Comments Add Comment

भाषा आयोग

List Grid
आदिवासी जनजाति महासंघले माग्यो प्रदेशमा कामकाजको भाषा सिफारिशको आधार

३१ भदौ, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले भाषा आयोगले २१ भदौ २०७८ मा प्रधानमन्त्रीसमक्ष सातै प्रदेशमा सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषा सम्बन्धी सिफारिशहरूप्रति आपत्ति जनाएको छ । महासंघका अध्‍यक्ष जगत बरामले विज्ञप्ति जारी गरेर सम्बन्धित आधिकारिक भाषिक संघसंस्थाहरूसँग परामर्श र छलफल नगरीकनै सातै प्रदेशमा सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषा सम्बन्धी […]

तथ्याङ्क नभएकाले रानाथारु भाषा सिफारिस गर्न सकेनौं : भाषा आयोग

३० भदौ, काठमाडौं । भाषा आयोगले सुदूर पश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ । आयोगका प्रवक्ता डा. लोकबहादुर लोप्चनले बुधबार विज्ञप्ति जारी गर्दै राना थारु भाषाका वक्ताहरुको छुट्टै आधिकारिक तथ्याङ्क प्राप्त नभएकाले प्रदेशको कामकाजको भाषाको रुपमा सिफारिस गर्न नसकेको बताएका छन् […]

प्रदेश-१ र प्रदेश-२ मा पनि थारु भाषालाई सरकारी कामकाजको भाषा सिफारिस गर्न माग

२९ भदौ, काठमाडौं । थारु अगुवाहरुले भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषाका लागि गरेको सिफारिस विभेदपूर्ण रहेको बताएका छन् । थारु मानक भाषा मस्यौदा समितिले मंगलबार गरेको भर्चुअल छलफलमा थारु अगुवाहरुले प्रदेश-१ र प्रदेश-२ मा पनि थारु भाषालाई सरकारी कामकाजको भाषा सिफारिस गर्न माग गरेका छन् । भाषा आयोगले भदौ २१ गते ११ वटा भाषालाई […]

भाषा आयोगबाट भएका सिफारिश र यथार्थ

भाषा आयोगबाट २१ भदौ २०७८ मा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन २०७८ तथा प्रधानमन्त्रीसमक्ष सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषा सम्बन्धी सिफारिशहरू (पञ्चवर्षीय प्रतिवेदन) २०७८ प्रस्तुत गरिएको छ । नेपालमा पहिलोपटक राष्ट्रिय भाषा नेपालीबाहेक अन्य भाषाहरूलाई प्रदेशस्तरमा सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न सक्ने गरी भाषा आयोगले नेपालको संविधानको धारा २८७ को उपधारा ९६० को खण्ड […]

प्रदेशमा सरकारी कामकाजका लागि कुन-कुन भाषा परे सिफारिसमा ?

२१ भदौ, काठमाडौँ । भाषा आयोगले प्रदेशगत रुपम विभिन्न भाषाहरुलाई सरकारी कामकाजको भाषाका लागि सिफारिस गरेको छ । सोमबार आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी कामकाजको भाषासम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेका हुन् । २०७३ भदौ २३ गते गठित आयोगले पाँच वर्षभित्र सरकारी कामकाजको भाषाको सिफारिस गर्ने मुख्य कार्यादेश पाएको थियो । आयोगले प्रदेश […]

दुरा र लुङ्खिमको भाषा कक्षा सञ्चालन गर्ने तयारी

१७ भदौ, काठमाडौं । भाषा आयोगले यो वर्षदेखि लमजुङमा दुरा भाषा र इलाममा लुङखिम भाषामा कक्षा सञ्चालन गर्ने भएको छ । भाषा कक्षाका लागि पुस्तक तयार भइसकेको आयोगको सूचना अधिकारी डा. लोकबहादुर लोप्चनले जानकारी दिए । उनले भने ‘अब मंसिरबाट थप दुई भाषाको कक्षा शुरु गर्छौं । त्यसका लागि किताब तयार भइसकेको छ ।’ भाषा […]

लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोग

१२ पुसऽ काठमाडौँ । मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, स्युवा (कागते), मेचे आदि भाषाको व्याकरण निर्माण गरिसकेको छ भने दनुवारलगायत केही भाषाको व्याकरण निर्माण यही आर्थिक वर्षभित्र गर्ने भएको छ । नेपालका भाषाको संरक्षण, संवद्र्धन र विकासका […]