Comments Add Comment

विना मगर

List Grid
खानेपानीमन्त्रीले मुलुक डुबाउन खोजेको आरोप

७ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनालाई लिएर खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच विवाद भएको छ । विवादकै कारण मन्त्रालयका सचिव ठाकुरको सरुवा भएको छ । उनलाई जगेडामा राखिएको छ । सरुवापछि सचिव ठाकुरले खानेपानीमन्त्रीमाथि गैरनकानुनी रुपमा इटालियन ठेकेदार कम्पनी सीएमसीलाई नै फिर्ता ल्याउन दबाव दिएको आरोप लगाएका छन् । ‘सीएमसीलाई थप […]

सरुवापछि सचिवको आरोप : खानेपानीमन्त्रीले मुलुक डुबाउन खोजिन्

७ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनालाई लिएर खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच विवाद भएको छ । विवादकै कारण मन्त्रालयका सचिव ठाकुरको सरुवा भएको छ । उनलाई जगेडामा राखिएको छ । सरुवापछि सचिव ठाकुरले खानेपानीमन्त्रीमाथि गैरनकानुनी रुपमा इटालियन ठेकेदार कम्पनी सीएमसीलाई नै फिर्ता ल्याउन दबाव दिएको आरोप लगाएका छन् । ‘सीएमसीलाई थप […]

प्रचण्ड परिवारमा भाइरल ज्वरोको प्रकोप, सीता र विना अस्पताल भर्ना

८ माघ, काठमाडौ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड बिरामी भएका छन् । प्रचण्डपत्नी सीता दाहाल सुमेरु अस्पतालको आइसीयू कक्षमा भर्ना भएकी छिन् । बुहारी खानेपानीमन्त्री विना मगर पनि सुमेरु अस्पतालमै भर्ना भएकी छिन् । प्रचण्डलाई भने चिकित्सकहरुले घरैमा उपचार गरिरहेका छन् । प्रचण्डको परिवारमा भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । भाइरलको ज्वरोका […]

खानेपानीमन्त्रीले भनिन् : अब मेलम्चीको मिति तोक्दिन

१२ पुस, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने विषयमा अब मिति नतोक्ने बताएकी छन् । बिहीबार संसदको विकास समितिमा उनले अब पानी आउने भएपछि मात्र मिति तोक्ने बताएकी हुन् । समितिमा सांसदहरुले यसअघि ६० दिनभित्र पानी आउँछ भनेको स्मरण गराउँदै किन नआएको भनी प्रश्न गरेपछि उनले अब मिति नतोक्ने बताएकी […]

मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छः मन्त्री मगर

९ पुस, काठमाडौं । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार संवेदनशील भएको भन्दै संयमित भएर लागिपर्ने बताएकी छन् । ‘मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छ । यसको फाइदा अरु पक्षले लिन नपाओस् भन्नेमा पनि सरकार सचेत छ ।’ उनले भनिन् । विज्ञहरुको परामर्शको आधारमा आयोजनामा देखिएको समस्या समाधान गरिने मन्त्री […]

मन्त्री मगरको तर्क : मेलम्चीको ठेकदारले काम छाडे पनि घाटा लाग्दैन

५ पुस, काठमाडौं । खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाल सरकारलाई आर्थिक रुपमा घाटा नलाग्ने दावी गरेकी छन् । बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले  ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन् । ‘ठेक्का तोड्ने भनेर सीएमसीले लेटर दिएपछि नेपाल […]

मेलम्चीको ठेकदारले काम छाडे पनि घाटा लाग्दैन : मन्त्री मगर

५ पुस, काठमाडौं । खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाल सरकारलाई आर्थिक रुपमा घाटा नलाग्ने दावी गरेकी छन् । बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले  ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन् । ‘ठेक्का तोड्ने भनेर सीएमसीले लेटर दिएपछि नेपाल […]

मन्त्री वीना मगरले मानिनन् विकास समितिको निर्देशन

२ पुस, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दिएको निर्देशन खानेपानी मन्त्री वीना मगरले कार्यान्वयन गर्न आलटाल गरेकी छिन् । १६ मंसिरमा बसेको समितिको बैठकले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिद्वारा सञ्चालित खानेपानी तथा सरसफाई आयोजना (फन्डबोर्ड) विघटन गर्ने निर्णय फिर्ता गर्न मन्त्री मगरलाई निर्देशन दिएको थियो । समितिले निर्देशन दिएको १५ दिन […]

मन्त्री विना मगरको सम्पत्ति कति ?

९ असोज, काठमाडौं । खानेपानीमन्त्री विना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उल्लेख छ । उनीसँग ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको छ, जसलाई उनले पैतृक सम्पत्ति भनेकी छन् । मन्त्री मगरले सम्पत्ति […]

मन्त्री विना मगरको सम्पत्ति कति ?

९ असोज, काठमाडौं । खानेपानीमन्त्री विना मगरको सम्पत्ति विवरणमा श्रीमान प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटर रहेको छ । बुधबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उल्लेख छ । उनीसँग ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको छ, जसलाई उनले पैतृक सम्पत्ति भनेकी छन् । मन्त्री मगरले सम्पत्ति […]

मन्त्री विना मगर बनिन् तीन बालबालिकाको अभिभावक

१० वैशाख, कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत मन्त्री मगरले कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गरेकी हुन् । मन्त्री मगरले बेलौरी नगरपालिका-१० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र बेल्डाडी गाउँपालिकाको शिद्धनाथ […]

कर्मचारीलाई मन्त्री विनाले भनिन्ः तलव खाएपछि जनताको सेवामा केन्द्रित हुनुपर्छ

५ बैशाख, काठमाडौं । मन्त्रालयका कर्मचारीहरुलाई खानेपानी मन्त्री विना मगरले तलव खाएपछि जनताको सेवामा समर्पित हुन आव्हान गरेकी छन् । जनताको सेवामा अबरोध पुर्‍याउने हरेक अप्ठ्यारा तोडिनुपर्ने भन्दै मन्त्री मगरले कर्मचारीहरु जनताको सेवामा केन्दि्रत हुनुपर्ने बताएकी हुन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताका अपेक्षाहरु पूरा गर्ने […]

सिटामोल बाँड्नुभन्दा स्वच्छ खानेपानीका लागि बजेट बढाऊः मन्त्री मगर

१९ चैत, बर्दिया । खानेपानी मन्त्री बिना मगरले स्वास्थ्य उपचारमा सिटामोलभन्दा स्वच्छ खानेपानीका लागि सरकारले बढी बजेट छुट्याउनुपर्ने बताउकी छन् । बर्दियाको मधुवन नगरपालिका-६ स्थित कुसुम्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैटौं वार्षक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले स्वच्छ खानेपानी र सरसफाइले रोग लाग्नै नदिने भएकाले सरकारको प्राथमिकतामा खानेपानी हुनुपर्ने बताइन् । ‘रोग लागेपछि सिटामोल […]

मन्त्री विनालाई गृहजिल्लामा २१ किलोको माला

१८ चैत, कन्चनपुर । खानेपानी मन्त्री विना मगरलाई गृहजिल्लामा २१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको छ । गृहजिल्ला भ्रमणमा रहेकी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको मालाले स्वागत गरेको हो । २१ बुँदे मागसहित नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाइदिएका हुन् । कार्यक्रममा स्थानीय मतदाताकै समर्थनले सिंहदरबारसम्म पुगेको […]

विना मगरलार्इ सुझावः पानी र जवानी खेर नजाओस्

संविधान जारी भएपछि निर्वाचनको ताजा जनादेश अनुसार मुलुकमा नयाँ सरकार गठन भएको छ । लामो समयको समक्रमणकाल, राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता र अस्थिर सरकारबाट वाक्क बनेका जनताले स्थिर सरकार दिने एजेन्डा लिएर जनतासमक्ष गएका राजनीतिक दलहरुलाई चुनेर पठाएका छन् । यसबाट पनि प्रस्ट हुन्छ नेपाली जनताले स्थिर सरकार र आर्थिक समृद्धि चाहेका छन् । स्थिरता […]

बाग्मतीमा र्‍याफ्टिङ र स्विमिङ गर्ने वातावरण बनाउँछु : खानेपानीमन्त्री मगर

७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आगामी वर्षलाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताएकी छन् । केही वर्षभित्र बाग्मती, विष्णुमती र धोबीखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनले बताइन् । आफ्नो कार्यकालमा बाग्मतीमा र्‍याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने मन्त्री मगरको प्रतिवद्धता छ । रिपोर्टर्स क्लबको साक्षात्कारमा खानेपानी […]

मन्त्री विनाको दावीः मेलम्चीको पानी दशैंअघि नै काठमाडौंका घरघरमा

७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानी दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण हुने बताएकी छन् । अबको २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गर्दै मन्त्री विनाले दशैअघिनै उपत्यकामा पानी वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन् । काठमाडौंमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २५ दिन भित्र मेलम्चीको […]

आयोजनाको अवस्था बुझ्न मेलम्ची पुगिन् खानेपानी मन्त्री विना

६ चैत, सिन्धुपाल्चोक । खानेपानी मन्त्री विना मगर मंगलबार सिन्धुपाल्चोकको मेलम्ची आइपुगेकी छन् । खानेपानी आयोजनाको कामको अवस्था बुझ्न खानेपानी मन्त्री विना मगर मेलम्ची आएकी हुन् । मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको मुहान हेलम्बुको अम्बाथान पुगेर सुरुङको समेत अवलोकन गरेकी छन् । यस्तै मंगलबार नै कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ पनि गृहजिल्ला आएका […]

विना मगरलाई मन्त्री बनाउने माओवादी तयारी

१४ फागुन, काठमाडौं । माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । उनी पार्टी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन् । कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले नै निर्णय गरेको थियो । उनको प्रस्ताव प्रदेश इन्चार्ज लेखराज भट्टलेनै गरेका हुन् । चुनावको मुखैमा […]

विद्युतको समस्या लिएर कुलमानलार्इ भेट्न पुगिन विना

१० माघ, काठमाडौं । कञ्चनपुरको विद्युत समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग सरोकारवालाहरुले माग गरेका छन् । जिल्लाबाट निर्वाचित सांसद बिना मगरको नेतृत्वमा काठमाडौं आएको टोलीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई माग पत्र पेश गर्दै विद्युत समस्या समाधान गरिदिन माग गरेका हुन् । निर्देशक घिसिङको कार्यकक्षमा टोलीले बिभिन्न ६ बुँदे मागपत्र पेश गरेको हो । […]