Comments Add Comment

मनोज मुकुन्द नरवणे

List Grid
सात महिनापछि नरवणेलाई प्रधानसेनापतिको जवाफ

२६ कात्तिक, काठमाडौं । मे महिनाको दोस्रो साता भारतीय सेनापति मनोज मुकुन्द नरवणेले नेपालसम्बन्धी आपत्तिजनक अभिव्यक्ति दिएका थिए । भारतको रक्षा मन्त्रालय मातहतको थिंक टयाङक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थानले आयोजना गरेको एक कार्यक्रममा उनले भनेका थिए, ‘नेपालले कसैको इशारामा भारतसँगको सीमा विवादसम्बन्धी विषय उठाएको हुन सक्छ ।’ नरभणेको स्पष्ट संकेत चीनप्रति थियो […]

भारतीय सेनाध्यक्ष नेपाल आउँदा यस्तो थियो सुरक्षा व्यवस्थापन

२४ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्षलाई नेपालमा मानार्थ महारथीको सम्मान दिने नियमित परम्परा नै हो । सामान्य अवस्था भएको भए भारतीइ सेना प्रमुखको नेपाल भ्रमणले खासै चर्चा पाउने थिएन । तर, यसपटक भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले अलि बढी नै चर्चा पायो । भारतीय पाहुना नरवणेले काठमाडौंमा तीन दिनसम्म रहँदा उच्च सुरक्षा चुनौतीका […]

मानार्थ महारथीको सम्मान लिएर फर्किए भारतीय सेनाध्यक्ष नरवणे

२१ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिन नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । पत्नी विनासहित काठमाडौं आएका नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् । भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । भेटका क्रममा ओलीले नेपाल […]

प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणेबीच भेटवार्ता भएको छ । तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् । त्यस्तै नरवणेसँगै […]

माउन्टेन फ्लाइटमा गए भारतीय सेना प्रमुख नरवणे, प्रधानमन्त्रीलाई भेटेर स्वदेश फर्किने

२१ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा गएका छन् । उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ । उनी नेपाली सेनाको अगुष्टा हेलिकप्टर चढेर बिहान आठ बजे सोलुखुम्बु पुगेका छन् । अगुष्टा भीभीआईपीका लागि नेपाली सेनाले […]

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी उपाधि प्रदान

२० कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली  सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् । बिहीबार राष्ट्रपति कार्यालयमा  आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ । भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणको […]

प्रधानसेनापति थापा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

२० कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेट गरेका छन् । बिहीबार विहान नेपाली सेनाको जंगी अड्डा पुगेका नरवणे र प्रधानसेनापति थापाबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भएको थियो । सो क्रममा नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय […]

नरवणे धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त, वसन्तपुरपछि पशुपति पुगे

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन धार्मिक कार्यमा व्यस्त भएका छन् । भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल गएका उनी त्यसयता काठमाडौंका धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त छन् । जंगीअड्डा स्रोतका अनुसार पत्नी विनासहित उनले पहिले वसन्तपुरमा कुमारीको दर्शन गरेका छन् । नेपाली सेना, नेपाल प्रहरी […]

माइतीघरमा नरवणे भ्रमणको विरोध

१९ कात्तिक, काठमाडौं । माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएर केही व्यक्तिले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन् । नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । माइतीघरमा करिब २५ जना व्यक्ति विरोध प्रदर्शन गर्दै जम्मा भएका छन् […]

भारतीय सेना प्रमुख आज नेपाल आउँदै

१९ कात्तिक, काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आउन लागेका हुन् । उनी अपराह्न भारतीय सेनाको विशेष विमानमार्फत् काठमाडौं आउने छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान […]

भारतीय सेना प्रमुखलाई मानार्थ महारथी उपाधि नदिऔं : सीपी मैनाली

१८ कात्तिक, काठमाडौं । नेकपा मालेले भारतका सेना प्रमुख मणिमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिन नहुने बताएको छ । मंगलबार विज्ञप्ति जारी गरी महासचिव सीपी मैनालीले मानार्थ महारथी उपाधि दिँदा कालापानी क्षेत्रमा भारतले गरेको नेपाली भूमि कब्जालाई प्रकारान्तरले सामान्य कार्य ठानेको सन्देश जाने बताएको छ । ‘त्यति मात्र होइन, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र […]

भोलि आउँदैछन् भारतीय सेनाध्यक्ष, प्रधानमन्त्रीलाई पनि भेट्ने

१८ कात्तिक, काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आउँदैछन् । भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ताको कार्यक्रम राखिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता […]

भारतले भन्यो– सेना प्रमुखको भ्रमण रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने मौका

१८ कात्तिक, काठमाडौं । भारतले आफ्नो सेना प्रमुखले बुधबारदेखि गर्ने नेपाल भ्रमणले लामो समयदेखि दुई सेनाको बीचमा रहेको परम्परागत सम्बन्धलाई सुदृढ बनाउने बताएको छ । भारतीय सेना प्रमुख एमएम नरवणेको भ्रमणका सम्बन्धमा विभिन्न संचारमाध्यमले राखेको जिज्ञासामा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले सो भ्रमणले दुवै देशलाई रक्षा सहकार्य सम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर […]

भारतीय सेनाध्यक्षलाई कात्तिक २० गते मानार्थ महारथीको दर्जा दिइने

११ कात्तिक, काठमाडौं । कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते […]