Comments Add Comment

भागरथी भट्ट

List Grid
भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

२८ फागुन, डोटी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधार गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न […]

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

१८ फागुन, सउल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग गरेको छ । समाजका कोषाध्यक्ष डीआर पनेरु, पूर्वअध्यक्षद्वय नरबहादुर सार्की र धर्मराज जोशी, पूर्वसचिव सुरेन्द्र भण्डारी, पूर्वकोषाध्यक्ष नवराज भट्टलगायतको समूहले भट्टको घरमै गई बैतडी दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिंह महरालगायतको उपस्थितिमा […]

भागरथी हत्या प्रकरण : आरोपीलाई ५ दिन म्याद थप

१२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ । अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको […]

१७ औं दिनपछि भागरथीको अन्त्येष्टि गर्ने तयारी

७ फागुन, काठमाडौं । बलात्कारपछि हत्या भएको १७ औं दिनमा बैतडीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका सदस्यहरुले दोषी पत्ता […]

भागरथीका हत्यारालाई कानुनी दायरामा ल्याउन महिला कानुन व्यवसायीको माग

४ फागुन, काठमाडौं । कानुन व्यवसायी महिलाहरुले बलात्कारपछि हत्या गरिएका भागरथी भट्ट र निर्मला पन्तलगायतका हत्यारालाई कानुनी दायरामा ल्याउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बलात्कारलगायत महिला हिंसा, अपराध नियन्त्रण र सरकारको जाफदेहिता सम्बन्धमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस्ता जघन्य अपराधका घटनाको प्रभावकारी अनुसन्धान गरी पीडितलाई शीघ्र न्याय दिन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका हुन् । नेपाल […]

भागरथी हत्या प्रकरणको अनुसन्धान अझै अलमलमा

२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्याको घटनाका अनुसन्धान अधिकृतहरु अझै अलमलमै छन् । अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार संकित व्यक्तिहरुसँगको सोधपुछ र प्राविधिक पक्षको विश्लेषण भइरहेको छ तर, अनुसन्धानले लय समात्न सकेको छैन । भट्टको मोबाइल फोनबाट महत्वपूर्ण सुराक हात पर्ने अपेक्षा गरेको प्रहरीको ध्यान अहिले म्यानुअल अनुसन्धानतिरै […]

भागरथीका हत्यारालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका […]

भागरथीको बलात्कार र हत्याबारे बुझ्न कांग्रेसले नेता खटायो

३० माघ, काठमाडौं । नेपाली कांग्रेसले बैतडीकी भागरथी भट्टको बलात्कार र हत्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउन पार्टी नेतालाई खटाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार स्थलगत अध्ययन गरी लिखित प्रतिवेदन पेश गर्न र स्थानीय तथा परिवारसँग भेट गर्न केन्द्रीय सदस्य रमेश लेखकलाई पठाइएको हो । उनी शुक्रबार नै बैतडी पुग्दैछन् । घटना भएको दोस्रो साता […]

भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर : नेकपा क्रान्तिकारी माओवादी

२७ माघ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । मंगलबार प्रवक्ता प्रतीकले विज्ञप्ति निकालेर बारसम्बार यस्ता घटना बढ्दै जानुले सरकार संवेदनहीन बन्दै गएको पुष्टि हुने बताएको छ । ‘यस घटनाको तुरुन्त छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ’ क्रान्तिकारी माओवादीले […]

भागरथीको भजाइनल स्वाब परीक्षण हुने, डीएनएसमेत जाँचिने

२६ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं ल्याइने भएको छ । जिल्ला अस्पताल, बैतडीमा भएको पोष्टमार्टमका क्रममा चिकित्सकहरुले निकालेको स्वाबलाई महाराजगञ्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ल्याउन लागिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले अनुसन्धानमा सहयोग पुग्ने विश्वाससहित परीक्षणका लागि […]

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको देखिएको बताएका छन् । प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट […]

भागरथी भट्ट हत्याको गम्भीर छानबिन गर : राष्ट्रिय जनमोर्चा

२५ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले बैतडीको दोगडाकेदार गाउँपालिका-७ कि १७ वर्षकी भागरथी भट्टको हत्याको घटनाको गम्भीर छानबिन गर्न माग गरेको छ । आइतबार उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति निकालेर भागरथी हत्याको घटना निर्मला पन्तको जस्तै हुने त होइन भन्ने आशंका पैदा भएको भन्दै गम्भीर छानबिनको माग गरेकी हुन् । भट्टको शव माघ २२ गते शरीरभरी […]

भागरथी हत्या प्रकरण : ‘निर्मला पन्तको अनुसन्धानजस्तो नहोस्’

२५ माघ, काठमाडौं । राजनीतिक दल, दलका भ्रातृ संगठन र नागरिक समाजले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या भएको घटनाको गम्भीर ढंगले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकालेर निर्मला पन्तको घटना जस्तै पीडकलाई कारबाही हुन नसक्ने अवस्था सिर्जना नहोस् भन्दै पीडितले न्याय पाउने अधिकारको सुनिश्चितता गर्न माग […]

भागरथीका हत्यारा पक्राउ गरी कारबाही गर्न नेविसंघको माग

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीय भागरथी भट्टका हत्यारालाई पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरी घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका हुन् । सरकारले नै अपराधीको संरक्षण गरेकोले हत्यारा र बलात्कारका घटना दोहोरिएको आरोप लगाउँदै […]

भागरथी हत्या प्रकरण : सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी आफैं लागे घटनास्थलतर्फ

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार-७ मा भएको हत्याको निरीक्षणका लागि सुदूरपश्चिम प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदी आफैं घटनास्थलतर्फ गएका छन् । चुडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान सुपरीवेक्षणका लागि सुवेदी त्यहाँ पुगेका हुन् । प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहका अनुसार सुवेदी आइतबार बिहानै त्यसतर्फ गएका हुन् । घटनाको छानविनका लागि प्रहरी […]

निर्मला पन्त हत्या प्रकरण सम्झाउने बैतडीको विभत्स घटना

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे । बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् […]