Comments Add Comment

युरोकप फुटबल

List Grid
युरोकपको पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै

२२ असार, काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो […]

सपना, संघर्ष र वियोगले भरिएका लुइज एनरिके

१३ असार, काठमाडौं । स्पेनका प्रशिक्षक लुइस एनरिके फुटबलप्रेमीले सुनिरहने नाम हो । एनरिके सन् २०१८ मा स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बनेका थिए । तर, त्यसको एक वर्ष पनि पूरा नहुँदै उनले बिदामा बस्ने घोषणा गरे । त्यसका लागि उनले व्यक्तिगत कारण देखाएका थिए । व्यक्तिगत कारण के हो भन्ने उनले तत्काल नखुलाए पनि […]

चेक रिपब्लिक र क्रोएसियाले बाँडे अंक

५ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा चेक रिपब्लिक र क्रोएसियाल १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । ग्लास्गोस्थित हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो । खेलमा चेक रिपब्लिकले पेनाल्टीमार्फत सुरुआती अग्रता लिएको थियो । ३७औं मिनेटमा प्याट्रिक सिकले पेनाल्टीमा गोल गर्दै […]

इटलीको लोभलाग्दो लय

३ असार, काठमाडौं । लगातार दुई जित । दुवै खेलमा समान ३–० को जित । अनि नकआउट राउण्डमा स्थान बनाउने पहिलो टिम । अहिले भइरहेको युरोपियन च्याम्पियनसिप (युरोकप–२०२०) मा इटलीको सुरुवाती प्रदर्शन हो यो । इटलीको यात्रा कहाँसम्म पुग्छ त भन्न सकिन्न, तर ११ देशमा भइरहेको १६औं संस्करणको युरोकपमा इटलीले सुरुवातमै लय लिएको छ । […]

युरोकपमा आज तीन खेल हुँदै, पहिलो खेलमा फिनल्याण्ड र रुस भिड्ने

२ असार, काठमाडौं । युरोकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक–एक खेल खेलिसकेका छन् । म्याच डे वानका खेलहरु सकिएपछि अब बुधबारबाट म्याच डे टु का खेलहरु हुनेछन् । जस अन्तर्गत आज पहिलो खेल समूह बी […]

युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै, रोनाल्डोले एक गोल गरे बन्नेछ कीर्तिमान

१ असार, काठमाडौं । युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ । समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । यसपटक युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी मात्र शतप्रतिशत दर्शकलाई अनुमति दिने एक्लो राष्ट्र हो । घरेलु मैदानमा हंगेरीको लागि […]

युरोकपका यस्ता छन् उपाधि दाबेदार टिम

२८ जेठ, काठमाडौं । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन […]

युरोकपका लागि फिनल्याण्डको अन्तिम टोली घोषणा

१९ जेठ, काठमाडौं । यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप २०२० फुटबलका लागि फिनल्याण्डको अन्तिम टिम घोषणा भएको छ । प्रशिक्षक मार्क्कु कानेर्भाले मंगलबार २६ सदस्यीय अन्तिम प्रारम्भिक घोषणा गरेका हुन् । यसअघि फिनल्याण्डले प्रारम्भिक चरणमा पनि २६ सदस्यीय टोली नै घोषणा गरेको थियो । तर त्यसपछि घरेलु लिगका कारण उक्त […]

युरोकपको लागि वेल्सको अन्तिम टोली घोषणा

१७ जेठ, काठमाडौं । आगामी जुन-जुलाईमा आयोजना हुने युरोकप फुटबलका लागि वेल्सको टोली घोषणा भएको हो । वेल्सका प्रशिक्षक रोब पेजले आइतबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । वेल्सले घोषणा गरेको टिममा युवा खेलाडी रुबिन कोलविलले पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । १९ वर्षीय अट्याकिङ मिडफिल्डर रुबिन कार्डिफ सिटीबाट खेल्ने गर्छन् । […]

पहिलो पटक ११ देशमा आयोजना हुँदैछ युरोकप

१३ जेठ, काठमाडौं । मिनी विश्वकपको रुपमा चर्चित युरोकप फुटबल पहिलो पटक युरोपका विभिन्न ११ देशमा आयोजना हुँदैछ । यसअघि एक वा दुई देश मिलेर युरोकप आयोजना गर्ने गरेका थिए । अहिलेसम्म १५ संस्करण सम्पन्न हुँदा १२ पटक एकै देशले आयोजना गरेको छ भने  तीन पटक भने दुई देश मिलेर आयोजना गरेका थिए । युरोकप […]

युरोकपका लागि डेनमार्कको टिम घोषणा

१२ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप फुटबलका लागि डेनमार्कको टिम घोषणा भएको छ । प्रशिक्षक क्यास्पर हुलमान्डले बुधबार युरोकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर ८, मिडफिल्डर र ६ फरवार्ड छन् । टिममा लेस्टर सिटीका गोलकिपर क्यासपर सेमिकलदेखि अनुभवी खेलाडीहरु […]

युरोकपका लागि स्पेनको टिम घोषणा, रामोस परेनन्

१० जेठ, काठमाडौं । आगामी जून ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकपका लागि स्पेनको टिम घोषणा भएको छ । प्रशिक्षक लुइस एनरिकेले सोमबार युरोकपमा लागि २४ सदस्यीय टोली घोषणा गरे । जसमा कप्तान सर्जियो रामोस नै अटाएनन् । यस वर्ष सुरुवातदेखि चोटसँग संघर्ष गर्दै आएका रामोसलाई टिम बाहिर राख्नु कठिन निर्णय भएको र […]

पहिलो पटक युरोकप खेल्न लागेको फिनल्याण्डको टिम घोषणा

५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुने युरोकप फुटबलका लागि फिनल्याण्डको टिम घोषणा भएको छ । प्रशिक्षक माक्र्कु कानेर्भाले बुधबार २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । पहिलो पटक युरोकपमा छनोट भएको फिनल्याण्डको अन्तिम टोली जुन १ मा घोषणा गरिने त्यहाँको फुटबल संघले जनाएको छ । फिनल्याण्ड कुनै पनि […]

युरोकपका लागि जर्मनीको टिम घोषणा, मुलर र हुमेल्सको पुनरागमन

५ जेठ, काठमाडौं । आगामी जुन ११ देखि जुलाई ११ सम्म हुने युरोकप फुटबलका लागि जर्मनी टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक योकिम लोले बुधबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टोलीमा थोमस मुलर र माट हुमेल्सले पनि पुनरागमन गरेका छन् । बायर्न म्युनिखका फरवार्ड मुलर २०१८ पछि पहिलो पटक राष्ट्रिय टिममा परेका […]

चोटका कारण जर्मन गोलकिपर मार्क टेर स्टेगनले युरोकप गुमाउने

३ जेठ काठमाडौं । जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले अर्को महिनादेखि हुने युरोकप फुटबल गुमाउने भएका छन् । चोटका कारण २० वर्षीय गोलकिपर टेर स्टेगनले युरोकप गुमाउने भएका हुन् । स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने टेर स्टेगेनले सोमबार सामाजिक सञ्जालमार्फत युरोकप गुमाउनुपर्दा आफूलाई दुःख लागेको बताएका छन् । ‘म दुःखी छु । धेरै […]

युरोकपका लागि बेल्जियमले घोषणा गर्‍यो टिम

३ जेठ काठमाडौं । अर्को महिनादेखि सुरु हुने युरोकप फुटबल प्रतियोगिताको लागि बेल्जियमको टिम घोषणा भएको छ । बेल्जियमले सोमबार २६ सदस्यीय टिम घोषणा गरेको हो । कोरोना महामारीका कारण यस पटक युरोकपमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्न पाउने यसअघि नै युईएफएले निर्णय गरिसकेको छ । त्यसैले बेल्जियमले २६ जनाको टोली घोषणा गरेको […]

सट्टाबाजीको नेटवर्क ध्वस्त पार्ने प्रहरीको दाबी

५ असार, काठमाडौं । प्रहरीले युरोकप फुटबलको सट्टाबाजीमा लागेकाहरुलाई गर्ने जरिवाना र सजायँको मात्रा बढाइनुपर्ने बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले जरिवाना र सजायँको मात्रा कम भएका कारण जुवाडेहरु सट्टाबाजीमा लाग्नबाट हतोत्साही नभएको बताए । करोडौं रुपैयाँको सट्टाबाजीमा संलग्न व्यक्तिहरुलाई २ सय रुपैयाँ जरिवाना निकै कम भएको भन्दै […]