Comments Add Comment

भेनेजुएला प्रकरण

List Grid
भेनेजुएला संकट : सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी कुदायो

१८ वैशाख, काठमाडौं । भेनेजुयलामा सरकारविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । राष्ट्रपति निकोलस मदुरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी नै कुदाइदिएको छ । सरकारविरुद्धको प्रदर्शनको नेतृत्व विपक्षी नेता ख्वान गुइदोले गर्दै आएका छन् । आफूले आफैंलाई नयाँ राष्ट्रपति घोषणा गरेका गुइदोमाथि सत्ता पलटको आरोप लाग्दै आएको छ । उनले अमेरिकाको समेत समर्थन पाएका छन् […]

प्रचण्ड चिप्लिए भनेर प्रधानमन्त्रीले सुख पाउनुहुन्न : गगन थापा

२७ माघ, गोरखा । नेपाली कांग्रेसका नेता गगन थापाले भेनेजुएला प्रकरणबारे प्रचण्डको वक्तव्य चिप्लिएको भनेर ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको बताएका छन् । सदरमुकाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सरकारले एकपछि अर्को गल्ती गरिरहेको बताए । नेकपा अध्यक्ष प्रचण्डले हालै मात्र वक्तव्य जारी गर्दै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गरेका थिए । यसबारे अमेरिकाले चासो देखाएपछि […]

प्रधानमन्त्रीलाई प्रचण्डको जवाफः सचिवालयले बोलिसक्यो, व्यक्तिको अर्थ राख्दैन

२४ माघ, काठमाडौं । भेनेजुएला प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी चलेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएका थिए । यसले अमेरिका रुष्ट भएको छ । पछिल्लो पटक अमेरिकी राजदूतलाई भेटेपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको […]

प्रचण्डको वक्तव्य चिप्लिएकै होः प्रधानमन्त्री

२४ माघ, काठमाडौं । नेपाली राजनीतिमा ‘भेनेजुएला प्रकरण’ अझै गहिरिने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका अर्का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टि जनाउँदै मुख खोलेका छन् । टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुएलाबारे त्यस्तो विज्ञप्ति नआउने’ प्रतिक्रिया दिए । उनले वक्तव्यमा ‘अलिकति […]

प्रचण्डको वक्तव्य र भेनेजुएलामा अमेरिकी हस्तक्षेप

भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले वक्तव्य जारी गरेको थिएँ- ‘भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भत्सर्ना गर्दछ ।’ भेनेजुएलामा आज जुन सङ्कटको स्थिति उत्पन्न भएको छ, त्यो अमेरिकाको साम्राज्यवादी नीतिको परिणाम हो । भेनेजुएला विश्वको पेट्रोलको सबैभन्दा धनी देशहरूमध्य एक हो । […]

भेनेजुएला प्रकरणमा नेकपाको अडान कायमै, बाह्य हस्तक्षेपको विरोध

२१ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएला प्रकरणमा आफ्नो अडान दोहोर्‍याएको छ । सोमबार बसेको सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने बताएको छ । राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहेको र हरेक देशको सार्वभौमसत्ता स्वतन्त्रता र […]

भेनेजुएला प्रकरण : अमेरिकाको पक्षमा उभियो कांग्रेस

२० माघ,काठमाडौं । भेनेजुएलाको संकटमा प्रमुख विपक्षी नेपाली कांग्रेस अमेरिकाको पक्षमा उभिएको छ । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले सरकार र नेकपाको भेनेजुएलासम्बन्धी वक्तव्यले अमेरिकासँगको सम्बन्धमा असर परेको भन्दै आलोचना गरेको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति जारी गरी सरकार र नेकपाको वक्तव्यलाई अपरिपक्व र राष्ट्रिय स्वार्थ विपरीत भनेका छन् । […]

नेपालमा भेनेजुएलाको बाछिटा ! पेट्रोलमा कि ‘आइडियोलोजी’मा ?

१५ माघ, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको सत्तापक्षलाई समर्थन गर्दै प्रेस वक्तव्य जारी गरेपछि भेनेजुएलाको राजनीतिक बाछिटाले नेपाललाई पनि छोएको छ ।प्रचण्डको वक्तव्यलाई नै सदर गर्दै मंगलबार नेपालको परराष्ट्र मन्त्रालयले अर्को संक्षिप्त विज्ञप्ति जारी गरेर भेनेजुएलाको समस्या त्यहाँको आन्तरिक राजनीतिक समस्या भएकाले बाह्य हस्तक्षेप हुन नहुने स्पष्ट पारेको छ । भेनेजुएलाको […]

भेनेजुएलाबारे नेपालले भन्यो : बाह्य हस्तक्षेपविना समस्या समाधान हुनुपर्छ

१५ माघ, काठमाडौं । सरकारले भनेजुएलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने बताएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने बताएको हो । मन्त्रालयले भेनेजुएलामा भएको राजनीतिक घटनाक्रमलाई नजिकबाट निकालिरहेको भन्दै यसमा निर्णय […]

भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्यले ओलीमाथि दबाव

१३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकी नीतिको निन्दा गर्दै जारी गरेको वक्तव्यले सरकारलाई दबावमा पारेको छ । यसबारेमा सरकारको आधिकारिक धारणा माग हुन थालेपछि प्रधानमन्त्रीले वक्तव्यबारे चासो राखेको स्रोतले जनाएको छ । नेकपाको तर्फबाट प्रचण्डले जारी गरेको वक्तव्यमा भेनेजुएलाको निर्वाचित सरकारविरुद्ध विपक्षी पार्टीका नेताले आफूलाई राष्ट्रपति घोषणा गरेको […]