Comments Add Comment

बिमा समिति

List Grid
स्वार्थ बाझिने व्यक्तिलाई बिमा समितिले दियो अध्ययनको जिम्मेवारी

२० फागुन, काठमाडौं । बिमा समितिले नयाँ पुनर्बिमा कम्पनी सञ्चालन गर्नका लागि बनाएको अध्ययन समितिको सदस्यमा स्वार्थ बाझिने व्यक्ति राखिएको छ । बिमा समितिले हालै नयाँ पुनर्बिमा कम्पनी आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन गर्नका लागि तीन सदस्य अध्ययन समिति बनाएको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले दीप प्रकाश पाण्डे, भोजराज शर्मा र […]

नयाँ पुनर्बिमा कम्पनी ल्याउने तयारी, बिमाका विज्ञहरुको बन्यो ‘टिम’

११ फागुन, काठमाडौं । काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बिम कम्पनी ल्याउनका लागि तयारी थालिएको छ । अहिले मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी रहेको छ । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले स्वस्थ प्रतिष्पर्धाका लागि नयाँ कम्पनी खोल्नका लागि आवेदन आह्वान गर्ने बताइसकेका छन् । समितिले नयाँ कम्पनी खोल्न इजाजत दिने तयारी गरेपछि बिमा क्षेत्रहरुको बिज्ञहरु सम्मिलित […]

रोकिएला त एकल बिमा शुल्कको बेथिति ?

२९ माघ, काठमाडौं । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्य सिलवालले एकल बिमा शुल्कका नाममा भइरहेको बेथितिबारे ‘एक्सन’ लिने बताएका छन् । पछिल्लो समय बिमा कम्पनीहरुले व्यवसाय धेरै देखाउनका लागि एकल बिमा शुल्क पोलिसी बिक्री गर्न जोडबल गर्ने गरेका छन् । बिमा समितिका अध्यक्ष सिलवालले यो विषयमा आफूले पनि जानकारी पाएको र […]

बिमा समितिका नयाँ अध्यक्षले लिए सपथ, समस्या केलाएर समाधान गर्न अर्थमन्त्रीको निर्देशन

२२ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधान गर्न खरो रुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् । बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ […]

सूर्यप्रसाद सिलवाल बिमा समितिको अध्यक्षमा नियुक्त

१९ माघ, काठमाडौं । सूर्यप्रसाद सिलवाल बिमा समितिको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई बिमा समिति अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । सिलवाल पूर्व सचिवसमेत हुन् । २०७० चैत्र २८ देखि ०७२ मंसिर ६सम्म उनी गृह सचिव थिए ।

बिमा समिति नेतृत्वविहीन

६ माघ, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समिति नेतृत्वविहीन बनेको छ । समितिका अध्यक्ष रहेका चिरञ्जीवि चापागाईं चार वर्षे कार्यकाल पूरा गरेर पुस अन्तिम साता नै बिमा समितिबाट बाहिरिएका छन् । सामान्यतया नेतृत्व रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नु पर्ने भए पनि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्न सकेको छैन । अझ अध्यक्षले […]

बिमा समितिको अध्यक्षको दौडबाट चापागाईं बाहिरिए, को बन्ला अध्यक्ष ?

१९ पुस, काठमाडों । बिमा समितिका वर्तमान अध्यक्ष चिरञ्जीवि चापागाईं आइतबारदेखि विदामा बसेका छन् । आफ्नो कार्यकाल सकिनुभन्दा एक हप्ता अघिबाट विदा बसेका हुन् । चापागाईंको कार्यकाल आगामी २७ गते सकिँदैछ । यो सँगै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिको अध्यक्ष बन्न आकांक्षीहरुले कसरत बढाएका छन् । कार्यकाल सकिन एक साता अघिमात्रै बाँकी भएपछि आकांक्षीहरु […]

बिमा समितिमा नेतृत्वका लागि दौड सुरु, हालका अध्यक्षदेखि डेपुटी गभर्नरसम्म आकांक्षी

२३ मंसिर, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको ४ वर्षे कार्यकाल आगामी २३ पुसमा सकिँदैछ । चापागाईंको कार्यकाल सकिन लाग्दा समितिको नेतृत्वमा पुग्न आकांक्षीहरुले दौडधुप बढाएका छन् । मुलुकमा ३९ निर्जीवन बिमा र एक पुनर्बिमा कम्पनी सञ्चालिनत छन् । यिनलाई नियमन गर्ने समितिको अध्यक्ष बन्ने आकांक्षीको लर्को छ । दोस्रो […]

बिमा समितिको सर्कुलर : अब २ वर्ष पछिमात्रै बिमितले ऋण पाउने

१७ असार, काठमाडौं । बिमा कम्पनीहरुको निमयनकारी निकाय बिमा समितिले बिमालेख धितोमा ऋण लिन पाउने व्यवस्थामा कडाइ गरेको छ । अर्बौको बीमा कागजमै सिमित गराउने गरी ऋणको कागजमा हस्ताक्षर गराएर अभिकर्ताले बदमासी गर्ने गरेको जानकारी पाएपछि समितिले बिमालेख धितोमा प्रवाह हुने कर्जामा कडाई गरेको हो । अब बिमालेख प्रारम्भ भएको मितिले २ वर्षपछिमात्रै बिमितले ऋण […]