Comments Add Comment

रूकुम

List Grid
रुकुमको आठविसकोट नगरपालिकामा फोटो खिच्न पनि नपाइने !

५ मंसिर, काठमाडाैं । पश्चिम रुकमको आठविसकोट नगरपालिकाले सामाजिक सञ्जाल र मोवाइल सञ्चालन सम्बन्धी कडा सूचना जारी गरेको छ । गत कात्तिक ३० गते जारी गरेको सूचनाअनुसार नगरपालिकाभित्र आयोजना हुने कुनैपनि कार्यक्रम र स्थानमा स्वीकृतिबिना कसैले पनि मोवाइलबाट फोटो खिच्न पाउने छैनन् । ‘कुनैपनि कार्यक्रम सञ्चालन भइरहेका अवस्थामा सहभागीले मोवाइल फोन प्रयोग गरी अनावश्यक फोटो […]

रूकुममा बस दुर्घटना, एकको मृत्यु, १६ घाइते

२९ असार, रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना५ख ६५१० नं को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल […]

विद्यार्थी अभावमा रूकुमको एक विद्यालय बन्द

३० वैशाख, रुकुम । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका – ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना […]

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैनः प्रधानन्यायाधीश

२८ पुस, रुकुम ।  प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको प्रष्ट पारेका छन् । शुक्रबार रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने दाबी गरे। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ । ‘मैले […]

पश्चिम रुकुमका दुई केन्द्रमा मंसिर १५ गते मतदान

१२ मंसिर, काठमाडौं । आइतबार भएको पहिलो चरणको निर्वाचनमा मतदान रद्द भएका पश्चिम रुकुमका दुई केन्द्रमा मंसिर १५ गते पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले पश्चिम रुकुमको बाफीकोट ५ स्थित रत्न मावि काँडा मतदान केन्द्र ‘क’ र आठवीसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय मावि गत्तसैना केन्द्र ‘ख’मा शुक्रबार पुनः मतदान हुन लागेको हो । […]

साउदीमा एक रुकुमेलीको मृत्यु

६ मंसिर, रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए। खाना खाएर सुत्नुभएका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु […]

रुकुममा प्रदेशसभाका उम्मेदवारः रातो कामीदेखि ठेकेदारसम्म

११ कात्तिक, रुकुम । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र कांग्रेसबीच हुँदैछ । पश्चिम र पूर्वी दुवै रुकुममा वाम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि माओवादीका उम्मेदवार रहेका छन् भने कांग्रेसका उम्मेदवारहरु एक्लै प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाका लागि रुकुम (पश्चिम)मा गृहमन्त्री समेत भइसकेका […]

रुकुमलाई दुई जिल्ला बनाउन सम्भव छ ? के भन्छन् जनप्रतिनिधि ?

३ साउन, रुकुम । विवादकावीच संविधानमै दुई चिरा पारिएको रुकुमको एउटा भूगोल अब छुट्टै जिल्ला बन्ला कि अरु कुनै जिल्लामा गाभिएला भन्ने विषयले फेरि चर्चा पाउन थालेको छ । जिल्ला विभाजनका बेला जिल्लामा तीन थरी आन्दोलन चलेका थिए । सदरमुकाम मुसिकोट रहेको क्षेत्रका नागरिकहरुले सिंगो जिल्ला एक रहनु पर्ने र त्यो ५ नम्बर प्रदेशमा रहनु […]

रुकुममा ५५ प्रतिशत मत खस्यो

१४ असार, रुकुम । रुकुमका ३ वटै गाउँपालिकामा दिउँसो २ बजेसम्म ५५ प्रतिशत मत खसेको छ । ३ वटा स्थानीय तहमा जम्मा २४ हजार ४ सय ८१ मतदाता रहेकोमा अहिलेसम्म १४ हजार बढी मत खसेको निर्वाचन कार्यलयले जानकारी दिएको छ । रुकुम २ गाउँपालिका प्रहरीको वाकीट्वाकीको भरमा रुकुमका पुथा उत्तरगंगा र भुमे गाउँपालिकामा सञ्चार सेवा […]

रुकुममा बाढी, विद्यालयसहित दर्जन बढी घरमा क्षति

१२ असार, रुकुम । वर्षापछि आएको बाढीले रुकुमका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । आइतवार राती आएको बाढीले जिल्लाको आठबीसकोट नगरपालिका वडा नं ९ राडिज्युलामा रहेको राडिज्युला शिक्षा क्याम्पसको निर्माणाधिन अवस्थामा रहेको भवन परिएको छ । राति ११ बजेदेखि ३ बजेसम्म लगातार आएको वर्षाको कारण आएको बाढी पस्दा क्याम्पसको खेलमैदान र भवनको आधा भाग बाढिले […]

भरुवा बन्दुकसहित एकजना पक्राउ

३१ जेठ, रुकुम । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका-२ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन खोजेको सूचना पाएपछि प्रहरीले गाउँबाटै उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए । पक्राउ परेका पुनलाई आवश्यक अनुसन्धानका […]

रुकुमका जङ्गलमा ८४ वटा पोखरी निर्माण

१८ जेठ, रुकुम । पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा पोखरी निर्माण गरिएको छ । जिल्ला समन्वय समितिअन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङका विभिन्न जङ्गलमा ८४ वटा पोखरी निर्माण गरिएको हो । खानेपानी अभावका कारण जङ्गलमा जनावरको मृत्यु हुन थालेपछि […]

रुकुममा माओवादीको ‘क्लिनस्वीप’, ६ वटै स्थानीय तहमा विजयी

  ४ जेठ, रुकुम । पहिलो चरणको स्थानीय चुनावमा रुकुम जिल्लाका सबै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ । पहिलो चरणमा रुकुमका ६ स्थानीय तहमा चुनाव भएकोमा सबैमा माओवादी उम्मेदवारहरु विजयी भएका छन् । आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा माओवादी विजयी भएको छ । रुकुम ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्ला […]

रुकुमको मुसिकोट नगरपालिकामा माओवादीका देवीलाल विजयी  

२ जेठ, काठमाडौं । रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देविलाल गौतम मेयरमा विजयी भएका छन् । गौतमले ४,३४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनारले कांग्रेसका बालकुमारी गिरीलाई पराजित गर्दै विजयी भएकी छन् । सुनारले ४५११ प्राप्त गरेकी छन् भने […]

रुकुमका १० वडाको नतिजा सार्बजनिक, ७ वडामा माओवादी र ३ वडामा कांग्रेस विजयी

१ जेठ, रुकुम । रुकुमका पाँच स्थानीय तहका १० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमध्य ७ वडामा नेकपा माओवादी केन्द्र र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । सानीभेरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ६ मा माओवादीको प्यानलै विजयी भएको छ । १ को अध्यक्षमा टेकबहादुर पुन विजयी […]

चौरजहारीमा २२६ उम्मेदवार, महिलाको संख्या ९१

२० बैशाख, चौरजहारी । रुकुमको चौरजहारी नगरपालिकाको चुनावका लागि २२६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसमा ९१ जना महिला उम्मेदवार छन् । निर्वाचन अधिकृत परमानन्द घिमिरेका अनुसार १३५ पुरुष र ९१ महिला उम्मेदवार छन् । तर, मेयर पदमा उम्मेदवारी दिनेहरु सबै पुरुष छन् । रुकुमको चौरजहारीमा पाँच राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाली […]

रूकुममा जीप दुर्घटना हुँदा तीनको मृत्यु

 १५ वैशाख, रुकुम ।  शुक्रबार दिउँसाे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग १ ज २०६ नं.को जीप दुर्घटनामा तीन जनाकाे मृत्यु हुनुका साथै  ११ जना घाइते भएका हुन् । घटनामा रूकुम चौरजहारी नगरपालिका–८ का एक वर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेतकाे मृत्यु […]

रुकुममा पहिलोपटक यार्सा महोत्सव हुँदै

७ जेठ, रुकुम । नेपालमा नै पहिलो पटक ४५ सय मिटर उचाईमा पुपाल यार्सा महोत्सव २०७३ हुने भएको छ । रुकुम जिल्लाको उत्तर पूर्वी भेग रन्मामैकोट गाविसमा पहिलो पटक यार्सागुम्वाको महत्वबारे अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पुपाल यार्सा महोत्सव २०७३ हुन लागेको हो । जैविक विविधता दिवस २०७३ को अबसर पारी आयोजना गर्न लागिएको महोत्सवको […]