Comments Add Comment

माधव नेपाल समूह

List Grid
माधव नेपालको वक्तव्य : ओलीको प्रस्ताव दुराशयपूर्ण, हस्ताक्षर फिर्ता नलिने

२४ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ६बुँदे प्रस्तावमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको बताएको छ । साथै यो समूहले संसद विघटन फिर्ता भए मात्र सर्वोच्च अदालतमा दायर रिटमा भएको हस्ताक्षर फिर्ता लिने प्रष्ट पारेको छ । […]

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

२१ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबार देखि शुरु भएको भर्चुअल बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ । बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र […]

अध्यक्ष ओलीविरुद्ध माधव नेपाल समूह सर्वोच्चमा, के–के छन् माग ?

८ वैशाख, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सांसद पदबाट हटाउनसक्ने भन्दै नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु सर्वोच्च अदालत गएका छन् । उनीहरुले एमाले पुनस्र्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु बदर गर्न र सांसदबाट नहटाउन आदेश माग गरेका छन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार माधवकुमार नेपालसहित २७ सांसदलाई […]

ओलीलाई सांसदहरुको जवाफ : हामी एमालेमै छौं, अर्को पार्टी बनाएका छैनौं

७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । अध्यक्ष ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार नेपाल समूहका सांसदहरुको बैठक बसेको थियो । बैठकमा सांसदहरुले क-कसलाई के स्पष्टीकरण सोधिएको छ भनेर हेरेका थिए । ‘चार जना नेताहरुलाई […]

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमाले पुनर्स्थापित भएपछि अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु बदर गर्न माग गर्दै माधवकुमार नेपाल समूह फेरि निर्वाचन आयोग गएको छ । पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाको अवज्ञा गर्दै विभिन्न निर्णय गरेको भन्दै नेपाल समूहले दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका निर्णयहरुको आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको […]

कास्कीमा माधव पक्षको १४९ सदस्यीय समानान्तर कमिटी

२५ चैत, पोखरा । नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समान्तर कमिटी गठन गरी शपथ गराएको छ । चैत १९ गते माधवकुमार नेपाल र गण्डकी प्रदेश इन्चार्ज सुरेन्द्र पाण्डेले धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेका थिए । समानान्तर कमिटीको सचिवमा होम नेपाली थिए । घोषणा गरिएको सदस्यको संख्या थपेर १४९ सदस्यीय पुर्‍याएर […]

नेपाल समूहले बोलायो केन्द्रीय सदस्यहरुको बैठक

१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भोलि शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको नेता राजेन्द्र राईले जानकारी दिए । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बताइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको […]

माधव समूहले बनायो अखिलमा समानान्तर कमिटी

११ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले विद्यार्थीमा पनि समानान्तर कमिटी बनाएको छ । राष्ट्रिय कार्यकर्ता भेला गरेर यो समूहले अनेरास्ववियुमा समानान्तर कमिटी बनाएको हो । समानान्तर अखिलको अध्यक्ष सुदेश पराजुली, सहअध्यक्ष ओसिम आलम र महासचिव आरती लामा चयन गरिएको छ । साविकको एमालेमा तीनैजना सचिव थिए । माधव समूहले अखिल […]

नेपाल समूहको राष्ट्रिय भेलाबाट १७ बुँदे प्रस्ताव पारित

५ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले २ दिने राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ । भेलाको दोस्रो दिन बिहीबार एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावलले पेश गरेको १७ बुँदे प्रस्ताव छलफलपछि पारित गरेको हो । प्रस्तावमा फागुन २८ गते अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको विशेष बैठक भनी गरेको […]

माधव नेपाल समूहको राष्ट्रिय भेला आज सकिँदै

५ चैत, काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रय भेला आज सकिँदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् । बुधबार उद्घाटन सर्तमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाएका थिए । पुराना कम्युनिस्ट नेताहरुको समेत […]

राष्ट्रिय भेलामा माधव नेपालले पेश गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

४ चैत, काठमाडौं । नेकपा एमाले, नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टीको एकता बचाउन राष्ट्रिय कार्यकर्ता […]

सुरु भयो माधव नेपाल समूहको राष्ट्रिय भेला (LIVE)

४ चैत, काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ । भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको […]