Comments Add Comment

बजेट २०७७/०७८

List Grid
बजेटमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिँदै

२६ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम छ । जवाफ दिने क्रम सकिएपछि विनियोजन विधेयक पारित हुने छ । विनियोजन विधेयक पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै अर्थात साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला हुने छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार […]

बजेटमाथि छलफल आज सकिने, सोमबार सम्बन्धित मन्त्रीले जवाफ दिने

२५ जेठ, काठमाडौं । प्रतिनिधिसभामा आइतबार पनि विनियोजित बजेटमाथिको छलफल जारी रहने भएको छ । आइतबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ । आइतबार नै ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि पनि छलफल हुने संघीय संसद सचिवालयले […]

बजेट : कति गम्भीर, कति वास्तविक ?

सरकारले आगामी वर्ष २०७७/७८ को लागि रु. १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । जसमध्ये ६४.४ प्रतिशत चालू र २३.९ प्रतिशत पूँजीगत खर्च रहेका छन्। त्यसैगरी, आवश्यक स्रोतको ६०.३३ प्रतिशत राजश्वबाट, ४.१ प्रतिशत वैदेशिक सहायताबाट, २०.३१ प्रतिशत वैदेशिक ऋण र १५.२६ प्रतिशत आन्तरिक ऋणबाट व्यहोर्ने अनुमान बजेटले गरेको छ । […]

नेकपा सचिवालयको निश्कर्ष : एमसीसीबारे संसदले जे गर्छ, त्यही हुन्छ !

१७ जेठ, काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले संसदमा विचाराधीन एमसीसी सम्झौताबारे संसदले जे फैसला गर्छ, त्यहीअनुसार अगाडि बढ्ने निष्कर्ष निकालेको छ । संसदले एमसीसी अनुमोदन नगरे बजेटको अनुसूची हेरफेर हुने बैठकको निश्कर्ष छ । साथै बैठकले एमसीसीएका महत्वपूर्ण कामहरु हाललाई रोक्ने निर्णय गरेको छ । ‘एमसीसीका बारेमा मुख्यतः बजेटमा प्रस्तुत अनुसूचिमा राखिएको […]

‘एमसीसी यसपटक घुसेको होइन, अघिल्ला बजेट वक्तव्यकै निरन्तरता’

१७ जेठ, काठमाडौं । सरकारले बजेट वक्तव्यमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाको अनुदान रकम घुसाएको भनेर सत्तारुढ नेकपामा विवाद शुरु भएको छ । विवाद समाधानका लागि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको छ । सचिवालय बैठकमा नेकपाको एमसीसी कार्यदलका सदस्य रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावलका साथै अर्थमन्त्री डा. युवराज […]

शैक्षिक प्रमाणपत्र धितोमा ऋण : एक वर्षमा ५९ जनाले मात्रै उपयोग गरे

१७ जेठ, काठमाडौं । शैक्षिक बेरोजगारहरुका लागि शैक्षिक प्रमाण पत्र धितोमा राखेर ऋण दिइने गत वर्ष अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा एउटा नयाँ कार्यक्रम घुसाए । बजेटमा नयाँ भए पनि बेलाबखतमा सर्टिफिकेट धितोमा राखेर ऋण दिने चर्चा चलिरहन्थ्यो । अर्थमन्त्री खतिवडाले ल्याएको एउटा लोकप्रीय कार्यक्रम थियो । जसलाई विद्यार्थीका संगठनहरुले खुलेरै स्वागत गरेका थिए । […]

कोरोनापछिको आर्थिक संकटलाई चिर्न असमर्थ बजेट

कोरोना भाइरसले मानव समुदाय र आर्थिक अवस्थालाई थला पारेको अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तुत गरेको बजेटले नेपाली जनतालाई थप निराशातर्फ उन्मुख बनाएको छ । बजेट प्रस्तुत भैसकेपछि जनतामा उत्साह र उमङ्ग छैन । केही पढे लेखेका टाठाबाठा, अर्थशास्त्रीहरुले मात्रै आ–आफ्नो किसिमले प्रतिक्रिया दिएका छन् । सामान्य जनता भने ‘चुच्चे […]

बजेटमा स्थानीय तहको प्रतिक्रिया– तुच्छ बजेटले निरन्तरता पायो

१७ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को बजेटले स्थानीय तहको भूमिका र जिम्मेवारीलाई ख्याल नगरेको गुनासो नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले गरेका छन् । बजेट घट्दा प्रदेश र स्थानीय तहको नघट्नु सकारात्मक भए पनि स्थानीय तहमा ‘तुच्छ’ बजेटले निरन्तरता पाएको उनीहरुको टिप्पणी छ । स्थानीय सरकार आफैँ योजना छनोट गर्ने, कार्यान्वयन गर्ने, योजना […]

काठमाडौंको पहुँचमा मात्रै पुनर्कर्जा सुविधा, कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

१६ जेठ, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को त्रास नेपालमा व्यापक हुँदै गर्दा निजी क्षेत्रहरुले पनि आफ्ना गुनासाहरु सुनाउँदै गए । निजी क्षेत्र अप्ठेरोमा परेको भन्दै उनीहरुले धेरै सहुलियतका मागहरु राखे । निजी क्षेत्रहरुले राखेको मागहरु मध्ये एक हो पुनर्कर्जा सुविधा । उद्योगी–व्यवसायीहरुका हरेक संगठनहरुले बढाउनु पर्छ भन्दै आएको पुनकर्जा कोषको आकार बढेर एक खर्ब […]

कर्मचारीको भत्ता काटियाे, सरकारी जागिर पनि तत्कालै नखुल्ने

१५ जेठ, काठमाडौं । सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो […]

सुनको भन्सार महशुल बढ्याे, डिजेल, पेट्रोल, मट्टितेल पनि महंगिने

१५ जेठ, काठमाडौं । सरकारले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाएको छ । बिहीबार आव २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा सामान्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । […]

२५ अर्बले घटाइयो भौतिक पूर्वाधारको बजेट

१५ जेठ, काठमाडौं । सरकारले यो वर्ष भौतिक पूर्वाधारतर्फको बजेट १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ । यो वर्ष सरकारले भौतिक पूर्वाधार विकासको बजेट गत वर्षको भन्दा २४ अर्ब ७२ करोडले घटाएको हो । सरकारले यो वर्ष राजस्व स्रोतमा परेको दबावका कारण भौतिक पूर्वाधार आयोजनाहरुको कटौती गरेको हो । बजेट लिएर पनि […]

बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने

१५ जेठ, काठमाडौं । बैङ्कहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्ने घोषणा गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैङ्कको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा […]

स्वास्थ्यलाई गत वर्षभन्दा २१ अर्ब ९१ करोड बजेट बढी, के-के विषय परे ?

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट छुट्याएको छ । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । यो वर्ष गत वर्षको भन्दा २१ अर्ब ९१ करोडले बढी हो । स्वास्थ्य मन्त्रालयले नयाँ कार्यक्रम सञ्चालनका लागि यसवर्ष २८ अर्ब ३१ […]

माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय

१५ जेठ, काठमाडौं । सरकारले माध्यमिकभन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट बिहीबारको संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । पर्यटन विषय अनिवार्य हो कि ऐच्छिक भन्नेबारे केही खुलाइएको छैन । मन्त्री खतिवडाले पर्यटन विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययन गर्ने घोषणा पनि गरे […]

कृषि बीमा कार्यक्रम– उत्पादन भएपछि प्रिमियम तिर्न मिल्ने

१५ जेठ, काठमाडौं । कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने भएको छ । यस अघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने व्यवस्था गरिने जानकारी दिए । सरकारले किसान क्रेडिट र किसान स्वयंसेवक कार्यक्रम […]

सामाजिक सुरक्षा भत्ताको निरन्तरता, बजेट एक अर्बले बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । यसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि […]

लकडाउनमा बन्द उत्पादनमुलक उद्योगलाई विद्युत् महसुल छुट

१५ जेठ, काठमाडौं । सरकारले लकडाउनका कारण बन्द अवस्थामा रहेका उत्पादनमूलक उद्योगको विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । लकडाउन अवधिभर बन्द उद्योगले विद्युतको डिमाण्ड शुल्क छुट पाउने र माग कम हुने समयको विद्युत खपतको महशुलमा ५० प्रतिशुत […]

स्वास्थ्य मन्त्रालयको बजेट २२ अर्बले वृद्धि

१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । उनले स्वास्थ्य मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । गत वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । गत […]