Comments Add Comment

राष्ट्रियसभा उपनिर्वाचन

List Grid
संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल, विपक्षीले मागे राजीनामा

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचन परिणामले नेकपा एमाले नेतृत्वको प्रदेश सरकारलाई फेरि एक पटक समस्यामा पारेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बेलामा प्रदेशसभाको अंकगणित मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा नरहेको उपनिर्वाचनको मत परिणामले देखाएको छ । सोमबार सम्पन्न निर्वाचन परिणाम अनुसार प्रदेश सभाका ८३ सांसदमध्ये सत्तापक्षका उम्मेदवारले जनता समाजवादी पार्टीका […]

राष्ट्रियसभा उपनिर्वाचनको संकेत : संकटको सन्निकटमा मुख्यमन्त्री पोखरेल

१७ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित हुँदा मुख्यमन्त्री शंकर पोखरेल समस्यामा परेका छन् । सोमबार भएको उपनिर्वाचन मत परिणामअनुसार खड्काले ८३ सदस्यीय प्रदेशसभाको केवल ४० मत पाए । नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेयले प्रदेशसभाका ४२ सदस्यको मत पाए भने एक मत बदर भएको छ । लुम्बिनी प्रदेशसभामा एमालेको ३८ […]

राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो, साढे ३ बजेपछि मतगणना

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् । लुम्बिनी प्रदेशसभाका भने सबै ८३ सदस्यले मतदान गरेका छन् । स्थानीय तहतर्फ भने बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान नगरेका […]

बादलले दिए डा. देवकोटालाई बधाई

६ जेठ, काठमाडौं । नेकपा एमालेका नेता एवं निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटालाई बधाई दिएका छन् । सामाजिक बिहीबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा पराजित भएका नेता बादलले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् । उनले चुनावमा आफूलाई मतदान गर्ने बागमती प्रदेशभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई धन्यावाद समेत […]

जितपछि खिमलालले भने : इतिहास रचें, प्रदेश र स्थानीय तहको आवाज उठाउँछु

६ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा विजयी डा. खिमलाल देवकोटाले राजनीतिक दलको समर्थनमा स्वतन्त्र नागरिकले निर्वाचन जितेर इतिहास रचेको बताएका छन् । विजयी भएपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले भने ‘हामीले इतिहास रचेका छौं, किनभने स्वतन्त्र नागरिकलाई मेजर पोलिटिकल पार्टीले सपोर्ट गरेर चुनावमा उठाउनु भनेको नेपालको पहिलो अनुभव होला, संसारमा पनि शयद पाइँदैन ।’ उनले […]

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, आजै नतिजा आउने

६ जेठ, हेटौंडा । वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् । स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य […]

राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु, भर्चुअल माध्यमबाट नतिजा

६ जेठ, हेटौंडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु भएको छ । मतदान  सकिनासाथ गणना शुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करीब सवा नौ बजेबाट मतदान शुरु भएको छ । स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ) र […]

राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा, बादल र देवकोटा हेटौंडामा

५ जेठ, हेटौंडा । बिहीबार हुने राष्ट्रियसभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्य रिक्त पदका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानको लागि तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिहीबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुने निर्वाचनका लागि […]

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा पाण्डेयलाई राष्ट्रिय जनमोर्चाको समर्थन

राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दृगनारायण पाण्डेयलाई समर्थन गर्ने बताएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा अघि सारेका छन् । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै […]

प्रधानमन्त्रीले बादललाई मत माग्नु आचारसंहिता विपरीत !

५ जेठ काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् । नेकपा एमालेकै मतदाताहरुको मत विभाजन हुने देखिएपछि उनले निर्वाचनको एक दिनअघि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत माग्दै मत नदिए क्षम्य नहुने धम्कीसमेत दिएका छन् । निर्वाचन आयोगका अनुसार जेठ […]

बादलले मागे माधव नेपालसँग भोट, नेपालले दिएनन् वचन

४ जेठ, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मती प्रदेशका नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादलले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार नेता नेपालको निवास कोटेश्वर पुगेका गृहमन्त्री बादलले राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेका नेता नेपालका सहयोगी मोहन गौतमले बताए । उनका अनुसार नेता नेपालले भने उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य […]

राष्ट्रियसभाको उपनिर्वाचनमा लुम्बिनीमा दुईजनाको उम्मेदवारी

४ जेठ, दाङ । राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी-५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए । नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी […]

राष्ट्रियसभा उपचुनावमा राप्रपाको भोट बादललाई

१ जेठ, काठमाडौं । राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए । यदि एमालेले औपचारिक रुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको राप्रपाका […]

मेरो उम्मेदवारीमा पुनर्विचार हुँदैन : खिमलाल देवकोटा

३१ वैशाख, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार डा. खिमलाल देवकोटाले आफ्नो उम्मेदवारीमा पुनर्विचार गर्ने कुरा कल्पना भन्दा बाहिरको विषय भएको बताएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा उम्मेदवारी दिएका उनले बिहीबार एमाले अध्यक्ष ओली र नेता माधवकुमार नेपालबीच सकारात्मक छलफल भए पनि आफ्नो उम्मेदवारी […]

राष्ट्रियसभा निर्वाचनमा खिमलालले पाए कलम चुनाव चिह्न

२९ वैशाख, काठमाडौं । वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवार डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न पाएका छन् । बुधबार उम्मेदवारलाई निर्वाचन चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका थियो । उपनिर्वाचनमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कृष्णबहादुर तामाङले आफनै दलको चुनाव चिह्न क्रमश […]

राष्ट्रियसभा उपनिर्वाचन : एमालेविरुद्ध एमाले

२३ वैशाख, काठमाडौं । वाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ र खिमलाल देवकोटा भिड्ने भएका छन् । हेटौंडास्थित निर्वाचन आयोगको कार्यालयका अनुसार बादल र देवकोटासँगै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ । मुख्य प्रतिस्पर्धी भने बादल र देवकोटा हुन् र, दुवै नेकपा एमाले […]

बादल बने एमालेको उम्मेदवार, हेलिकप्टर चढेर पुगे हेटौंडा

२४ वैशाख, हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टरबाट शुक्रबार बिहान हेटौंडा आइपुगेका छन् । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । सुरुमा उम्मेदवार बन्न बादलले अस्वीकार […]

राष्ट्रियसभाको उपनिर्वाचनमा डा. देवकोटाले मागे कलम चुनाव चिह्न

२४ वैशाख, हेटौंडा । माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्‍मेदवार बनेका डा. खिमलाल देवकोटाले कलम चुनाव चिह्न माग गरेका छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका उनले आफू स्वतन्त्र उम्‍मेदवार भएको दाबी गर्दै निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरकेा हुन् । उनी अहिले माओवादी संसदीय दलका नेता शालिकराम जमकटेल र […]