Comments Add Comment

विद्यासुन्दर शाक्य

List Grid
सडकका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन–सिसडोल जाने सडक छिटो बनाइदिनू

१४ भदौ, काठमाडौं । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको शाक्यले जानकारी दिए । देउवालाई भेट्न सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले […]

फोहोर व्यवस्थापन गर्न सरकारसँग समन्वय भइरहेको छ : मेयर शाक्य

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । उनले केही दिन जथाभावि फोहोर नमिल्काउन महानगरवासीलाई आग्रह पनि गरेका छन् । बञ्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका शाक्यले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा […]

४६ वर्षदेखि अलपत्र तीनकुने, विद्यासुन्दरले पनि सकेनन् सपार्न

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७४ सालको चुनावी प्रचारका क्रममा १०० दिनमा गर्ने १०१ कामको सूचीमा लेखेका थिए, ‘तीनकुनेमा अत्याधुनिक पार्कको निर्माण शुरु गर्ने ।’ सय दिनभित्र काम सुरु त भएन नै, मेयर शाक्यले पार्क निर्माणलाई प्राथमिकतामा राखेर काम पनि गरेका छैनन् । उनले पछिल्ला दुई आर्थिक वर्षका बजेटमा पार्क बनाउने […]

काठमाडौं महानगरपालिकाका सबै वडामा एउटा पार्क : मेयर शाक्य

२५ साउन,  काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताएका छन् । वडा नम्बर–५ को हाँडीगाउँमा आज नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताए । ‘कठमाडौँ महानगरपालिकाले एक वडा एक पार्कको नीति लिएको छ,’ शाक्यले भने, ‘नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप […]

काठमाडौं महानगरमा ‘दुःशासन’ : भत्ता, भ्रमण र सुविधाका लागि ९९ करोड

२२ साउन, काठमाडौं । निर्वाचित हुनासाथ कार्यपालिकाको  बैठकबाटै आफ्ना लागि ‘स्मार्ट फोन’ किन्न मोटो रकम छुट्याएपछि विवादमा आएका थिए काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु । त्यो विवाद सेलाउन नपाउँदै मेयर विद्यासुन्दर शाक्यका लागि नयाँ गाडी ल्याइएपछि जनप्रतिनिधिले काममा भन्दा सेवा सुविधामा बढी ध्यान दिएको भन्दै चर्को आलोचना भयो । तर, काठमाडौं महानगरका जनप्रतिनिधिहरुले अहिलेसम्म आफ्नो सेवा सुविधामा […]

गगन र विश्वप्रकाशहरु दुलो पसिसक्नुभयो : विद्यासुन्दर शाक्य

११ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको बताएका छन्। काठमाडौँ महानगरपालिकाको वडा–२१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताएका हुन् । ‘हामी दलीय प्रधानमन्त्रीको पक्षमा छौँ, दलीय व्यवस्थालाई परिपक्व बनाउन चाहन्छौँ,’ प्रमुख शाक्यले भने, ‘तर, अदालतको परमादेशबाट निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहनु भएको छ। […]

मेयर शाक्यलाई कलाकारको प्रश्न : कलाको शहरमा कलाकै हत्या ?

२० असार, काठमाडौं । कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्रकला महानगरपालिकाले मेटाएको विरोधमा कलाकारहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै फ्रन्टलाइनरको सम्मान गर्न महानगरपालिकालाई आग्रह गरे । दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरुको सम्मानमा चित्रकला बनाएको थियो । तर महानगरपालिकाले उक्त […]

मेयर शाक्यलाई माफी माग्न पाँच विद्यार्थी संगठनको आग्रह

१८ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुले सरकारविरुद्ध शनिबार ७७ वटै जिल्लामा मशाल जुलुस निकाल्ने निर्णय गरेका छन् । राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र वेथितिका विरुद्ध संयुक्त विरोध प्रदर्शन गर्दै आएका नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले शनिबार मशाल जुलुससहित प्रदर्शन गर्न लागेका हुन् । […]

काठमाडौंका मेयरका ‘सयदिने योजना’ अन्तिम बजेटमा पनि परेन

११ असार, काठमाडौं । बिहीबार काठमाडौं महानगरपालिकाको वर्तमान कार्यपालिकाको अन्तिम बजेट नगरसभामा पेश भयो । अनेकौं महत्वाकांक्षी घोषणासहित १०० दिनमा १०१ काम गर्ने उद्घोष गरेर १४ जेठ, २०७४ मा निर्वाचित भएका मेयर विद्यासुन्दर शाक्यले ल्याएको अन्तिम बजेटमा पनि उनले घोषणा गरेका कैयौं कार्यक्रम समेटिएनन् । उनले चुनावी प्रचारका क्रममा घोषणा गरेको ‘मोनोरेल’को परियोजना गत आर्थिक […]

आइसोलेसन सेन्टरहरु बनाउन अस्पतालहरुको सुझाव, मेयरले सोधे-बस्ने संक्रमित पाइएला ?

२८ वैशाख, काठमाडौं । कोभिडका बिरामीको उपचार गराइरहेका सरकारी अस्पतालहरुले सामुदायिक तवरमा आइसोलेसनहरु नबनाउँदा अस्पतालमा अधिक चाप परेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकासँगको छलफलमा विभिन्न अस्पतालका प्रमुख तथा प्रतिनिधिले महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका नदेखिएको भन्दै असन्तुष्टि पोखेका छन् । छलफलमा सहभागी एक डाक्टरका अनुसार अक्सिजनको सुविधासहित सामुदायिक आइसोलेसन बनाएमा अस्पतालमा जटिल अवस्थका बिरामी […]

करदाताको पैसामा महानगरको मनपरी : नेताका प्रतिष्ठानलाई अनुदानको ओइरो

१७ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक सहायता तथा अनुदानका नाममा वर्षेनि ठूलो रकम वितरण गर्छ । जनताबाट उठेको कर अनुत्पादक तथा जनतालाई प्रतिफल नदिने क्षेत्रमा सहायताका रूपमा बाँड्ने काममा १७ वर्षपछि आएका निर्वाचित जनप्रतिनिधिले कर्मचारीलाई समेत जितेका छन् । अझ विभिन्न दलका नेता निकटले खोलेका र नेताहरूको नाम जोडिएका संघ–संस्थालाई त महानगरकोे अनुदान र […]

धरहरा पुनर्निर्माणमा अवरोध नगर्न मेयर शाक्यको आग्रह

२५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणकाे काममा अवरोध नगर्न आग्रह गरेका छन् । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औं अधिवेशन तथा १३ औ साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले निहित स्वार्थ बोकेका केही व्यक्तिहरुले विभिन्न बहानामा धरहरा निर्माणको काममा अवरोध पुर्‍याउन खोजेको बताए । धरहरा निर्माण सम्पन्न भएपछि […]

गगन थापाहरू कमलपोखरीलाई छठ पोखरी बनाउन चाहन्थे : मेयर शाक्य

१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताएका छन् । नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटन गर्दै उनले विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक-पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमलपोखरी पुनर्निर्माणको काम अघि बढाएको बताए । पुनर्निर्माणको धेरै […]

गगन थापा कमलपोखरीमा मञ्च बनाउन चाहन्थे, मैले रोकेँ-मेयर शाक्य

७ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन तत्कालीन संघीय सांसद गगन थापाकै सहमतिमा बनाएको दावी गरेका छन् । थापाले पछिल्ला दिनमा कमलपोखरीको पुनर्निर्माण सही ढंगले नभएको भन्दै रोक्न माग गर्दै आएका छन् । मेयर शाक्य कमलपोखरी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ-संस्था सबैसँग […]

सेवा प्रवाहबारे टोल-टोलमा जनअभिमत लिँदै काठमाडौं महानगर

२४ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्नका लागि ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए । ‘काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण–पुर्ननिर्माण, सेवा […]

अध्ययन भ्रमणमा पोखरा पुगेर शाक्यले भने-महानगरले व्यवस्थित योजना बनाओस्

१५ मंसिर,पोखरा । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको माध्ययमबाट अर्थतन्त्रलाई समृद्घ बनाउन सकिने बताएका छन्। अध्ययन भ्रमणकै क्रममा पोखरा पुगेका प्रमुख शाक्यसहितको टोलीलाई स्वागतका लागि पोखरा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सम्वोधनका क्रममा शाक्यले पर्यटनका माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उन्नत बनाउन समन्वय र अनुभव […]

पुनः स्वाब संकलन थाल्दै काठमाडौं महानगर

६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबारदेखि स्वाब संकलन शुरु गर्ने भएको छ । निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संककलन नै रोकेको थियो । अहिले सरकारले आफ्नो निर्णय सच्याएको छ र लक्षण […]

‘घरघरमा संक्रमित हुने अवस्था आइसक्यो, ‘चेन ब्रेक’ गर्न नाका सिल गरौं’

२८ कात्तिक, काठमाडौं । परीक्षण घटेसँगै दैनिक पहिचान हुने कोरोना संक्रमितको संख्या घटेको छ । तर काठमाडौं उपत्यकामा संक्रमण घटेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्यांकअनुसार झण्डै २० हजार सक्रिय संक्रमित छन् । बढ्दो संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यका नगरपालिका फोरमले तिहार र छठलगत्तै उपत्यका प्रवेश गर्ने नाका सिल गर्न सरकारलाई सुझाएको छ […]

काठमाडौंका मेयरले सांसदलाई ढाँटे

२४ कात्तिक, काठमाडौं । सरकारले कोरोना परीक्षण निःशुल्क नगर्ने निर्णय गरेको एक महिना पुगिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ असोजमा ‘विपन्न, अशक्त र असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, ७० वर्ष नाघेका जेष्ठ नागरिक, अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण देखिए मात्र निःशुल्क परीक्षण गर्ने भनेपछि काठमाडौं […]

खुलामञ्चको खानाबारे संसदीय समितिले मेयर शाक्यलाई बोलायो

२० कात्तिक, काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुलामञ्चमा खाना नबाँड्न दिएको निर्देशनबारे काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई सोध्ने भएको छ । खुलामञ्चमा खाना नबाँड्न काठमाडौं महानगरले दिएको निर्देशनका विषयमा मेयर शाक्यलाई नै बोलाएर सोध्ने निर्णय भएको समिति सभापति बिमल प्रसाद श्रीवास्तवले जानकारी दिए । उनका अनुसार बोलाउने […]

निःशुल्क खाना खुवाउने अभियान बलपूर्वक रोक्दिनँ : मेयर शाक्य

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बलपूर्वक नरोक्ने बताएका छन् । महानगरले नगर प्रहरी पठाएर अभियान रोक्न भनेपछि मेयर शाक्यको चर्को आलोचना भएको छ । बुधबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले खाना खुवाउजे अभियान बलपूर्वक नरोक्ने र व्यवस्थापनका लागि सहयोग गर्ने बताए । उनले भने, ‘काम गर्न […]