Comments Add Comment

वायु प्रदुषण

List Grid
लुम्बिनी क्षेत्रमा पनि वायु प्रदूषण उच्च

२५ चैत, बुटवल । अन्तर्राष्ट्रिय पर्यटकीय तथा धार्मिक स्थल लुम्बिनी वायु प्रदूषणको उच्च चपेटामा परेको छ । भैरहवा-लुम्बिनी कोरिडोरमा सञ्चालित दर्जनौं ठूला उद्योगले उत्सर्जन गर्ने धुँवा, धूलोका कारण विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र प्रदूषित बनेको हो । लुम्बिनी क्षेत्रमा १५ किलोमिटरभन्दा टाढामात्र उद्योग खोल्न पाउने नियमविपरीत १२ किलोमिटरभित्रै उद्योग सञ्चालनमा छन् । यो कोरिडोरमा […]

काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण

१३ चैत, काठमाडौं । शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ । जल तथा मौसमविद् ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको […]

काठमाडौंमा मर्निङवाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

२१ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक नगर्न आग्रह गरेको छ । अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मंगलबार मन्त्रालयले यस्तो आग्रह गरेको हो । ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोकौं’, मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले […]

काठमाडौंको वायुमा क्यान्सर, हृदयाघात, मस्तिष्कघात गराउने कण

३ मंसिर, काठमाडौं । वर्षात् सकिएर काठमाडौंका सडकहरु हिलाम्यबाट धुलाम्यमा परिवर्तन भएका छन् । पानी पर्न रोकिएसँगै वायु प्रदुषणको मात्रा उकालो लागेको छ । उपत्यकाको वायुमण्डलमा हानीकारक रसायनहरुको मात्रा प्रशस्त भेटिन थालेको छ । उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुको रिपोर्ट हेरौं । भैंसेपाटी क्षेत्रमा अहिले करिब ५० माइक्रोग्राम धुलो देखिन थालेको छ । […]

वायु प्रदुषणबारे नयाँ तथ्यः लाग्न सक्छ यस्तो भयानक रोग

भनिन्छ, ‘काठमाडौंवासीका लागि पर्याप्त अक्जिन छैन ।’ केही समयअघि गरिएको अध्ययन अनुसार काठमाडौंको वायुमण्डलमा सिसाको मात्रा अधिक छ । प्रदूषित वायुकै कारण अहिले राजधानीवासीमा नाक, कान, घाटीको समस्या चर्को हुँदै गएको छ । केही समयअघि मात्र भारतको नयाँ दिल्लीमा वायु प्रदूषणले सामान्य जनजीवन नै प्रभावित तुल्यायो । साइनसको जोखिम हालै गरिएको एउटा अनुसन्धानले बायू प्रदुषणको […]

पत्याउनुहुन्छ ? वायु प्रदुषणबाट बर्सेनी ९९४५ नेपाली मरिरहेका छन्

२६ पुस, काठमाडौं । तपाईलाई पत्याउन गाह्रो पर्न सक्छ । तर, विश्व स्वास्थ्य संगठनले जारी गरेको सन् २०१६ को तथ्यांक हेर्ने हो भने नेपालमा वायु प्रदुषणकै कारण हरेक वर्ष ९ हजार ९ सय ४३ जनाको मृत्यु हुने गरेको छ । विश्व बैंकको अध्ययनले त अझै यो भन्दा पनि डरलाग्दो दाबी प्रस्तुत गरेको छ । विश्व […]

काठमाडौंमा दोब्बर बढ्यो वायु प्रदुषण, डाक्टर भन्छन्- ज्यानै जोखिममा पर्न सक्छ

१७ पुस, काठमाडौं । करिब चार महिना पहिले काठमाडौंको रत्नपार्कमा एउटा मेसिन फिट गरियो । त्यस्तै अर्को मेसिन पाटनको पुल्चोक इन्जिनियरिङ कलेजको प्रांगणमा राखियो । धुलिखेलमा पनि त्यस्तै मेसिन जडान गरियो । यी तीनवटै मेसिनहरु वायु प्रदुषण मापन गर्नका लागि राखिएका हुन् । वायु प्रदुषण मापन यन्त्र राखेर काठमाडौं उपत्यकाको प्रदुषणको मात्रा मापन सुरु गरेको […]

वायु प्रदुषणबाट बच्न कस्तो मास्क प्रभावकारी ?

स्वास फेर्दा प्रदुषित हावामा रहेका धुलोका कण लगायतका प्रदुषकहरु नाक र मुखबाट फोक्सोसम्म नपुगुन् भन्नका लागि मास्क लगाउनुलाई सबैभन्दा उपयुक्त बचावटको उपाय मानिन्छ । तर एक अध्ययनले केवल मास्क लगाउँदैमा वायु प्रदुषणको जोखिमबाट नबँचिने तथ्य पत्ता लगाएको छ । सस्तो खालका तथा कमसल खालका कपडाका मास्क लगाउनाले उच्च वायु प्रदुषण भएको ठाउँमा हावामा रहेका प्रदुषकहरुबाट […]

कपडाका मास्कले धुलोधुवाँ छेक्नै नसक्ने

७ भदौ, काठमाडौं । राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ । काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको हो । अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले […]

वायु प्रदुषणले हृदयाघातको खतरा

यदि तपाइँ लामो समयसम्म प्रदुषित वायुको सम्पर्कमा रहनुहुन्छ भने सावधान हुनुहोस् । किनकी वायु प्रदुषणका कारण मानिसमा मुटु सम्बन्धी रोगको जोखिम बढ्दछ । एक नयाँ अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । वायु प्रदुषणले मानिसमा रक्तधमनीलाई कडा बनाउने वा अथेरोस्क्लेरसिसको प्रक्रियालाई तिव्र बनाइदिन्छ । रक्तधमनीहरु कडा भएर राम्रोसँग रगत पम्प गर्न नसकेपछि मानिसमा हृदयाघातको खतरा […]

वायु प्रदुषणले नाकमा मासु पलाउन सक्छ, बच्ने कसरी ?

वायु प्रदुषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । स्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदुषणकै कारण हुन्छ । अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल आस्माको समस्या बढेको छ । एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । नाकमा मासु पलाएर अपरेशन गर्नुपर्ने केसहरु […]