Comments Add Comment

मधेसी मोर्चा

List Grid
कांग्रेस र मधेसी मोर्चावीच तालमेलः प्रदेश प्रमुख र राष्ट्रियसभामा उब्रिएको भोट साटासाट !

४ माघ, काठमाडौं । प्रदेश प्रमुखहरु नियुक्तमा प्रधानमन्त्री शेरबहादुर देउवा केही उदार देखिए । मधेसकेन्द्रित दल राजपा र फोरमको सिफारिसमा एक-एक प्रदेश प्रमुख नियुक्त गरे । सुरुमा प्रदेश २ मा मात्र उनीहरुको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थियो । तर, प्रदेश ५ को प्रमुख पनि मधेसी दलकै सिफारिसमा भएको छ । त्यसको कारण बनाउँदै […]

राजेन्द्र महतोलाई उपेन्द्र यादवको जवाफः चिल्लो लुगा लगाएर सोल्टी गएको थाहा छ

२० बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमका नेताहरुबीच जुहारी सुरु भएको छ । यो जुहारी स्थानीय चुनावलाई केन्द्रमा राखेर हुन थालेको देखिन्छ । दुबै पक्षले आफूलाई राम्रो देखाउन अर्को पक्षलाई आरोप लगाउन थालेका छन् । राजपाका नेताहरुले संविधान संशोधन नभई स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएको भन्दै उपेन्द्र […]

उत्सव बन्दैछ स्थानीय चुनावः मधेसी मोर्चा सकारात्मक, विप्लवबाहेक सबैको साथ

१९ बैशाख, काठमाडौं । संविधान संशोधनको विवाद र मधेसी मोर्चाको आन्दोलनका कारण अनिश्चित र अन्योलमा परेको स्थानीय निर्वाचन अन्तिम चरणमा आएर राष्ट्रिय उत्सवजस्तै देखिन थालेको छ । यसमा मधेसी मोर्चाको धैर्यता र संयमले महत्वपूर्ण भूमिका खेलेको छ । यो पनि पढ्नुहोस्-  ३४ जिल्लामा चुनाव लाग्यो, यस्तो छ निर्वाचन कार्यक्रम मधेसी मोर्चामा आवद्ध दुबै दल राजपा […]

प्रचण्डलाई भेटेपछि राजपा नेताहरुले भने-असमझदारी हट्यो

१४ वैशाख, काठमाडौं । सरकार र मधेसी मोर्चा प्रमुख विपक्षी दल नेकपा एमालेसहितको सहमतिमा स्थानीय तहको संख्या बढाउन सहमत भएका छन् । एमालेले लगातार संसद अबरुद्ध गरेपछि सरकारले स्थानीय तहको संख्या पुनरावलोकनका लागि ११ जिल्लामा गरेको परिपत्र फिर्ता लिएको थियो । यसले स्थानीय तहको संख्या बढाउने आफूहरुसँगको सहमति तोडिएको मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी […]

मधेसी मोर्चाका शीर्ष नेताले भने-पत्रकारले आतंक मच्चाए, संशोधन नभई चुनावमा जान्नौं

१० बैशाख, बिराटनगर । मधेसी मोर्चाका शीर्ष दुई नेताले संविधान संशोधन नभए आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् । मधेसी मोर्चासँग भएको सहमति अनुसार सरकारले संविधान संशोधन विधेयक परिमार्जन गरेको छ भने स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । तर, मोर्चाका नेताहरुले धम्की दिन छाडेका छैनन् । आइतबार बिराटनगरमा आयोजित विरोधसभामा राष्ट्रिय […]

स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकार र मधेसी मोर्चा सहमत

९ बैशाख, काठमाडौं । सरकार र मधेसी मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनमा सहमति जुटाएका छन् । साथै स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सहमति भएको छ । तर, सरकार र मधेसी मोर्चाका बीचमा लिखित सहमति भने भएको छैन । सत्तारुढ दल र मधेसी मोर्चाबीच शनिबार बालुवाटारमा भएको वार्तामा संशोधन विधेयकमा गर्ने परिर्माजनमा सहमति जुटाएको […]

शनिबार र मंगलबार विमान चढ्दा टिकटमा सहुलियत

८ बैशाख, काठमाडौं । शनिबार र मंगलबार यात्रा गर्दा अशुभ हुन्छ भन्ने अन्धविश्वास अझै पनि नेपाली समाजमा बाँकी छ । यसबाट विमान कम्पनीसमेत प्रभावित बन्दै आएका छन् । गत मंगलबार बुद्ध एयरमा भैरहवासम्मको टिकट २६ सय रुपैयाँमा बेच्यो । जबकि अन्य दिनमा भने सो टिकट ३९ सय रुपैयाँ बेचिन्थ्यो । बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता […]

मधेसी मोर्चालाई चुनावमा ल्याउने ‘अन्तिम’ प्रयास, दिनभर बैठकै बैठक (भिडियोसहित)

८ बैशाख, काठमाडौं । आन्दोलनको तयारीमा रहेको मधेसी मोर्चालाई चुनावमा ल्याउने अन्तिम प्रयास सुरु भएको छ । आज दिनभरमा कुनै सहमति नभए आफहरु भोलि मधेस झर्ने मोर्चाका नेताहरुले बताएका छन् । मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाएका थिए । कांग्रेस शीर्ष […]

मधेसी मोर्चाले खोज्यो संशोधन विधेयकमा तीन परिमार्जन

८ बैशाख, काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जन भए स्वीकार्य हुने बताएको छ । साथै चुनावप्रति सकारात्मक देखिएको छ । मधेसी मोर्चामा आवद्ध ६ दलले एकता गरेर राष्ट्रिय जनता पार्टी गठन गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वार्तामा बोलाएका थिए । कांग्रेस शीर्ष नेताहरुसहितको बैठकको सुरुमा प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुसामू संशोधन र स्थानीय […]

मधेसी मोर्चा र प्रहरीबीच गौरमा झडप, मोर्चाका तीन नेता पक्राउ

७ बैशाख, रौतहट । मधेसी मोर्चा र प्रहरीबीच रौतहटको गौरमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ भने पूर्वसभासदसहित तीन जनालाई पक्राउ गरेको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार मोर्चाका कार्यकर्ताहरुले बिहीबार गौरमा लाठी र सिठ्ठी जुलुस निकालेका छन् । जुलुस गौर बजार परिक्रमा गर्दै नगरपालिकाको कार्यालय अगाडि पुगेर नाराबाजी […]

राजपा बन्यो मधेसको ठूलो पार्टी, अब चुनावमा आउला ?

७ बैशाख, काठमाडौं । मधेसी मोर्चामा आवद्ध पाँचवटा पार्टीबीच बुधबार मध्यरातमा एकता भएको छ । पार्टी एकताको औपचारिक घोषणा बिहीबार अपरान्ह हुँदैछ । पाँच पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) अब मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ । नयाँ दल राजपामा महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र्र महतो नेतृत्वको सदभावना पार्टी, शरतसिंह भण्डारीको […]

चुनाव हर हालतमा हुन्छ, मोर्चा नआए ऐतिहासिक गल्ती हुनेछ

६ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश निर्वाचनमा होमिइसकेकाले अब चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा चुनावमा नआए त्यो उनीहरुका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् । बुधबार बिहान अनलाइनखबरसँगको विशेष भिडियो वार्तामा प्रधानमन्त्री प्रचण्डले भने- ‘म आम नेपाली जनता, सबै राजनीतिक दल, तिनका कार्यकर्ता र आम नागरिक […]

बैशाख ३१ मै चुनाव गर्न पाँच दल प्रतिवद्ध, दुई चरणबारे प्रधानमन्त्रीले मागे राय

६ बैशाख, काठमाडौं । प्रमुख पाँच दल स्थानीय तहको निर्वाचन बैशाख ३१ मै गर्न सहमत भएका छन् । तर, मधेसी मोर्चा चुनावमा आए दुई चरणमा गर्ने कि एकै चरणमा भन्ने फरक मत देखिएको छ । मधेसी मोर्चाले संविधान संशोधन अस्वीकार गर्दै स्थानीय तहको चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री प्रचण्डले पाँच दलको बैठक […]

प्रधानमन्त्रीलाई एमालेको आश्वासन- मोर्चालाई सहमतिमा ल्याउन हामी सघाउँछौं

६ बैशाख, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनलाई सहमतिमा ल्याउन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारलाई सघाउने भएको छ । एमालेले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन र बैशाख ३१ गते नै देशभर एकैचरणमा स्थानीय चुनाव गराउन सरकारलाई सुझाव समेत दिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलको बैठकमा एमाले कार्यवाहक अध्यक्ष बामदेव […]

पाँच दललाई प्रधानमन्त्रीको प्रश्न- मोर्चा आए दुई चरणमा चुनाव गर्न सकिन्छ ?

६ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई कसरी सहमतिमा ल्याउने र कसरी चुनाव सम्पन्न गर्ने भन्ने विषयमा प्रमुख पाँच दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री प्रचण्डको आह्वानमा बुधबार बिहान बालुवाटारमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले […]

मधेसी मोर्चालाई सुझावः गोर्खाल्याण्डको बाटो नरोजियोस्

  मधेसलाई समेट्ने खोज्ने एकथरी र समेट्न नखोज्ने अर्काथरीबीच द्वन्द्व चल्दै आएको थियो । त्यसको निकास समेटिन नचाहने (मधेसी मोर्चा) ले दियो । मेरो बुझाइमा अघिल्लो संशोधन भन्दा अहिले सरकारले अघि सारेको संशोधन ठीक छ । किनकि अघिल्लो संशोधनले मधेसलाई सम्बोधन गर्न खोज्दा पहाडलाई चोट पुर्‍याएको थियो । ५ नम्बर प्रदेशमा प्रदर्शनहरु भएका थिए । […]

सरकारले मधेसी मोर्चालाई धोका दिएकै हो ? यस्तो छ रमेश लेखकको जवाफ

४ बैशाख, काठमाडौं । सरकारले ल्याएको संविधान संशोधनको नयाँ विधेयक अस्वीकार्य गर्दै मधेसी मोर्चाले चुनाव भाड्ने आन्दोलन घोषणा गरेको छ । उसको तर्क छ, नयाँ संशोधन सहमति अनुसार आएन । संघीय गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले त प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई देखाएको, आफूहरुले हेरफेर गरेको र संसदमा दर्ता भएको संशोधन अलग अलग […]

प्रधानमन्त्रीले देउवालाई सोधेः कांग्रेसले चुनाव सार्न खोजेको हो ?

३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने प्रतिवद्धता जारी नगरेसम्म बैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने बताएका छन् । यदि मधेसी मोर्चाले चुनावमा भाग लिने प्रतिवद्धता जनायो भने उसलाई पनि समेट्नका लागि दुई चरणमा चुनाव गर्न सकिने नेपाली कांग्रेसको धारणा रहेको देउवाले स्पष्ट पारेका छन् । […]

संघीय गठबन्धनको आन्दोलनः बैशाख १५ देखि बन्दै बन्द (सूचीसहित)

३ बैशाख, काठमाडौं । मधेसी मोर्चा र संघीय गठबन्धनले बैशाख ५ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । चुनावलाई बिथोल्ने उद्देश्यले मधेस थरुहट लिम्बुवान बन्ददेखि नेपालबन्दसम्मका कार्यक्रम घोषणा गरिएका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत मोर्चा गठबन्धनले आन्दोलन घोषणा गरेको हो । मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते […]

चुनावी सकसका २८ दिनः उपेन्द्र यादवले जित्लान् कि प्रचण्डले ?

३ बैशाख, काठमाडौं । स्थानीय तहको चुनाव सम्पन्न हुन अब २८ दिन मात्रै बाँकी छ । प्रचण्ड नेतृत्वको सरकारले घोषणा गरेको चुनावलाई असफल पार्न उपेन्द्र यादवले संघर्षको मोर्चा कसेका छन् । ‘प्रचण्ड भर्सेज उपेन्द्र’ वीच हुन लागेको यो लडाइँ अब कसले जित्ला ? जनयुद्धको नेतृत्व गर्दै सरकारको मोर्चा सम्हाल्न पुगेका प्रचण्डले जित्लान् या मधेस आन्दोलनको […]

कानूनमन्त्रीको प्रश्नः मोर्चाले कसलाई देखाउन यस्तो नाटक गरिरहेको छ ?

३ बैशाख, काठमाडौं । कानूनमन्त्री अजयशंकर नायकले चुनाव विथोल्ने मधेसी मोर्चाको निर्णय आश्चर्यजनक भएको बताएका छन् । साथै मोर्चाले चुनावमा भाग नलिएपनि चुनाव तोकिएकै मितिमा हुने दाबी गरे । मन्त्री नायकले सरकार मोर्चालाई पेलेरै एकलौटी ढंगले निर्वाचनमा जाने पक्षमा नभएको स्पष्ट पारे । उनले भने, ‘मोर्चाले निर्वाचन बहिष्कार गरेपनि चुनाव हुन्छ, तर हामी सहमतिको लागि […]