Comments Add Comment

भागरथी हत्या प्रकरण

List Grid
भागरथी प्रकरणको अनुसन्धानमा संलग्न दुई प्रहरीको एक तह बढुवा

१२ फागुन, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् । तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाएको भन्दै महानिरीक्षक […]

१७ औं दिनपछि भागरथीको अन्त्येष्टि गर्ने तयारी

७ फागुन, काठमाडौं । बलात्कारपछि हत्या भएको १७ औं दिनमा बैतडीकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गर्ने तयारी गरिएको छ । गोठलापानीबाट शवयात्रा सुरु गरी सेरास्थित महाकाली घाटमा अन्तिम संस्कार गर्ने तयारी छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको गत माघ २१ गते बलात्कारपछि हत्या भएको थियो । घरपरिवारका सदस्यहरुले दोषी पत्ता […]

भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

६ फागुन, काठमाडौं । प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू उनले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन् । ४ फागुनमा पक्राउ परेका उनले भट्टको हत्या गरेको स्वीकार गरेका उनले बलात्कार भने नगरेको दाबी गरेका थिए । जबकी पोष्टमार्टम […]

भागरथी हत्या आरोपीलाई पक्रन सफल भएकोमा गृहमन्त्रीले दिए प्रहरीलाई धन्यवाद

५ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका छन् । गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका हुन् । गृहमन्त्री थापाले फेसबुकमा लेखेका छन्- ‘बैतडीकी भागरथी […]

भागरथी हत्या आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

५ फागुन, काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ । दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए । भागरथी […]

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा […]

भागरथी प्रकरणको अनुसन्धान टोलीलाई स्थानीयले लगाइदिए फूलमाला

५ फागुन, काठमाडौं । भागरथी हत्या प्रकरणको अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीसहितको टोलीलाई स्थानीयवासीले सम्मान गरेका छन् । प्रहरी चौकी, खोचलेकमा बसेर दुई सातासम्म निरन्तर अनुसन्धान गरी दोषीलाई पक्राउ गर्न सफल भएको भन्दै स्थानीयले सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक […]

भागरथी प्रकरणका आरोपितलाई म्याद थप गर्न अदालत लगिँदै

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालत लैजाने तयारी गरेको छ । जिल्ला अदालत, बैतडीमा लगेर आरोपी १८ वर्षीय दिनेश भट्टलाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद लिने प्रहरी तयारी छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर सम्बन्धी मुद्दामा म्याद […]

भागरथीको हत्यापछि न्यायका लागि भएको प्रदर्शनमा सहभागी थिए आरोपी

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट २१ माघ बुधबार साँझ घर फर्किइनन् । परिवारले खोजतलासका लागि प्रहरीलाई आग्रह गर्‍यो, स्थानीय पनि खोजीमा निस्किए । बिहीबार उनको शव सनातन धर्म माध्यमिक विद्यालयबाट घर फर्किने सडकबाट ५० मिटर तल झाडीमा भेटियो । भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै […]

भागरथी प्रकरणको दोषी नजिक प्रहरी पुगिसक्यो : गृहमन्त्री थापा

३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न व्यक्ति नजिक प्रहरी पुगेको बताएका छन् । सर्वोच्च अदालत, बार एशोसिएसन, महिला समितिले ज्ञापन पत्र बुझाएपछि संक्षिप्त कुरा गर्दै थापाले प्रहरी घटनाको दोषी नजिक पुगेको बताएका हुन् । उनले भनेका छन्, ‘घटनाको दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धतासमेत […]

भागरथी हत्या प्रकरणको विरोधमा बक्सिङ कला प्रदर्शन

३ फागुन, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टलगायतमाथि भएको बलात्कार र हत्याको विरोधमा राष्ट्रिय बक्सिङ खेलाडीहरुले काठमाडौंको बसन्तपुरमा प्रदर्शन गरेका छन् । महिलाहरु कमजोर छैनन् र हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिन खेलाडीहरुले आज बिहान बक्सिङ कला प्रदर्शन गरेका हुन् । काठमाडौंका बक्सिङ क्लबहरुले आयोजना गरेको प्रदर्शनमा महिला बक्सरहरुको सहभागीता थियो ।

भागरथी हत्या प्रकरण : ‘प्रधानमन्त्रीबाट निर्देशन जारी होस्, दोषी पत्ता लगाउन नसके गृहमन्त्रीले राजीनामा दिउन्’

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले डोटीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई पत्ता लगाएर कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । हत्यामा संलग्नलाई कडा कारबाहीका लागि प्रधानमन्त्रीबाट तुरुन्त निर्देशन जारी गर्न पनि उनले माग गरेकी छन् । हत्यामा संलग्नलाई पत्ता लगाउन नसक्ने हो भने गृहमन्त्री रामबहादुर थापा (बादल)ले राजीनामा दिनुपर्ने […]

भागरथी हत्या प्रकरण : घटना भएको समयमा सक्रिय मोबाइलहरुको विश्लेषण गर्दै प्रहरी

२८ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार गृह मन्त्रालयमा पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) को टोलीसँग भनेका छन्, ‘भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ ।’ प्रहरी स्रोतका अनुसार भट्ट प्रकरणमा प्रविधिको प्रयोग भएकाले निर्मला प्रकरण जस्तो जटिल नभएको ब्रिफिङ गरिएको थियो । त्यही आधारमा बादलले यो अभिव्यक्ति दिएका हुन् […]

गृहमन्त्री थापा भन्छन्– भागरथी हत्याको घटना निर्मलाको जस्तो जटिल छैन, छिट्टै सफलता मिल्छ

२७ माघ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने बताएका छन् । कतिपय घटनाको अनुसन्धानमा शतप्रतिशत सफलता पाउन नसकिने रहेछ भन्दै मन्त्री थापाले भागरथीको हत्याका अपराधी छिट्टै पक्राउ पर्ने र कानुनबमोजिम सजायँ पाउने बताए । आज बिहान नेपाल विद्यार्थी संघ (नेविसंघ)को […]

भागरथी भट्ट हत्याको निष्पक्ष अनुसन्धान गर : मानव अधिकार आयोग

२५ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उक्त घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन […]

कांग्रेस महिला विभागले भन्यो-अनुसन्धानमा कुनै लापरबाही नगरियोस् 

२५ माघ, काठमाडौं । नेपाली कांग्रेस महिला विभागले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ । महिला विभागकी सचिव लक्ष्मी खतिवडाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भगिरथी भट्टको बलात्कार र हत्याको घटनाले सिंगो मुलुकलाई फेरि स्तब्ध बनाएको छ । नेपाली कांग्रेस महिला विभाग […]

भागरथी हत्या प्रकरणको अनुसन्धान मोबाइलमा केन्द्रित

२५ माघ, काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा १७ वर्षीया भागरथी भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान उनको मोबाइलमा केन्द्रित भएको छ । शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ । र, मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक […]