Comments Add Comment

श्रीराम सुगर मिल

List Grid
श्रीराम सुगर मिलले भोलिदेखि बक्यौता रकम किसानको खातामा पठाउने

२ पुस, काठमाडौं । उखु किसानको सबैभन्दा धेरै भुक्तानी बाँकी रहेको श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको छ । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी गराएका हुन् । किसानलाई भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम […]

श्रीराम सुगर मिलबाट भुक्तानी दिलाइदिन किसानले गुहारे संसदीय समिति

२५ असोज, काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुले संसदीय समिति गुहारेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले श्रीराम सुगर मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका छन् । आइतबार सिंहदरबारस्थित समितिको कार्यालयमा उखु उत्पादक संघका […]

रौतहटको श्रीराम सुगर मिल बन्द हुन नदिन किसानको माग

१६ साउन, रौतहट । रौतहटको गरुडा नगरपालिका– ५ मा रहेको जिल्लाकै सबैभन्दा ठूलो उद्योग श्रीराम सुगर मिल्स बन्द भएको सूचनाले किसान चिन्तित बनेका छन् । साउन ११ गते उद्योग सञ्चालक समितिले एक सूचना जारी गर्दै महम्मदपुर गरुडामा रहेको सो चिनी मिल बाध्यात्मक परिस्थितिका कारण स्थायी रुपमा बन्द भएको घोषणा गरेको थियो । २०४९ सालमा स्थापना […]

श्रीराम सुगर मिलको सेयर कारोबार रोक्का

१३ साउन, काठमाडौं । श्रीराम सुगर मिलको सेयर कारोबार रोक्का गरिएको छ । सिल स्थायी रुपमा बन्द हुने भएपछि नेपाल स्टक एक्सचेन्जले यसको सेयर कारोबार रोक्का गरेको हो । मिल बन्द गराउने विषयमा गत ९ गते नै निर्णय भएको थियो । नेप्सेमा पनि बन्द हुने जानकारी औपचारिक रुपमा सोमबार नै पुगेको थियो । सोमबार नेप्स […]

बन्द भयो रौतहटको श्रीराम सुगर मिल

११ साउन, रौतहट । रौतहटको गरुडामा रहेको जिल्लाकै पहिलो श्रीराम सुगर मिल्स बन्द हुने भएको छ । झण्डै दुई दशकअघि रौतहटको मध्य बजारमा स्थापना भएको उद्योग बन्द भएको हो । गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ । मिल स्थापना भएको केही वर्षसम्म मुनाफामा चलेको […]

श्रीराम सुगरको जग्गा बेच्न अलमल, रहिरह्यो उखु किसानको बक्यौता

२४ असार, काठमाडौं । श्रीराम सुगर मिलको जग्गा बिक्री हुन नपाएपछि किसानको उखुको बक्यौता भुक्तानीमा समस्या परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु मिलबाट किसानले पाउनुपर्ने बक्यौता तिर्ने प्रक्रियामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट असहयोग भएको आरोप लगाएको छ । श्रीराम सुगर मिलको जग्गा बिक्री गरेर किसानको झण्डै २७ करोड रुपैयाँ […]