दले ४५ जना अनाथ बालबालिकालाई निजी विद्यालयमा पढाउँला लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् । काठमाण्डौको गोकर्णस्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा […]

प्रदिप र जसिता भन्छन्–‘हाम्रो बिहेको संभावना न्यून’

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ प्रेममा रहेको चर्चा चलचित्र बजारमा चल्न थालेको केही समय भयो । विशेषगरि, चलचित्र ‘लिलिबिली’मा एकसाथ काम गरेपछि यो जोडी प्रेममा रहेको चर्चा चल्न थालेको हो । त्यसमाथि पनि चलचित्र ‘लभ स्टेशन’मा एकसाथ काम गरेपछि उनीहरुको प्रेमको चर्चा झनै फैलिएको छ । प्रदिप र जसिताका फ्यानहरुले यो जोडीले वास्तविक […]

‘लभ स्टेशन’को दृश्य चोरिएको होइन, त्यो सामान्य कुरा होः प्रदिप खड्का

सार्वजनिक भएसँगै चर्चामा रहेको नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’को ट्रेलर अहिले केही विवादित बनेको छ । चलचित्रको ट्रेलरमा समावेश एक दृश्य हुबहु टर्कीको एक चलचित्रको दृश्यसँग मिलेपछि यसको आलोचना पनि भएको छ । ‘हर से असक्तन’ नामक टर्कीमा बनेको चलचित्रको एक दृश्यसँग ‘लभ स्टेशन’को दृश्य हुबहु मिलेपछि आलोचना हुनु स्वभाविक नै हो । […]

जन्मदिनमा प्रदिपलाई भन्नुहोस् ‘ह्याप्पी बर्थ डे’

चलचित्र ‘प्रेमगीत’का लागि हिरो चाहियो भनेर निर्माताले एउटा रेडियोमा इन्टरभ्यू दिदै गर्दा नायक प्रदिप खड्का अष्ट्रेलिया जाने मुडमा थिए । आफैले निर्माण गरेको चलचित्र ‘स्केप’ नचलेपछि प्रदिपले यो क्षेत्र छाडेर अष्ट्रेलिया हुँइकिने सोच बनाए । तर, चलचित्र ‘प्रेमगीत’मा अनुवन्धित हुनु नै उनको करिअरका लागि नयाँ पोइन्ट थियो । यसपछि, अष्ट्रेलिया जाने सपना बोकेर ब्याक प्याकिङ […]

हमाललाई ‘प्रेमगीत ३’बाट अफर, के बन्लान् प्रदिपका पिता ?

नायक राजेश हमाललाई चलचित्र ‘प्रेमगीत ३’का लागि अफर गरिएको छ । नायक हमाललाई यो चलचित्रमा नायक प्रदिप खड्काको पिताको भूमिकाका लागि अफर गरिएको हो । हालै चलचित्रका निर्माता सन्तोष सेन, निर्देशक छेतन गुरुङ र नायक प्रदिप खड्कासँग नायक हमालले भेट गरेका छन् । चलचित्रमा पिताको भूमिका गर्ने बिषयमा हमाल सकारात्मक भएपनि संझौता भने भैसकेको छैन […]

प्रदिप खड्काको बोली बारम्बार किन चिप्लन्छ ?

मंगलबार काठमाण्डौमा आयोजित चलचित्र ‘लभ स्टेशन’को ट्रेलर सार्वजनिक कार्यक्रममा नायक प्रदिप खड्काले बोलेको वाक्यलाई सबैभन्दा यहाँ उल्लेख गरौं । प्रदिपले निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्नु अगाडिको प्रसंग कोट्याउँदै भने–‘चलचित्र राम्रो बन्न निर्देशक राम्रो हुनुपर्छ । पहिले पहिले एक दुइवटा चिजले पनि निर्देशक राम्रो हुनुपर्छ भन्ने लागिसकेको थियो ।’ प्रदिपले यसो भनेपछि आफै हाँसे । प्रदिपको […]

प्रदिपसँग सल्लाहा माग्छु, तर निर्णय मेरै हुन्छः जसिता

नायिका जसिता गुरुङले तेश्रो प्रोजेक्टको रुपमा चलचित्र ‘आई एम ट्वान्टी वान’मा काम गर्न लागेको चर्चा छ । यो चलचित्रमा नायक धिरज मगर फाइनल भैसकेका छन् । धिरज र जसिताको जोडीलाई पर्दामा देखाउनका लागि निर्देशक रेनशा वान्तवा राई पनि खुबै लागिपरेकी छिन् । तर, यो चलचित्रमा काम गर्नका लागि जसितालाई नायक प्रदिप खड्काले रोकेको भन्ने हल्ला […]

‘लभ स्टेशन’मा प्रदिप र जसिताको प्रेम र विछोडको कथा

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई मुख्य रुपमा देखाइएको चलचित्र ‘लभ स्टेशन’को ट्रेलर आज सार्वजनिक भएको छ । चैत्र २२ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदिप र जसिताको साथमा प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ट्रेलरमा जसिता र प्रदिपको प्रेम, प्रदिपको एउटा मिसन, विछोड र […]