Comments Add Comment

रेम्डिसिभिर

List Grid
रेम्डिसिभिर र प्लाज्मा थेरापी : प्रयोग बढ्यो, प्रभावकारिता कति ?

८ जेठ, विराटनगर । विराटनगरका दीपेश धिमाललाई प्लाज्मा थेरापी उपचारका लागि रगतको लागि आग्रह गर्दै दैनिक १० वटासम्म फोन आउँछ । ‘हामी युवा’ नामक संस्थाबाट संक्रमितको उपचारमा समन्वय गरिरहेका उनीसहितको टोलीले प्लाज्मा खोज्नेहरूलाई जसोतसो व्यवस्थापन गर्छन् । भर्खरै संक्रमणमुक्त भएकाहरूको मात्रै प्रयोग गर्न मिल्ने भएकाले दाता भेट्न मुस्किल पर्छ । प्लाज्मासँगै अक्सिजन र रेम्डिसिभिरका लागि […]

रेम्डिसिभिरको उत्पादन अब नेपालमै, एक महिनाभित्रै बजारमा आउने

५ वैशाख, काठमाडौं । कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डिसिभिर’ औषधिको नेपालमै उत्पादन सुरु हुने भएको छ । यसको उत्पादनका लागि सफल परीक्षण समेत भइसकेको छ । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले उत्पादन प्रक्रिया सुरु नै भइसकेको जानकारी दिए । उनका अनुसार पहिलो पटक नेपालमा उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरले लाइसेन्स पाएको […]

रेम्डिसिभिर बढी मूल्यमा बेच्नेलाई थुनामा पठाउने सीडीओको आदेश

५ जेठ, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिरको कालोबजारी गरेको अभियोग लागेका व्यक्तिलाई थुनामा पठाउन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आदेश दिएका छन् । पराजुलीले कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐनअनुसार सेवक फार्मेसीका सञ्चालक रसिक मियालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् । नेपाल प्रहरीको अपराध महाशाखाले २३ […]

सरकारले तोक्यो रेम्डिसिभिरको मूल्य, प्रति भाइल ४९०० रुपैयाँ

२९ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमित बिरामीले प्रयोग गर्ने औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् । कोभिड–१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता […]

वीरगञ्ज आइपुग्यो १५० थान रेम्डिसिभिर

२५ वैशाख, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा १५० थान रेम्डिसिभिर आइपुगेको छ । शनिबार बिहान १५० थान रेम्डिसिभिर अस्पतालको फार्मेसीमा आइपुगेको नारायणी अस्पतालले जानकारी गराएको छ । रेम्डिसिभिर कोरोना संक्रमितका लागि उपयोगी मानिएकोले बढी माग भइरहेको छ । सरकारी दररेटमा अस्पतालले उपलब्ध गराउन नसक्दा चर्को मूल्यमा सर्वसाधारणले कालोबजारीयाहरुबाट खरिद गरेर प्रयोग गर्न बाध्य छन् । […]

रेम्डिसिभिर औषधि कालोबजारी गरेको आरोपमा एकजना पक्राउ

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–४ घर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मिया छन् । ६ थान रेम्डिसिभिर औषधिको करिब ३० हजार मूल्य पर्नेमा १ लाख २० हजार रुपैयाँमा बिक्री गर्ने भन्दै बार्गेनिङ गरेर […]

एमआरपीभन्दा बढी मूल्यमा रेम्डिसिभिर बिक्री गरे औषधि विभागले कारबाही गर्ने

१९ वैशाख, काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डिसिभिर लगायतका औषधि बिक्री वितरण गर्दा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन सरोकार पक्ष सबैमा आग्रह गरेको छ । विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमआरपी भन्दा बढीमा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ । […]