Comments Add Comment

माउन्ट केटु

List Grid
माउन्ट केटु आरोही नेपालीलाई राजदूत क्वात्राले दिए बधाई

१५ माघ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले माउन्ट केटु हिमाल हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई बधाई दिएका छन् । राजदूत क्वात्राले नेपाली आरोहीहरुको फोटो सामाजिक सन्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘उहाँहरुको अदम्य साहस र टीम वर्कलाई सलाम ।’ निर्मल पुर्जासहितका नेपाली १० आरोहीहरु ३ माघमा विश्वको दोस्रो अग्लो […]

म पनि माउन्ट केटु जान पाएको भए धुमधाम हुन्थ्यो : प्रधानमन्त्री

१३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन् । पाकिस्तानको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी कीर्तिमान कायम गरी फर्केका नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा माउन्ट केटु आरोहणमा आफू […]

माउन्ट केटुको विश्व कीर्तिमानी आरोही स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

१३ माघ, काठमाडौं । हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् । निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए । नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित […]

माउन्ट केटु आरोहण टोलीलाई पाकिस्तानी राष्ट्रपतिको बधाई

९ माघ, काठमाडौं । दोस्रो सर्वाेच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज प्रवद्र्धन गर्नुका साथै पर्यटनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रम पाकिस्तानी राष्ट्रपति कार्यालय […]