Comments Add Comment

श्रृष्टी श्रेष्ठ

List Grid
किन यूके पुगे श्रृष्टी र सौगात ?

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ यतिबेला यूकेमा छन् । यूकेमा उनीहरु दशैं अगाडि नै पुगेका हुन् । उनीहरुले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । तर, उनीहरु चलचित्रको प्रचारमा भने खासै देखिएनन् । सौगात र श्रृष्टी चलचित्रको रिलिजको अगाडि किन यूके पुगे होलान् ? लिभिङ टूगेदरमा रहेका यी […]

साइन गरिसकेको ‘चपली हाइट ३’ किन छाडे सौगात र श्रृष्टीले ?

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको नाम अहिले चलचित्र क्षेत्रमा खुबै चर्चामा छ । चलचित्रको व्यापारका कारणले भन्दा पनि एक अर्कालाई चलचित्रका लागि सिफारिश गर्ने कुरामा यी दुई अगाडि छन् । यसले कतिपय निर्माता भने दिक्क हुन थालेका छन् । नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठले चलचित्र ‘चपली हाइट ३’ साइन गरिसकेका थिए […]

श्रृष्टीका कारण सौगात र ‘राम राम’ टिमको कुरा मिलेन

नायक सौगात मल्ल चलचित्रमा अनुवन्धित भएका र छाडेका खबरहरु बारम्बार आउन थालेका छन् । नायिका श्रृष्टी श्रेष्ठका कारण सौगातले चलचित्रमा अनुवन्धित हुने र छाड्ने काम गरिरहेका छन् । सौगात र श्रृष्टी केही महिनादेखि लिभिङ टूगेदरमा छन् । पछिल्लो समय प्रेममा परेपछि सौगातले श्रृष्टीका लागि चलचित्र सिफारिश गर्ने गरेको खबर अब नौलो छैन । आफू अनुवन्धित […]

मधुसुदनको फिल्ममा पनि सौगात र श्रृष्टी

नायक सौगात मल्ल पछिल्ला केही बर्षयता बक्स अफिसमा सफल देखिएका छैनन् । तर, सौगातको जस्तो अभिनय गर्ने कलाकार नेपालमा कम छन् । यहीकारणले पनि सौगात मल्ललाई चलचित्रमा अनुवन्धित गर्न निर्माताले लामो समय सोच्दैनन् । यसैले पनि हो, सौगातको हातमा चलचित्रको अभाव नै छैन । उनी एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । उनको चलचित्र रिलिजको […]

श्रृष्टीको सुन्दरता

नायिका श्रृष्टी श्रेष्ठको सुन्दरताको फ्यान त धेरै छन् । श्रृष्टी पनि स्टाइलिस्ट बन्न रोजाउँछिन् । उनै, श्रृष्टी अहिले धमाधम प्रेमी सौगात मल्लको साथमा चलचित्रमा काम गरिरहेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । श्रृष्टीलाई सौगात मल्लको सिफारिशमा काम पाइरहेको आरोप पनि लाग्ने गरेको छ । तर, श्रृष्टी […]

सौगात–श्रृष्टी भन्छन्–‘फिल्म मेकरले नै हामी दुइलाई एकसाथ अफर गर्नुहुन्छ’

प्रेममा परेपछि नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई एकसाथ लिनैपर्ने वाध्यता रहेको गुनासो केही निर्माताले सुनाउँदै आएका पनि छन् । सौगातलाई अफर गर्दा श्रृष्टी पनि लिनैपर्छ भन्ने माग आउने गुनासो नसुनिएको होइन । तर, नायक सौगात मल्ल भने यस्तो कुरालाई सामान्य नै मान्छन् । उनले भने–‘मैले कुरा नै गर्नुपर्दैन । मलाई अफर गर्दा पनि […]

‘पोइ पर्‍यो काले’को शीर्ष गीतमा सौगात र आकाशसँग पूजा–श्रृष्टीको छमछमी

बालाजुमा रहेको, चलचित्र विकास कम्पनीको खुम्चिएको जग्गा । सोही जग्गामा टिनले बारेर बनाइएको एउटा स्टूडियो । सोही स्टूडियो भित्र भव्य सेट लगाएर चलचित्र ‘पोइ पर्‍यो काले’को शीर्ष गीतको छायाँकन भइरहेको थियो । चलचित्रको शीर्ष गीतमा मुख्य कलाकार सबैलाई स्थान दिइएको छ । नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी […]

सौगात र श्रृष्टीको गज्जबको माया

नायिका श्रृष्टी श्रेष्ठ र नायक सौगात मल्ल अहिले प्रेमको उचाइमा उडिरहेका छन् । सौगात र श्रृष्टीको माया हेर्दा लाग्छ, यी दुइ एक अर्काकै लागि बनेका हुन् । सौगात मल्लका कारण श्रृष्टीले निरन्तर चलचित्रमा काम पाइरहेको चर्चा पनि हुने गर्दछ । चलचित्र ‘मासु भात’पछि सौगात र श्रृष्टी अहिले चलचित्र ‘पोई पर्यो काले’ नामक चलचित्रमा काम गरिरहेका […]

लिभिङ टूगेदरमा सौगात र श्रृष्टी, भन्छन्–‘बिहेको हतारो छैन’

हरिवंश आचार्यले एक गीत गाएका छन्, ‘बराबर बराबर, तिम्रो मेरो माया बराबर ।’ यो गीतले महिला पुरुष समनताको कुरा गर्छ । नायक सौगात मल्ल चलचित्र क्षेत्रमा चिनिएको नाम हो । ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठ पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । सबैलाई थाहा भएको कुरा उनीहरु अहिले एक अर्काको प्रेममा खुबै रमाइरहेका छन् […]

सौगात–श्रृष्टी भन्छन्–‘हामी एक अर्कासँग खुशी छौ’

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ लामो समयदेखि प्रेममा छन् । अब, उनीहरुले प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा पनि लैजाने सोच बनाएका छन् । चलचित्र ‘पोई पर्यो काले’मा एकसाथ काम गर्न लागेका सौगात र श्रृष्टी एकसाथ काम गर्दा खुशी छिन् । वास्तविक जीवनमा भने सौगातले श्रृष्टीलाई ‘माया’ भनेर बोलाउने गर्छन् । श्रृष्टीले भने सौगातलाई बोलाउने […]

आर्यन र श्रृष्टीको ‘बाँध मायाले’ हलमा

अन्ततः नायिका श्रृष्टी श्रेष्ठ र नायक आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘बाँध मायाले’ आजबाट रिलिज भएको छ ।  सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो लभस्टोरी चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ । चलचित्रले सिंगल र मल्टिप्लेक्समा राम्रो कमाई गर्ने अपेक्षा यसको निर्मातालाई छ । सविर र श्रृष्टीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः […]

‘बाँध मायाले’को टिकट काट्दा १५ प्रतिशत ‘क्यास ब्याक’ हुने

चलचित्र प्रचारका लागि निर्माताहरुले नयाँ नयाँ उपाय अपनाउँछन्, ताकी दर्शक हलसम्म आउन् । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को निर्माणपक्षले पनि यस्तै शैली अपनाइरहेको छ । यो चलचित्रको निर्माणपक्षले दर्शकका लागि क्यासब्याकको अफर ल्याएको हो । ‘खल्ती डिजिटल’ प्रयोग गरेर अनलाइनमार्फत चलचित्रको टिकट खरिद गर्दा सबै दर्शकले १५ प्रतिशत क्यासब्याक पाउनेछन् । […]

किशोर र श्रृष्टीको सँगसँगै जीवन चलाउने चाहना

चलचित्र ‘बाँध मायाले’को मुख्य भूमिकामा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठ छन् । आर्यन र श्रृष्टीको रोमान्टिक गीतहरु प्नि सार्वजनिक भैरहेका छन् । तर, यसको निर्माणपक्षले असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्रको तेश्रो गीत सार्वजनिक गरेको छ । ‘सँगसँगै’ बोलको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ […]

शाकाहारी श्रृष्टी

पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ अहिले निकै दुब्लाएकी छिन् । उनको फिगर हेर्दा पनि लाग्छ, उनले तौल निकै कम गरेकी हुन् । तर, श्रृष्टीले कसरी तौल घटाइन् होला त ? श्रृष्टी भन्छिन्-‘म १ बर्ष अगाडि शाकाहारी भएकी हुँ । माछा-मासु खान छाडेपछि मेरो तौल घट्यो ।’ नयाँ चलचित्र ‘बाँध मायाले’को प्रचारमा व्यस्त श्रृष्टी […]

मस्ती टकः श्रृष्टीलाई बिहे गर्न मन लाग्यो, आर्यनको पालो नै उछिनियो

नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठ अभिनित चलचित्र ‘बाँध मायाले’ असोजको ५ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि अहिले आर्यन र श्रृष्टीको दौडधुप चलिरहेको छ । यही क्रममा अनलाइनखबरसँग ‘ओके मस्ती टक’मा कुरा गर्दै आर्यन र श्रृष्टीले निकै रमाइलो गरेका छन् । चलचित्र ‘बाँध मायाले’ अर्गानिक चलचित्र भएको आर्यनले बताए । श्रृष्टीले […]

‘आउने जाने’ भन्दै आर्यन र श्रृष्टी

असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’मा समावेश डान्सिङ नम्बर रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत र लोकराज अधिकारीको शब्द रहेको गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको आवाज छ । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक आर्यन अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ, […]

श्रृष्टीको लागि आर्यनको लडाई, यस्तो बन्यो ‘बाँध मायाले’को ट्रेलर

नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठको प्रेम र द्धन्द्धको वरिपरी घुमेको चलचित्र ‘बाँध मायाले’को ट्रेलर रिलिज भएको छ । चलचित्र रिलिज हुन ३ हप्ता मात्र बाँकी रहँदा यसको ट्रेलर रिलिज गरिएको हो । असोज ५ गतेबाट चलचित्र रिलिज हुँदैछ । चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङ्ग, किशोर खड्काको मुख्य भूमिका छ । […]

अमेरिकामा आर्यनसँग ‘बाँध मायाले’

असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को प्रदर्शन अष्ट्रेलियापछि अमेरिकामा गरिएको छ । अमेरिकाको सान्फ्रान्सिस्को शहरमा चलचित्रको प्रिमियर गरिएको हो । शोमा चलचित्रका मुख्य नायक आर्यन अधिकारी उपस्थित भएका थिए । प्रेम र द्धन्द्धको मुख्य कथामा तयार यो चलचित्र हेरेपछि दर्शकहरु भावूक हुँदै हलबाट निस्किएको नायक अधिकारीले बताएका छन् । आर्यनले चलचित्रमा समावेश […]

रिचार्ज कार्ड बाँडेर सिनेमा चल्छ होला ?

असोज ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’को निर्माणपक्षले प्रचारका लागि रिचार्ज कार्ड अफर अगाडि सारेको छ । सामाजिक संजाल फेसबुकमा जोडिएका दर्शकका लागि यो अफर ल्याइएको हो । निर्देशक सविर श्रेष्ठका अनुसार दुई दिनको अन्तरमा चलचित्र सम्बन्धी एउटा प्रश्न सोधिनेछ । सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सयको रिचार्ज कार्ड प्रदान गरिनेछ । […]

‘मासु भात’मा सौगात र श्रृष्टीको जोडी

बक्स अफिसमा नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई हिट चलचित्र चाहिएको छ । यसैले पनि अब यी दुई एकसाथ चलचित्रमा देखिने तयारीमा छन् । वास्तविक जीवनमा समेत प्रेममा रहेका सौगात र श्रेष्टीलाई लिएर बन्न लागेको चलचित्रको नाम ‘मासु भात’ राखिएको छ । यो चलचित्रलाई सञ्जिब न्यौपानेले निर्देशन गर्दैछन् । चलचित्रका अन्य कलाकार र कथावस्तुको […]

अष्ट्रेलियामा ‘बाँध माया’लेको प्रिमियर

असोज ५ गतेबाट नेपालमा प्रदर्शन हुन लागेको चलचित्र ‘बाँध मायाले’को प्रिमियर अष्ट्रेलियामा सम्पन्न भएको छ । अगष्ट १८ तारिखमा अष्ट्रेलियाको इभेन्ट सिनेमा वरउडमा प्रिमियर आयोजना गरिएको हो । चलचित्रको यो शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । चलचित्रका सह-निर्माता महेन्द्र अधिकारीले शोको व्यवस्था मिलाएका हुन् । आइतबार पनि यो चलचित्रको शो अष्ट्रेलियामा हुँदैछ । […]