Comments Add Comment

रानीपाेखरी

List Grid
मन्त्री र मेयरले गरे रानीपोखरी पुनर्निर्माणको अवलोकन

१२ भदौं, काठमाडौ । रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शुक्रबार स्थलगत अवलोकनका लागि पुगेका सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको टोलिलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले अधिकांश काम सम्पन्न भएको जानकारी गराएको हो । समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरी पुर्ननिर्माणको काम शत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको काम […]

रानीपोखरी पुनर्निर्माणः चौथो पटक टेण्डर खोल्दै महानगरपालिका

१७ पुस, काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र (टेण्डर) आहृवानको तयारी गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनर्निर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आहृवानको तयारी गरेको हो । भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शुभारम्भ गर्नुभए पनि निर्माण कार्यले […]

विद्यासुन्दरलाई विज्ञ समूहको सुझावः रानीपोखरीलाई पैसा कमाउने पार्क नबनाऊ

७ माघ, काठमाडौं । रानीपोखरीको पुननिर्माणमा देखिएको विवाद सुल्झाउने गरी गठन भएको विज्ञ समितिले रानीपोखरीको पुनर्निर्माण पैसा आर्जन गर्ने उद्देश्यका साथ नगर्न सिफारिस गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बुझाइएको प्रतिवेदनमा रानीपोखरी प्रताप मल्लकै पालाको जस्तौ शैली र प्रविधिमा निर्माण गर्न सुझाव दिइएको छ । मेयर शाक्यले रानीपोखरीमा पार्क बनाउने र त्यहाँ वरपर […]

विज्ञ समितिको निश्कर्षः रानीपोखरी जंगबहादुरको हैन, प्रताप मल्लको शैलीमा

३ माघ, काठमाडौं । रानीपोखरी पुननिर्माणका सम्बन्धमा देखिएको विवाद समाधान गर्न बनेको विज्ञहरुको समितिले प्रताप मल्लको पालाकै शैलीमा निर्माण गर्न सिफारिस गरेको छ । पोखरी र सँगै रहेको बालगोपालेश्वर मन्दिरको प्रताप मल्लकालीन शैलीमै निर्माण गर्न विज्ञहरुको समितिले सिफारिस गरेको हो । समितिको प्रतिवेदनमा मन्दिर रानीपोखरी पनि प्रताप मल्लकै पालाको जस्तै निर्माण गर्नुपर्ने र मन्दिरलाई ग्रन्थकुट  […]

रानीपोखरी पुनर्निर्माणः कंंक्रिट निकालेर फालौं, इँटा र कालोमाटोको डिल लगाऔं

१३ पुस, काठमाडौं । सम्पदाविद र स्थानीयबासीको चर्को विरोधपछि काठमाडौं महानगरपालिकाले विवादास्पद रानीपोखरी पुनर्निर्माण स्थगित गरेको छ । साथै, रानीपोखरीलाई अब प्रताप मल्लकालीन शैली र स्वरुपमा मात्र होइन, त्यसबेलाको जस्तै निर्माण सामाग्री प्रयोग गरेर बनाउने निर्णय लिएको छ । यसले रानीपोखरी फेरि पुरानै स्वरुपमा देख्न पाउने आशा जगाएको छ । रानीपोखरीमा कंक्रिट हालेको विरोध गर्दै […]