Comments Add Comment

बीमा समिति

List Grid
कोरोना बीमाका नाममा ‘ठगी’ : बीमा शुल्क उठाएर भुक्तानी दिएनन्

३० भदौ, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले सर्वसाधारणहरुलाई सास्ती दिएका छन् । कोरोना संक्रमण भएको दाबी पेश गरेको ७ दिनभित्रै रकम भुक्तानी गर्ने भन्दै बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा योजना अनुसार भुक्तानी नपाउनेको संख्या ठूलो छ । नियमनकारी निकाय बीमा समितिको तथ्यांक अनुसार अहिलेसम्म एक लाख जनाभन्दा बढीले कोरोना बीमावापत पाउनुपर्ने भुक्तानी पाएका छैनन् […]

बीमा समितिको नयाँ सर्भर र सफ्टवेयर सञ्चालन

१ साउन, काठमाडौं । बीमा समितिको नयाँ सर्भर र नयाँ सफ्टवेयर सञ्चालनमा आएको छ । शुक्रबार आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ सर्भर र सफ्टवेयरको उद्घाटन  गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले परिवर्तित समयसँगै परिवर्तन हुन सक्नुपर्ने बताए । ‘प्रविधिलाई प्रयोग गर्दै इन्टरफेस्टलाई खटाउनुपर्छ भन्ने हाम्रो मान्यतालाई आत्मसात गर्दै यो चरणमा आइपुगेका […]

पुनर्बीमा लाइसेन्सको दौडमा पाँच कम्पनी, कुन कम्पनीमा को छन् लगानीकर्ता ?

६ वैशाख, काठमाडौं । पुनर्बीमा कम्पनीहरूको लाइसेन्स लिने दौडधुपमा हिमालय रि–इन्स्योरेन्स कम्पनी पनि थपिएको छ ।  यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स  पनि थपिएको हो । हाल मुलुकमा एक मात्रै पुनर्बीमा कम्पनी सञ्चालनमा छ । दुईवटा आवश्यक पर्ने भन्दै नियामक निकाय बीमा […]

बीमा समितिका सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने सहमति

१२ चैत, काठमाडौं । बीमा प्राधिकरणमा रुपान्तरण हुँदा बीमा समितिका सञ्चालक र अध्यक्ष स्वतः प्राधिकरणको सञ्चालक र अध्यक्ष हुने भएका छन् । प्रतिनिधिसभाको अर्थ समितिको बिहीबारको बैठकमा बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफलमा बीमा समितिका सञ्चालक, अध्यक्ष र कर्मचारी स्वतः प्राधिकरणको सञ्चालक, अध्यक्ष र कर्मचारी रहने व्यवस्थामा सहमति जुटेको हो । […]

राष्ट्र बैंकका ‘हाकिम’ बीमा समितिको अध्यक्ष बन्न अयोग्य !

४ पुस, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको अध्यक्ष चिरञ्जीवि चापागाईंको चार वर्षे कार्यकाल पुस मसान्तमा सकिँदैछ । अध्यक्षको कार्यकाल सकिने समय नजिकिदै गर्दा आधा दर्जन आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले समितिको अध्यक्ष नियुक्त गर्न सकिने व्यवस्था गरेको छ । अहिले बीमा समितिको अध्यक्ष बन्नका लागि शक्तिकेन्द्र धाउनेहरुमा अमेरिकाको […]

कोभिड-१९ बिमा गराएका ३ जनामा कोरोना पोजिटिभ

३० जेठ, काठमाडौं । कोभिड-१९ बिमा गराएका ३ जनामा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएको छ । बिमा गराएका एक जनाले नेको इन्स्यारेन्स र २ जनाले एनएलजी इन्स्यारेन्समा दाबी पेश गरेको निर्जीवन बिमक संघका महासचिव चंकी क्षत्रीले जानकारी दिए । दाबी गरेकामध्ये एक जनाको भुक्तानी समेत भइसकेको छ । कृषि विकास बैङ्कमा कार्यरत एक व्यक्तिको पीसीआर परीक्षण […]

रोकिएको एक दिनपछि नै पुनः सुरु भयो कोरोना बिमा

२३ जेठ, काठमाडौं । कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु भएको छ । सरकारसँग सहमति भएपछि  कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुन: सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो । बिमक संघका महासचिव चंकी क्षत्रीले सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना […]

बीमामा नेपालीको पहुँच २५ प्रतिशत नाघ्यो

१२ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा बीमामा नेपालीहरुको पहुँच २५.५० प्रतिशत पुगेको जानकारी बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले दिएको छ । यो तथ्यांकमा वैदेशिक रोजगारी बीमासमेत समावेश छ । यसलाई अलग गर्दा बीमामा १९ प्रतिशत नागरिकको पहुँच पुगेको देखिन्छ । वैदेशिक रोजगार बीमासमेत जोड्दा आव ०७४/७५ को अन्त्यसम्म १२ प्रतिशत नागरिक […]

तोकिएको पुँजी पुर्‍याउन बीमा कम्पनीलाई मुश्किल !

२४ चैत, काठमाडौं । बीमा कम्पनीहरुलाई तोकिए अनुसारको पुँजी पुर्‍याउन मुश्किल परेको छ । बीमा क्षत्रेको नियमनकारी निकाय बीमा समितिले तोके अनुसारको पुँजी पुर्‍याउन बीमा कम्पनीहरुलाई मुश्किल परेको हो । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ । जीवन बीमाका लागि भने समितिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी […]

बीमा कम्पनीलाई नियामकको निर्देशन– पूर्वस्वीकृति नलिई उपहार नबाड्नू

१५ फागुन, काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले जथाभावी उपहार वितरण गर्न अंकुश लगाएको छ । विशेष गरेर कम्पनीले अभिकर्ताहरुलाई नगद तथा जिन्सी उपहार बिक्री-वितरण गरेको गुनासो बढेपछि पूर्वस्वीकृति लिएर मात्रै उपहार दिन समितिले निर्देशन दिएको हो । जथाभावी उपहार बाड्दा अस्वस्थ प्रतिष्पर्धा बढेको र बीमा बजारलाई नै नकारात्मक असर पार्ने भएपछि पूर्वस्वीकृति […]

बीमा समितिले एक्चुरी सूची तयार पार्ने, आवेदन दिन आहृवान

१७ माघ, काठमाडौं । बीमा समितिले बीमांकक (एक्चुरी) को सूची तयार पार्ने भएको छ । समितिले विश्वव्यापीरूपमा सूचना प्रकाशित गरी बीमांककको सूचीमा सहभागी हुन आग्रह गरेको हो । नेपालमा बीमा व्यवसाय शुरु भएको लामो इतिहास भएपनि नेपालभित्र बीमांकक नभएपछि स्वदेशमा नै दक्ष जनशक्ति उपलब्ध गराउने नभए मात्रै विदेशी कम्पनीलाई सहभागी गराउने लक्ष्यका साथ उक्त सूचना […]

सरकारको योजनालाई साथ दिन बीमा समितिले नयाँ योजना ल्याउदै

६ पुस, काठमाडौं । सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीलाई सहयोग पुग्ने गरी बीमा समितिले नयाँ कार्यक्रमको घोषणा गर्ने भएको छ । बीमा कम्पनीहरको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले सरकारको योजनालाई सहयोग पुग्ने गरी निर्जिवन बीमा क्षेत्रमा नयाँ कार्यक्रम घोषणा गर्न लागिएको जानकारी दिए । बीमाको पहुँच वृद्धिका लागि ‘मेरो खुसीः मेरो बीमा’ […]

सर्वोच्चद्वारा समितिको निवेदन खारेज, महालक्ष्मीलाई सञ्चालनको बाटो खुल्यो

९ मंसिर, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीलाई सञ्चालन अनुमति दिने विषयमा बीमा समितिले परमादेश पुनरावलोकनका लागि दिएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । गत बिहीबार सर्वोच्चका प्रधानन्यायाधीस ओमप्रकाश मिश्र, न्यायाधीस केदारप्रसाद चालिसे र टंकबहादुर माेक्तानको पूर्ण इजालासले बीमा समितिले दिएको परामादेश पुनरावलोकन निवेदन खारेज गर्ने निर्णय गरेको हो । यस अघि सर्वोच्चले महालक्ष्मी […]

कालो धन रोक्न विभाग र बीमा समितिबीच सम्झौता

४ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिबीच सम्झौता भएको छ । मंगलबार बीमा समितिमा आयोजित एक कार्यक्रमकाबीच यी दुई निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझादारी पत्रमा विभागका तर्फबाट महानिर्देशक जीवनप्रकाश सिटौला र बीमा समितिका तर्फबाट अध्यक्ष […]

मर्जर नीतिबाट बीमा समिति ब्याक हुने

२५ कात्तिक, काठमाडौं । बैंकिङ क्षेत्रमा निकै लामो बहसको विषय बनेको मर्जर नीति बीमा क्षेत्रमा पनि शुरु हुने भनिए पनि अन्नत बीमा समिति यसबाट तत्कालका लागि ब्याक हुने भएको छ । नयाँ बीमा विधयेक संसदमा छलफलकै क्रममा रहेको र उक्त विधयेक हुबहु पारित भए समितिको सञ्चालक समिति नै भंग हुने भएकाले समितिले नयाँ निर्णय नलिने […]

जीवन बीमा कम्पनीको संख्या थपिँदै

२२ कात्तिक, काठमाडौं । सञ्चालनको अन्तिम चरणमा पुगेर पनि बीमा समितिले अन्तिम स्वीकृति नदिएका कारण सञ्चालन हुन नसकेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी अन्ततः सर्वोच्च अदालतको आदेशपछि सञ्चालनमा आउने संकेत देखिएको छ । प्रारम्भिक सहमति दिए पनि तोकिएको समयमा चुक्ता पुँजी पुर्‍याउन नसकेको भन्दै अन्तिम स्वीकृति दिन नमानेको बीमा समिति अन्ततः महालक्ष्मीलाई स्वीकृति दिने निश्कर्षमा पुगेको […]

बीमा समितिका अध्यक्षको पद धरापमा

३१ असार, काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो । संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति […]

कछुवा गतिमा बीमाको अर्थशास्त्रः ५० वर्षमा ८ प्रतिशत

३० असोज, काठमाडौं । नेपालमा बीमा व्यवसाय सुरु भएको पाँच दशक पुग्दैछ । अहिलेसम्म आवद्ध जनसंख्याको हिस्सा जम्मा आठ प्रतिशत छ । यसलाई बढाएर १५ प्रतिशत पुर्‍याउने सरकारी लक्ष्य पूरा होला त ? शंका कायमै छ । हाल २६ वटा कम्पनी यस क्षेत्रमा सक्रिय छन् । थप १३ वटालाई हालै बीमा समितिले सञ्चालन अनुमति दिएको […]

बीमा समितिको अध्यक्ष को ?

१७ पुस, काठमाडौं । बीमा समितिका अध्यक्षमा नियुक्त भएको भनेर डा. रविन्द्र घिमिरेले  बधाई पाउन थालेको चार दिन बितिसकेको छ । बधाई दिनेहरुलाई उनी पनि धन्यवाद नै दिन्छन तर घिमिरेले न त नियुक्ति पत्र नै पाएका छन् न कुनै आधिकारिक निकायबाट नियुक्त भएको खबर नै ।  यसबारे सरकारी अधिकारीहरु पनि अलमलमै देखिन्छन् । अर्थमन्त्रालय निकट स्रोत […]