Comments Add Comment

लालबाबु यादव

List Grid
‘प्रधानमन्त्रीको आलोचना गर्नुस्, राष्ट्रपतिलाई केही भन्न मिल्दैन’

अहिले मिडिया र बौद्धिक व्यक्तिहरूले राष्ट्रपतिको बारेमा धेरै विषय उठाइरहनुभएको छ । संविधानविद्ले पनि यस्तो कुरा उठाएको देख्दा मलाई दिक्क लागेको छ । संविधान पढेर पनि नबुझेको हो कि बुझेर पनि बुझ पचाएको हो ? अहिलेको संविधानमा राष्ट्रपतिको कुनै अधिकार नै छैन । सारा कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित हुने विषय संविधानमा नै लेखिएको छ । […]

संसद विघटनको प्रस्ताव राष्ट्रपतिले रोक्न मिल्दैन : राजनीतिक सल्लाहकार

५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्रीले गरेको संसद विघटनको प्रस्ताव रोक्न नमिल्ने बताएका छन्। अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘राष्ट्रपतिले प्रस्ताव रोक्न मिल्दैन, अदालतले के गर्छ यो अर्काे विषय हो ।’ उनले संविधानको धारा ७१ अनुसार संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भएको बताए । उनले भने, ‘कार्यकारी प्रधानमन्त्रीले ल्याएको […]

राष्ट्रपतिलाई अनावश्यक विवादमा ल्याउन खोजियो : सल्लाहकार यादव

४ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने काम भइरहेको उनका सल्लाहकारले बताएका छन् । सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोज्नु संविधानको बर्खिलाफ भएको उनका सल्लाहकार लालबाबु यादवले बताएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भए बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको उनले बताए । […]