Comments Add Comment

भुल्के

List Grid
भुल्केबाट कोरोनाविरुद्ध लड्न सिकियो : मन्त्री घिमिरे

२९ जेठ, विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरको भुल्केले कोरोनासँग लड्न धेरै सिकाएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरी मन्त्री घिमिरेले कोरोना संक्रमण रोकथामका लागि भुल्केले धेरै कुरा सिकाएको बताएका हुन् । भुल्केबाट कोरोनासँग लड्ने र भिड्ने रणनीति बनाउन सजिलो भएको उनले बताए । भुल्केबाटै ‘थ्री–टी’ अर्थात् टे«सिङ, टेष्टिङ […]

भुल्केका ४ जना संक्रमित कोरोना निको भएर फर्किए

१४ जेठ, विराटनगर । कोरोना संक्रमण निको भएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट बुधबार थप ४ जना डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केका एक पुरुष र तीन महिला डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा ५८ पुरुष, ३६, ४० र ६५ वर्षीय महिला रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले […]

कोरोनासँग लड्ने तरिका : ‘भुल्के मोडल’ सही छ !

११ जेठ, काठमाडौं । एउटा बस्तीमा ठूलो संख्यामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित देखिए भने त्यसलाई समुदायमा फैलनबाट कसरी रोक्ने ? कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि बाँके, कपिलवस्तु, रुपन्देही, झापालगायतका जिल्लाका स्थानीय तहहरूमा अत्यास बढेको छ । जनस्वास्थ्यका जानकारहरू भने उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फैलिएको कोरोना संक्रमण रोक्न अपनाएको रणनीति नेपालको सफल र प्रभावकारी हुने […]

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

२७ वैशाख, काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् । उदपयपुरको भुल्के निवासी १८वर्षीया किशोरी सहित ४५ र ६५ वर्षका […]

भुल्केका नयाँ संक्रमित : पहिले नेगेटिभ, पुनःपरीक्षण गर्दा पोजेटिभ 

२७ वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरूमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो । शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी […]

भुल्केमा थप ३३५ जनाको स्वाब संकलन

२५ वैशाख, गाईघाट । जिल्लाको त्रियुगा नगरपालिका–३, भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयवासीको पनि स्वाब संकलन गरेर परीक्षणका लागि धरान र विराटनगर पठाइएको स्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख […]

कोरोनाको हटस्पट भुल्के : त्रास कम तर जोखिम उस्तै

२३ वैशाख, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के सामान्य अवस्थामा फर्किन थालेको छ । कोरोनाका कारण त्रसित बनेका स्थानीयवासी बिस्तारै पुरानै दैनिकीमा फर्किने प्रयासमा छन् । ‘हिजो संक्रमित देखिँदा ठूलो त्रास थियो’ त्रियुगा नगरपालिका– ३ वडा अध्यक्ष अवधेशप्रसाद चौधरीले अनलाइनखबरसँग भने, ‘अहिले त्रास कम भएको छ, खाद्यान्नका लागि […]

भुल्केमा नयाँ ट्वीस्ट : विदेशबाट आएका युवकमा पनि भेटियो कोरोना संक्रमण

१० वैशाख, विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा मंगलबार भेटिएका कोरोना भाइरस (कोभिड-१९) का संक्रमितमध्ये तीन जना विदेशबाट आएको पाइएको छ । भुल्केमा पहिलो पटक वैशाख ५ मा एकैपटक ११ भारतीय र एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु सबै पछिल्लो समय भुल्केस्थित नुरी मस्जिदमा बस्दै आएका थिए । उनीहरुको दाबी छ कि […]