Comments Add Comment

विपक्षी गठबन्धन

List Grid
लुम्बिनी प्रदेश : विपक्षी गठबन्धनका सांसदलाई लुम्बिनीको होटलमा राखियो 

२६ साउन, बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेको विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई लुम्बिनीस्थित एक होटलमा राखेको छ । सोमबार नेकपा माओवादी केन्द्रले आफ्ना सांसदलाई कपिलवस्तुको वाणगंगास्थित राजापानी थारु रिसोर्टमा राखेको थियो । विपक्षी गठवन्धनका सबै सांसदलाई जम्मा गरेर भावी रणनीतिबारे छलफल गर्ने उद्देश्यले लुम्बिनीमा भेला भएको नेपाली कांग्रेसका एक सांसदले बताए । […]

विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपाल समूहको घोषणा

२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो । बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा […]

देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने गठबन्धनको निर्णय

२८ असार, काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ । कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो । बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा […]

विपक्षी गठबन्धनको बैठक कोटेश्वरमा सुरु, माधव नेपाल पनि सहभागी

२८ असार, काठमाडौं । काठमाडौं पाँच दलीय विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कोटेश्वरस्थित नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा बैठक सुरु भएको हो । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि विपक्षी गठबन्धन छलफलमा जुटेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा […]

विपक्षी गठबन्धनको बैठक माधव नेपाल निवासमा बस्दै

२८ असार, काठमाडौं । विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव […]

सर्वोच्चको फैसलालगत्तै विपक्षी गठबन्धनको बैठक बस्दै

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्दै छ । बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् । बैठक कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । ‘बैठकमा […]

पाँच दललाई मेरो दिल-दिमागको प्रश्न

दुई दशकभन्दा लामो समयदेखि आदिवासी जनजाति आन्दोलनमा सामेल हुँदै जनजातिको मुद्दामा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा वकालत गरिरहेको छु । विद्यार्थी राजनीतिदेखि नै राजनीतिमा सहभागी हुँदै आएको हुँ तर अहिले नागरिक आन्दोलनमा बेस्सरी लागेको छु । मेरो धेरै कुरा छैन । कुरा ‘सेटिङ’बाट शुरू गर्छु । डा. गोविन्द केसीलाई दर्जनौं पटक भोकभोकै अनसन र सडकमा पुर्याउनेमा तपाईंहरू (पाँच […]

पर्सामा पनि विपक्षी गठबन्धन सक्रिय

१९ असार, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चावन्दीमा रहेका विपक्षी गठबन्धन पर्सामा पनि एकजुट भएका छन् । शनिबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गरी एकजुट भई अघि बढ्ने जानकारी दिएका छन् । संविधान, विधिको शासन, समाजवाद उन्मुख […]

प्रदर्शनीमार्गमा विपक्षी गठबन्धनका विद्यार्थीको प्रदर्शन

१६ असार, काठमाडौं । विपक्षी गठबन्धनको विद्यार्थी संगठनले बिहीबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो । त्यस क्रममा प्रहरीले पुत्ला खोसेर निभाएको थियो । […]

बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

१६ असार, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला दहन गरेका हुन् । प्रहरीले […]

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

१४ असार, काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो । ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने […]

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा

१० असार, काठमाडौं । संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो, राष्ट्रलाई क्षति भो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

विपक्षी गठबन्धनले सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै

१० असार, काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् । विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए । कांग्रेस सभापति देउवा […]

संसद विघटनविरुद्ध जनपरिचालन गर्ने विपक्षी गठबन्धनको निर्णय

९ असार, काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । संवैधानिक इजलासमा बहस शुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेको हो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै […]

विपक्षी गठबन्धनको बैठक देउवा निवासमा

९ असार, काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्दैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा गठबन्धनको बैठक बोलाइएको हो । बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

विपक्षी गठबन्धनले भन्यो- प्रधानमन्त्रीका कारण मुलुक गम्भीर संकटमा

८ असार, काठमाडौं । विपक्षी गठबन्धनका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको भन्दै यसविरुद्ध संयुक्त रुपमा अघि बढ्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त […]

गण्डकीमा प्रदेश प्रमुखसँग विपक्षी गठबन्धनको भेट

२६ जेठ, पोखरा । गण्डकी प्रदेशका विपक्षी गठबन्धनका नेताले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट गरेका छन् । यसअघि विपक्षी गठबन्धनले संविधानको धारा १८४ (२) अनुसार सरकार गठनका लागि दावी पेश गर्दा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीको नक्कली हस्ताक्षर भएको विज्ञप्तिको आधारमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् । […]

भारतलाई रिझाउन गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय : विपक्षी गठबन्धन

२२ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । यो सत्ता टिकाउन भारतलाई रिझाउने राष्ट्रहित विरोधी कदम भएको उनीहरुको ठहर छ । गठबन्धनका शीर्ष नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिट्टीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट घोषणाको […]

सर्वोच्चको आदेश कुर्दै विपक्षी गठबन्धन, बनेन आन्दोलनको खाका

१८ जेठ, काठमाडौं । ६ महिनाको अवधिमा दोस्रो पटक संसद विघटन भएपछि विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । कानुनी लडाइँ सर्वोच्च अदालतमा पुगिसके पनि राजनीतिक रुपमा गर्ने भनिएको संघर्षको खाका बनाउन दलहरुले सकेका छैनन् । दोस्रो लहरको कोरोना महामारीको प्रतिकूल परिस्थितिको कारण अघिल्लो पटकको जस्तो सडकमा उत्रिन नसकेका विपक्षी दलहरु […]

सरकारलाई विपक्षी गठबन्धनको चेतावनी : दीर्घकालीन असर पर्ने कुनै काम नगर्नू

१६ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ । नेपाली कांग्रेस, नेकवा माओवादी केन्द्रसहितका विपक्षी गठबन्धनको बैठकले सरकारका संविधान विपरितका कामबारहीमा सहयोगी नहुन समेत राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् ।

विपक्षी गठबन्धनले भन्यो- सरकारका अलोकतान्त्रिक काममा सहयोगी नबन्नू

१६ जेठ, काठमाडौं । विपक्षी गठबन्धनले दीर्घकालीन असर पर्ने किसिमका कामकारबाही नगर्न सरकारलाई चेतावनी दिएको छ । साथै सरकारका अलोकतान्त्रिक र असंवैधानिक काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेको छ  । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको […]