Comments Add Comment

प्रदेश २ सरकार

List Grid
प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री साह

२२ असोज, जनकपुरधाम । प्रदेश २ सरकारको प्रवक्तामा अर्थमन्त्री शैलेन्द्र साहलाई तोकिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साहलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री रहँदै आएका थिए । प्रवक्ता तोकिएका मन्त्री साह शुरुमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए । केही दिनअघि उनलाई […]

राजनीतिक प्रतिशोधको आधारमा मुख्यमन्त्रीको कार्यालयमा छापा : जसपा

१५ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक प्रतिशोधको आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको आरोप लगाएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पु¥याउने कार्य गरेको भन्दै जसपाले यसलाई अत्यन्तै आपत्तिजनक र दूराशयपूर्ण […]

प्रदेश २ सरकारको कार्यक्रमसम्बन्धी कार्यविधि : सहभागीलाई ७५० रुपैयाँको खाना

६ असोज, जनकपुरधाम । प्रदेश २ सरकारले आयोजना गर्ने प्रदेशस्तरीय दिवस, समारोह, जयन्तीजस्ता कार्यक्रममा सहभागी हुनेले ७५० रुपैयाँ बराबरको खाना खान पाउने भएका छन् । यस्तै उनीहरुले २५० रुपैयाँ बराबरको खाजा खाने भएका छन् । सरकारले प्रदेशस्तरीय दिवस, समारोह, कार्यक्रम सञ्चालन गर्ने कार्यविधि नै बनाएको छ । २०७७ सालमै बनाइएको यो कार्यविधिमा प्रदेशस्तरीय कार्यक्रमको खर्च […]

प्रदेश २ सरकारले शहीद परिवारलाई रोजगारीको आश्वासन दियो, काम दिएन

११ भदौ, जनकपुरधाम । मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुको परिवारलाई रोजगारी दिने प्रदेश २ सरकारले योजना अघि सारे पनि यो फलदायी हुन सकेको छैन । प्रदेश सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नै शहीद परिवारका एक जनालाई जागिर दिने निर्णय गरेको थियो । आफ्नो निर्णय बमोजिम ५ माघ, २०७५ मा सिरहाको लहानमा मधेश बलिदानी […]

मधेश भवनभित्र रुख खस्दा पर्खाल भत्कियो, विद्युत अवरुद्ध

१० भदौ, जनकपुरधाम । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत भत्किएको […]

प्रदेश-२ सरकारद्वारा छात्रालाई साइकल वितरण कार्य स्थगित

२४ साउन, जनकपुरधाम । प्रदेश २ सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य स्थगित गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै साइकल वितरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ । अधिक विद्यालयबाट साइकल माग गर्दै निवेदन आएको र निवेदन सम्बन्धि कागजातहरु रुजु गर्न […]

प्रदेश २ को मन्त्रिपरिषद् आज विस्तार हुँदै, माओवादी सहभागी हुने

२ साउन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र […]

माओवादी केन्द्र केही दिनमै प्रदेश २ सरकारमा सहभागी हुने

३१ असार, जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को सरकारमा केही दिनभित्रै सहभागी हुने भएको छ । जेठको अन्तिम साता नै सरकारमा सहभागी हुने तयारी भए पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा जान मानेको थिएन । तर अब तीन–चार दिनभित्रै सरकारमा जाने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक दिलीप साहले जानकारी […]

प्रदेश २ का खानेपानी मन्त्रीको गुनासो- मन्त्रालयलाई कोठा समेत छैन

२९ असार, वीरगञ्ज । प्रदेश २ का खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले अहिलेसम्म मन्त्रालयका लागि कोठा समेत नदिइएको गुनासो गरेका छन् । अर्कै मन्त्रालयको कोठा र भाडाको गाडी चढेर हिंडिरहेको उनले बताए । आफ्नो स्वागत तथा सम्मानमा मंगलबार वीरगञ्जमा आयोजित कार्यक्रममा मन्त्री शर्माले आफूले केही गरेर देखाउने सोच राखेर आएको बताए । ‘३५ करोडको बजेट […]

प्रदेश २ सरकारले असार मसान्तसम्म सवारी साधनमा लाग्ने जरिवाना नलिने

२२ असार, काठमाडौं । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकेको अवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिए । निषेधाज्ञाले गर्दा सवारी साधन […]

प्रदेश २ को मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

१८ असार, जनकपुरधाम । प्रदेश २ सरकार समावेशी नभएको भन्दै परेको रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीन जना मन्त्रीलाई मन्त्रीको हैसियतमा काम गर्न नपाउने गरी अन्तरिम आदेश दिन माग गर्दै अधिवक्ता राजकुमार महासेठले रिट दायर गरेका थिए । तर मुख्य न्यायाधीश विनोद शर्मा र […]

प्रदेश २ सरकारलाई समावेशी बनाउनुपर्ने रिटमा निवेदकतर्फको बहस सकियो

१६ असार, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारलाई संविधान अनुसार समावेशी बनाउन मा गर्दै दायर गरिएको रिटमा निवेदक पक्षबाट बहस सकिएको छ । अधिवक्ता राजकुमार महासेठले प्रदेश सरकार समावेशी नभएको भन्दै गत असार १० गते उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए । रिटमा अदालतले बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । छलफलमा […]

प्रदेश २ सरकारद्वारा जनकपुरमा सय बेडको कोरोना अस्पताल सञ्चालन

३ असार, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक सय बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको खाली रहेको भवनभित्र बनाइएको सय बेडको कोरोना अस्पतालको बिहीबार मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरे । अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यहाँ तत्काल कोरोना संक्रमितको […]

बजेटबारे वीरगञ्जका उद्योगीको टिप्पणी- औद्योगिक क्षेत्रको माग समेटिएन

२ असार, वीरगञ्ज । प्रदेश २ सरकारले ल्याएको बजेटले उद्योग व्यवसाय क्षेत्रका मागलाई सम्बोधन गर्न नसकेको वीरगञ्जका उद्यागी व्यवसायीहरुले बताएका छन् । औद्योगिक क्षेत्रकका लागि एक हजार बिगाहा जमिनको व्यवस्था गरिदिन माग गरे पनि त्यो नसमेटिएको उनीहरुको गुनासो छ । उद्योग, पर्यटन, वन तथा वातावरण संरक्षणका लागि मंगलबा प्रदेश २ सरकारले सार्वजनिक गरेको बजेटमा १ […]

प्रदेश २ को बजेट : स्वास्थ्य क्षेत्रमा ८१ करोड ३० लाख विनियोजन

२ असार, वीरगञ्ज । प्रदेश २ सरकारले स्वास्थ्य क्षेत्र तथा कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि ८१ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सम्पूर्ण साधन स्रोतको परिचालन गर्दै नागरिकको जीवन रक्षा गर्ने उद्देश्य प्रदेश सरकारले लिएको आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बताए […]

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम : दलित तथा विपन्नको निःशुल्क स्वास्थ्य बिमा

२७ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षभित्र दलित, सीमान्तकृत तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विपन्न समुदायको निःशुल्क स्वास्थ्य बिमा गर्ने जानकारी दिएको हो । बिहीबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख राजेश झाले नीति तथा […]

गिट्टी-बालुवा उत्खनन् गर्ने नीति सच्याउन प्रदेश २ का सांसदहरुको माग

२४ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदहरुले गिट्टी-बालुवा उत्खनन् गरी भारत निकासी गर्ने संघीय सरकारको नीतिप्रति आपत्ति जनाएका छन् । यो नीतिले समग्र प्रदेश २ मा प्रतिकूल असर पर्ने उनीहरुको भनाइ छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरुले संघीय सरकारले चुरे विनाश गर्न ल्याएको नीति सच्याउनु पर्ने बताए । […]

प्रदेश २ सरकारको गुनासो : चालु वर्षमा भन्दा पनि कम बजेट दिइयो 

१६ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले चालु आर्थिक वर्ष भन्दा पनि कम बजेट उपलब्ध गराएको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएको छ । संघीयता कार्यान्वयनको सन्दर्भमा प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन गर्नुपर्नेमा नगरेको प्रदेश २ सरकारको भनाइ छ । ‘प्रदेश र स्थानीय तहलाई कम्तीमा ६० प्रतिशत बजेट विनियोजन हुनुपर्नेमा संघलाई बढी […]

गणतन्त्र पक्षधरबीच एकता अपरिहार्य : मुख्यमन्त्री राउत

१५ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण गणतन्त्र पक्षधरबीच एकताको आवश्यकता रहेको औंल्याएका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले लामो राजनीतिक आन्दोलन तथा सबै शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षा एवं सुदृढीकरणका लागि सम्पूर्ण गणतन्त्र पक्षधर नेपालीबीच एकताको अपरिहार्यता अझै रहेको बताएका छन् । गणतन्त्र प्राप्तिका […]

प्रदेश २ मा अक्सिजन उत्पादन र वितरणको अनुगमन गर्न समिति गठन

४ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले उद्योगले उत्पादन गर्ने अक्सिजन र वितरण प्रणालीबारे अनुगमन गर्ने भएको छ । यसका लागि समिति नै गठन गरिएको छ । प्रदेशस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार जनकपुरधाममा बसेको बैठकले अक्सिजनको अनुगमनका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा समिति बनाएको छ । समितिमा सुरक्षा निकायका प्रमुखहरु सदस्य […]

प्रदेश-२ मा ४१७ अस्थायी दरबन्दी थप

२३ वैशाख, सर्लाही । प्रदेश-२ सरकारले प्रदेशभरका अस्पताल र प्रयोगशालाका लागि ४१७ अस्थायी दरबन्दी थप गरेको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रूपमा फैलिएको भाइरसको सङ्क्रमणसँग जुध्न प्रदेशभरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि उक्त अस्थायी दरबन्दी थप गरेको हो । प्रदेशभरका आठै जिल्लामा दरबन्दी थपिएको र सर्लाहीमा ३२ जनाको अस्थायी दरबन्दी थप गरेको जिल्ला जनस्वास्थ्य […]