Comments Add Comment

माअोवादी केन्द्र

List Grid
‘नाकाबन्दी बिर्सिएका छैनौं, भारतसँग ढुक्क हुन सकिँदैन’

२५ वैशाख, काठकाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता नारायणकाजी श्रेष्ठले दुई देशका प्रधानमन्त्रीको भ्रमण आदान प्रदान हुँदैमा भारतसँग नेपालले ढुक्क हुने आइनसकेको बताए । पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका माओवादी नेता श्रेष्ठले अनलाइनखबरसँग भने- प्रधानमन्त्री वा राजनीतिक दलका शीर्षनेताहरु भारत भ्रमणमा जाँदा हरेकपटक राम्रो भयो, नेपाल भारत सम्वन्ध नयाँ उचाइमा पुग्यो भन्ने गरेका छ्न् । तर […]

माओवादीले छान्यो ५ मन्त्री, विना मगरलाई खानेपानी मन्त्रालय

२ चैत, काठमाडौं । माओवादी केन्द्रले पाँच मन्त्रीको नाम बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीर्को तर्फबाट मन्त्री हुने पाँच नेताहरुको नाम बुझाएका हुन् । माओवादीबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका थिए । गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको […]

बसले ठक्कर दिदा दाङमा २ जनाको मृत्यु

३ माघ, दाङ । बसले मोटरसाइकललाई ठक्कर दिदा बिहीबार दाङमा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट तुलसीपुर आउन लागेको ना६ख २३३१ नम्मरको बसले घोराहीबाट लमही जाँदै गरेको रा४प २९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुई जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी १९ वर्षीय मिनराज न्यौपाने […]

ओली र प्रचण्डबीच ४ घण्टा छलफल

१४ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता, मुख्यमन्त्री लगायतका पद बाँडफाँडका विषयमा ४ घण्टा लामो सघन छलफल भएको छ । ललितपुरमा भएको दुई नेताबीचको छलफल सकारात्मक भएको ओलीसँग कुरा गरेका एक एमाले नेताले बताए । ओलीले प्रचण्डसँग पार्टी एकता, सरकार गठनलगायत पार्टी संगठन र राज्य सन्चालनका सन्दर्भमा […]

पार्टी एकता हुनेमा कुनै दुविधा छैनः महरा

३ माघ, पोखरा । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकता हुनेमा कुनै दुविधा नभएको बताएका छन् । प्रेस सेन्टर कास्की र प्रेस चौतारी कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले दुई अलग/अलग पार्टीबीचमा बिचार, राजनीति र संगठन मिलाउन केही समय लाग्ने भएपनि पार्टी एकता हुनेमा कुनै भने समस्या नभएको बताएका […]

राष्ट्रियसभाका लागि प्रदेश ६ का माओवादी नेताको दौडधुप सुरु

२ माघ, कालीकोट । राष्ट्रिय सभा चुनावको मिति तोकिएसँगै प्रदेश ६ का माओवादीका नेताहरुले उम्मेदवार बन्न लविङ थालेका छन् । एमाले र माओवादीको कार्यदल दलले भागवण्डा टुंग्ल्याउन बाँकी छ । तर, ८ मध्ये ३ सिट माओवादीले पाउने नेताहरु बताउँछन् । तीन सिटका लागि करिब एक दर्जन नेताहरु दौडधुपमा छन् । राष्ट्रिसभा सदस्यका लागि जारकोटका मायाप्रसाद […]

माओवादीले माग्यो दुई मुख्यमन्त्री र चार सभामुख

३० पुस, काठमाडौं । माओवादी केन्द्रले संयुक्त कार्यदलमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ । आइतबार बसेको दुई दलीय कार्यदलमा माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका हुन् । एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श गरेर टुंगोमा पुग्ने जवाफ दिएको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी नेताहरुले एमालेले चार र […]

माओवादी केन्द्र सुर्खेतलेे भन्योः पार्टी एकता छिटो गर

३० पुस, सुर्खेत । माअोवादी केन्द्र सुर्खेतले एमाले-माओवादी एकतालाई छिटो टुङ्गोमा पुर्‍याउन माग गरेको छ । आइतबार सम्पन्न भएको जिल्ला समिति बैठकले एकता प्रक्रिया छिटो टुङगोमा लगाउन माग गर्दै विचार, नेतृत्व र संगठनमा सम्मानजनक एकता हुनुपर्ने निर्णय गरेको छ । साथै बैठकले आगामी माघ २४ गते हुने राष्ट्रिय सभा चुनावमा माओवादी केन्द्र सुर्खेतबाट प्रतिनिधित्व गराउन […]

सरकार छाड्ने माओवादी केन्द्रको निर्णय

२७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ । नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकार छाड्न लागिएको उसले बताएको छ । माओवादी नेता एवं विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले भने, ‘सरकार छाड्ने निर्णय भएको छ ।’ यद्यपि मन्त्रीहरुले राजीनामा दिने कि पार्टीले फिर्ता बोलाउने भन्ने अझै टुंगिएको छैन । केही मन्त्री […]

सरकार गठन अघि नै पार्टी एकीकरणः प्रचण्ड

२० पुस, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघि नै एमाले र माओवादी केन्द्रका वीचमा पार्टी एकता हुने उद्घोष गरेका छन् । भरतपुर महानगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न चितवन आएका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकार गठनको वाटो खुलिसकेकाले अब पार्टी एकता हुने बताए । पार्टी एकिकरणमा कुनै विवाद नभएको दाबी गरे […]

दलहरूबीच समझदारीको वातावरण बनाउँदैछुः प्रचण्ड

१६ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको समृद्धि र विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुपर्ने बताएका छन् । ललितपुरको खुमलटारमा आइतबार विहान आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘दलहरुबीच मिलेर जाने वातावरण बनाउन मेहेनत गरिरहेको छु । कांग्रेस र एमालेसँग छलफल भइरहेको छ । विकासका लागि के सत्तापक्ष के प्रतिपक्ष […]

ओली प्रधानमन्त्री भए प्रचण्ड अध्यक्षःअग्नि सापकोटा

१६ पुस, काठमाडाैं । माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनु पर्ने बताएका छन् । उनले दुई पार्टीबीचको एकता नेताहरुको सम्मान हुने ढंगले गर्नुपर्ने धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् । भक्तपुरमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमाले-माओवादी पार्टी एकतामा ढिलाई गर्न नहुने […]

माओवादीले छान्यो ३५ प्रदेशसभा सदस्य, नेता पत्नीदेखि छोरीसम्म

१४ पुस, काठमाडौं । माओवादी केन्द्रले प्रदेशसभाका ३५ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको छ । पार्टी शीर्ष नेतृत्व र प्रदेश ईञ्चार्जहरुको बैठकले प्रदेशसभा सदस्यहरु छनोट गरेकोहो । माओवादीबाट प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य बनेकी भावना सुवेदी नेता झक्कु सुवेदीकी छोरी हुन् । […]

पार्टी एकताको आधारः प्रचण्डको अध्यक्षता र माओवाद

विगतमा आफूलाई मात्रै सक्कली कम्युनिस्ट भएको दाबी गर्ने नेकपा (माओवादी केन्द्र) र नेकपा -एमाले) पार्टी एकताको संघारमा उभिएका छन् । तर, पनि यी दुवै पार्टीको माथिदेखि तलसम्म ‘बानी व्यहोरा (आदत)को अधिनायकत्व’ले शिकार भएको एउटा पंक्तिले विभिन्न एकताविरोधी हर्कत गर्न खोज्दैछ । सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा विभिन्न बहस र विवादहरु फैलिएका छन्, जुन अधिकांश रुपमा […]

प्रदेश ७ को मुख्यमन्त्री वीरमान कि झपट ?

११ पुस, काठमाडौं । केन्द्र र प्रदेश सरकार गठनको तयारी भइरहेका बेला प्रदेश ७ को मुख्यमन्त्रीको चर्चा पनि सुरु भएको छ । चुनाव अघिसम्म मुख्यमन्त्रीको प्रमुख दावेदारका रुपमा रहेका एमाले नेता कर्णबहादुर थापा प्रदेशसभा सदस्यमै नआउने भएपछि मुख्यमन्त्रीका लागि नयाँ अनुहारले दाबी सुरु गरेका छन् । ३३ प्रतिशत महिला प्रतिनिधित्वका कारण समानुपातिकको दोस्रो नं. मा […]

पुल भत्काइसक्यौं, पार्टी एकताबाट पछि हट्ने ठाउँ छैनः प्रचण्ड

९ पुस, चितवन । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमाले र माओवादीको पार्टी एकताबाट पछि हट्ने ठाउँ नै नभएको बताएका छन् । संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प खोजिसकेको बताए । चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा प्रचण्डले फर्किने ठाउँ राखेर अघि नबढेको बताए । ‘मैले र केपी ओली कमरेडले […]

तीन हप्ताभित्र नयाँ सरकार बन्छः महरा

७ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् । दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए । निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया […]

जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिएः प्रचण्ड

६ पुस, काठमाडाैं । ६ पुस, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । जनताले अझ बढी विनम्र हुने जिम्मेवारी दिएको भन्दै उनले दलहरुसँग संवाद र सहकार्य गरी अघि बढ्ने बताए । ‘ चुनावबाट पाँच वटा राष्ट्रिय पार्टी बनेका छन्, हामीलाई जताले ठूलो जिम्मेवारी दिएका छन्,’ प्रचण्डले भने, […]

सुर्खेतमा जेल ब्रेकरले हराए सञ्चार राज्यमन्त्रीलाई

२५ मंसिर,सुर्खेत । सुर्खेतको क्षेत्र नं. २ प्रदेशसभा (ख) मा माओवादी केन्द्रका युवा नेता विन्दमान विष्ट विजयी भएका छन् । विष्टले बहालवाला सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई पराजित गर्दै विजयी भएका हुन् । विन्दमानले १५ हजार ६४८ मत ल्याएर विजयी भएका हुन् भने कांग्रेसका पूर्व समापति समेत रहेका तप्तबहादुरले १२ हजार ४७७ मत मात्रै […]

प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

२५ मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका छन् । वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् ।

पाल्पा जिल्ला, वाम गठबन्धनको किल्ला !

२४ मंसिर, काठमाडौं । पाल्पामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका ४ सिट रहेको पाल्पामा सबै सिटमा विजयी हासिल गर्दै वाम गठबन्धनले पाल्पा जिल्लालार्इ कम्युनिष्ट किल्ला बनाएको हो । पाल्पा क्षेत्र नं. १ मा गठबन्धनबाट एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर कांग्रेसका विजयराज घिमिरेलाई पराजित […]