Comments Add Comment

मणि थापा

List Grid
एमालेका दुई समूह मिले हामीलाई आपत्ति छैन

६ जेठमा सर्वोच्च अदालतले गैरसांसद सात मन्त्रीलाई पदमुक्त गर्ने आदेश दियो । यससँगै एकीकृत माओवादी केन्द्रबाट नेकपा एमाले गएका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, श्रममन्त्री गौरीशंकर चौधरी, खानेपानी मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा पदमुक्त भए । यस बीचमा संसद विघटन भएको छ, […]

खानेपानीमन्त्री थापालाई कोरोना संक्रमण

१७ वैशाख, काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । चार दिन अगाडि थापाको छोरीलाई […]

कुनै पनि मन्त्री माओवादी केन्द्रमा फर्किने सोचमा हुनुहुन्न : थापा

२४ फागुन, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका पूर्वमाओवादी नेताहरु पूर्ववत पार्टीमा नफर्किने एकजना मन्त्री मणि थापाले बताएका छन् । खानेपानी मन्त्रीको जिम्मेवारीमा रहेका थापाले माओवादी केन्द्रमा नफर्किने बताए पनि अन्य मन्त्रीहरुले यस विषयमा खुलेर बोलेका छैनन् । वर्तमान सरकारमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, दावा लामा […]

प्रधानमन्त्री र विप्लवको राष्ट्रवादमा समानता छ : मन्त्री थापा

२१ माघ, काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा समानता रहेको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मन्त्री थापाले विप्वलमा राष्ट्रिय चिन्तन र सोच भएको र प्रधानमन्त्रीको पनि राष्ट्रवादी सोच बनिरहेकोले उनीहरु दुवैको चिन्तन मिल्ने बताए । मन्त्री थापाले नेकपा […]

नख्खु जेलमा पुगेर खानेपानीमन्त्रीले भेटे विप्लवका नेता

२० माघ, काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए । कारागार स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको […]

‘श्री ५ को सरकार’ उच्चारण गरेकोमा मन्त्री थापाले मागे माफी

१८ माघ, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा उनले ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेका थिए । उनले आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रयोग हुन गएको भन्दै क्षमा मागेका […]

चुनावमा दुवै समूह एक भएर जानुको विकल्प छैन : मन्त्री थापा

२१ पुस, सुर्खेत । सरकारका खानेपानी मन्त्री एवं नेकपा ओली समूहका नेता मणिचन्द्र थापाले आगामी निर्वाचनमा नेकपाका दुवै समूह एक भएर जाने बताएका छन् । जाजरकोटको कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा सुर्खेतकाे वीरेन्द्रनगरमा मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले आगामी चुनावमा प्रचण्ड–माधव समूहसँग सहकार्य गरेर जाने दाबी गरे । ‘आगामी निर्वाचमा जाँदा नेकपाका दुवै […]

कार्यभार सम्हाल्दै खानेपानी मन्त्री थापाले भने– देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्छु

१२ पुस, काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व […]

पर्यटनमन्त्रीको सपथ खान हिँडेका मणि थापालाई खानेपानीको जिम्मा

१० पुस, काठमाडौं । पूर्वमाओवादी समूहका नेता मणिचन्द्र थापालाई प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने आश्वासन दिएका थिए । तर, शीतलनिवासमा पुगेपछि थापाले धोका पाए । अन्ततः सपथ ग्रहण गर्नेबेलामा थापाले यसअघि विना मगरले सम्हालेको खानेपानी मन्त्रीमा चित्त बुझाउनुपरेको छ । र, उनले सो जिम्मेवारी स्वीकार गर्दै सपथ लिएका छन् । ओली […]

मणि थापा र टोपबहादुर ओलीतिर लागे

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । थापा र रायमाझी पूर्वमाओवादी हुन् । अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् । पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट यसअघि नै […]

ओलीको भूमिका प्रगतिशील, प्रचण्डको नाजायज

१५ साउन, काठमाडौं । नेकपा एकीकरण हुँदा गठित ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेका २६ र तत्कालीन माओवादीका १९ सदस्य समेटिएका थिए । तीमध्ये एमालेमा प्रष्ट दुई गुट भएकाले केपी ओली पक्षमा १२ र माधव नेपाल पक्षमा १३ सदस्य प्रष्ट देखिए । बामदेव गौतम भने अस्थिर नै रहे । पूर्वएमालेभित्रको प्रष्ट विभाजनले स्थायी कमिटीमा प्रचण्डको […]

म ओलीको पक्षमा लागेको छैन : मणि थापा

१४ साउन, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले आफू केपी ओलीको पक्षमा नलागेको बताएका छन् । र, आफू प्रचण्डको पक्षमा पनि नरहेको उनले संकेत गरेका छन् । पूर्वमाओवादी खेमाका नेता थापा पछिल्लो समय प्रचण्ड समूह छाडेर केपी ओलीको पक्षमा लागेको चर्चा चलिरहेको छ । तर, थापाले बुधबार […]

डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव

१५ मंसिर, प्युठान । नेकपा माओवादी केन्द्रका नेता मणि थापाले डा. गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई समर्थन गर्न सुझाव दिएका छन् । भूकम्प प्रभावितहरुलाई अलपत्र छोडेर राजनीतिमा आएको भन्दै थापाले डा. पोखरेलको आलोचनासमेत गरे । डा. पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओ पदबाट राजीनामा दिएर नेपाली कांग्रेसका तर्फबाट प्यूठान प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका […]

४० जिल्ला घुमेपछि मणि थापाको निस्कर्षः माओवादीको पक्षमा जनमत सल्बलाएको देखेँ

२४ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न हुन करिब एक महिनामात्रै बाँकी रहँदा चुनावी नतिजाको आँकलन हुन थालेका छन् । दलीय पक्षधरताका आधारमा फरक-फरक चुनावी आँकलनहरु सार्वजनिक भइरहेका छन् । आगामी निर्वाचनमा बिशेष गरी एमाले र कांग्रेसमध्ये कुन दल ठूलो बन्ला भन्ने धेरैलाई चासो छ । माओवादीको पक्षमा कस्तो जनमत देखिएला भन्ने पनि उस्तै […]