Comments Add Comment

भालुवाङ

List Grid
लुम्बिनीको राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा

२८ कार्तिक, नारायणपुर । लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयवासी स्वास्थ्य सेवाबाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता छ भालुवाङवासीलाई । विगत २० वर्षदेखि भालुवाङमा होटेल व्यवसाय गर्दै आएका नारायण खनालका अनुसार स्थानीय […]

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङ दुई तिहाइले पास

२० असोज, काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ […]

प्रदेशसभामा तोडफोड : लोकतन्त्रको धज्जी, संघीयताविरोधीलाई फाइदा

१९ असोज, बुटवल । प्रदेशको नाम र राजधानीका विषयमा विवाद हुँदा विपक्षी नेपाली कांग्रेसका सांसदहरुले सोमबार ५ नम्बर प्रदेशसभामा तोडफोड गरे । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी, टेबल र माइक फुटाएर असभ्य व्यवहार प्रदर्शन गरे । सत्तापक्षको व्यवहार पनि कम अलोकतान्त्रिक देखिएन । भौतिकरुपमा तोडफोडमा नउत्रिए पनि सत्तारुढ नेकपाका आन्तरिक मामिला मन्त्री कुलबहादुर केसी […]

प्रदेशसभा तोड्फोड गर्नेहरु भन्छन् : हामीलाई पश्चाताप छैन

१९ असोज, बुटवल । एकपटक स्थगित भएर सुचारु भएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरु रोष्टम घेराउ र नाराबाजी गरिरहेका थिए । त्यहीबेला सभामुख पूर्णबहादुर घर्ती बोल्न थाले । सभामुख घर्तीले विरोधको सम्मान गर्ने तर सभाको कारबाही अगाडि बढाउने भन्दै प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न आन्तरिक मामिला […]

नेकपाका असन्तुष्ट सांसदलाई मुख्यमन्त्रीको आश्वासन : बुटवललाई वित्तीय राजधानी बनाउँछु

१९ असोज, काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङको भलुवाङलाई प्रशासनिक र बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । दाङको भालुवाङ (राप्ती उपत्यका) लाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १४ सांसदले फरक मत राखेका छन् । संसदीय दलको सोमबार बसेको […]

कांग्रेसका १० नेताले भने – प्रदेश ५ को राजधानी भालुवाङ नै ठीक

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसका ८ केन्द्रीय सदस्यसहित १० नेताले प्रदेश ५ को राजधानी दाङको भालुवाङमै उपयुक्त हुने भन्दै प्रदेश ५ को प्रदेशसभामा पेश भएको प्रस्तावलाई समर्थन गरेका छन् । केन्द्रीय सदस्यहरु दीपक गिरी, किशोरसिंह राठौर, पार्वता डीसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, कृष्ण किशोर घिमिरे, बर्दिया जिल्ला सभापति सञ्जय […]

प्रदेश ५ को प्रदेशसभामा कांग्रेसको अवरोध र नाराबाजी

१९ असोज, बुटवल । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताए । लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् । उनीहरुले संसदीय […]

चार भोटले चिप्लिन सक्छ भालुवाङ !

१८ असोज, काठमाडौं । प्रदेश ५ को राजधानी बुटवल कि दाङ भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै फरक मत देखिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेको भोलिपल्ट शनिबार बसेको प्रदेश ५ नेकपा संसदीय दलको बैठकमा भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, विष्णु पन्थी, युवराज खनाललगायतका १४ […]

प्रदेश राजधानी विवाद : नेकपाका १४ सांसदले लेखे ‘नोट अफ डिसेन्ट’

१७ असोज, बुटवल । प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने निर्णयसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै विवाद भएको छ । पार्टीका दुई अध्यक्षबीच सहमति भए लगतै प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा प्रस्ताव लगेको थियो । त्यसबारे छलफल गर्न शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले विरोध गरेका छन् । १४ जना सांसदले ‘नोट अफ […]

कांग्रेसको आरोप : विष्णु पौडेलले अर्थमन्त्री पदसँग राजधानी साटे

१६ असोज, बुटवल । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबारको संसद वैठकमा पेश गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ । उक्त प्रस्ताव प्रदेशसभामा टेबल भएलगत्तै कांग्रेसका कार्यकर्ताहरुले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर विरोध जनाएका छन् । पार्टीका भातृ संगठनहरु तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले सडकमा […]

भालुवाङ बजारको भाग्य : ऐलानी जग्गामा राजधानी !

१६ असोज, काठमाडौं । लामो समयसम्म गुमनामजस्तै थियो दाङको भालुवाङ बजार । नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि भालुवाङ एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएको छ । तर, यो कुरा दाङवासीका लागि सरप्राइज भने होइन । मुख्यमन्त्री शंकर पोखरेलले केही महिना अगाडिदेखि नै प्रदेश ५ को स्थायी राजधानीमा भालुवाङ बजारसमेत समेटिने संकेत दिइसकेका […]

प्रदेशसभामा प्रस्ताव : प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ

१६ असोज, बुटवल । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् । दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव […]

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक […]