Comments Add Comment

संखुवासभा सामूहिक हत्या

List Grid
६ जनाको योजनाबद्ध हत्या, चिर्पटसँगै चक्कु पनि हानिएको थियो

४ असोज, काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ मा एकै परिवारका ६ जनाको हत्या भएको एक सातापछि प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै भनेको थियो, ‘घटना सुनियोजित होइन, चरण घृणा र आवेशमा भएको देखिन्छ ।’ २१ भदौमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । २७ भदौमा भतिजा लोकबहादुरलाई अभियुक्तको रुपमा सार्वजनिक गर्दै प्रदेश प्रहरी […]

संखुवासभा हत्या : जसको घरमा बसेर प्रहरीले अनुसन्धान गर्‍यो, उनै योजनाकार रहेछन्

४ असोज, विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्या अनुसन्धानका लागि पुगेको प्रहरी टोली घटनास्थल नजिकै खड्गबहादुर कार्कीको घरमा बस्यो । एकसातासम्म उनको घरमा बसेर अनुसन्धान गरेको प्रहरीले तेजबहादुरका भतिज लोकबहादुरलाई पक्राउ गर्‍यो र २७ भदौमा पत्रकार सम्मेलन गरी उनले नै ६ जनाको हत्या गरेको बतायो । हत्या अनुसन्धानका लागि […]

संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

३१ भदौ, काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले अनलाइनखबरलाई बताए । ‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी […]

संखुवासभा घटना : सन्काहा भतिजले मच्चाएको हत्याकाण्ड

२७ भदौ, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारको ६ जना व्यक्तिको हत्या भयो भनेर जसले छरछिमेकलाई खबर गरेका थिए, तिनै व्यक्ति सामूहिक हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले आइतबार संखुवासभामा सार्वजनिक गरेका आरोपित लोकबहादुर कार्की तिनै व्यक्ति हुन्, जसले ५२ वर्षीय तेजबहादुर कार्कीको शव देखेको भन्दै […]

संखुवासभा हत्या प्रकरण : पाँच जनाको हत्यामा एउटै चिर्पट प्रयोग

२७ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनी मृतक तेजबहादुर कार्कीका भतिजो समेत हुन् । डीआईजी अरुण बीसीका अनुसार प्रहरीले व्यक्तिगत रिसिइबी, सुनियोजित हत्या, लुटपाटका लागि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । तर घरमा भएको सम्पत्ति र […]

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

२७ भदौ, विराटनगर । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई सार्वजनिक गरेको हो । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लोकबहादुरले […]

बयान फेरिरहेपछि अनुसन्धानको घेरामा परेका थिए लोकबहादुर

लोकबहादुरको घरभित्र रगत लत्पतिएको कपडा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ ।

‘तेजबहादुर मात्र मार्न खोजेको थिएँ, अरूले देखेपछि सबैलाई सिध्याएँ’

२६ भदौ, काठमाडौं । संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको […]

इटहरीको बुढीखोलामा ६ जनाको सामूहिक दाहसंस्कार

२३ भदौ, काठमाडौं । संखुवासभाको मादीमा हत्या गरेको अवस्थामा फेला परेका एकै परिवारका ६ जनाको अन्त्येष्टि सुनसरीको इटहरीस्थित बुढीगंगा घाटमा गरिएको छ । सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको बुधबार साँझ अन्त्येष्टि गरिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि बुढीगंगा घाटमा अन्त्येष्टि गरिएको मृतकका […]

संखुवासभा सामूहिक हत्या : झारफुक गर्न बोलाएका थिए, हत्या पो भइसकेछ

२३ भदौ, संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारीबाट चैनपुर–मादी हुँदै खरबोटे पुग्न गाडीमा तीन घन्टा लाग्छ । त्यहाँबाट करिब दुई घण्टा उकालो हिँडेपछि पुगिन्छ, मादी नगरपालिका वडा नं. १ को खोलागाऊँ । यो त्यही गाउँ हो, जहाँ सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या भएको छ । स्थानीय ९२ वर्षीय बौद्धमान कार्कीको परिवारका ६ सदस्यको हत्यापछि […]

संखुवासभा सामूहिक हत्या प्रकरण : मृतकको दाहसंस्कार इटहरीमा गरिने

२३ भदौ, विराटनगर । सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ जनाको दाहसंस्कार सुनसरीको इटहरीमा गरिने भएको छ । सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीखोला घाटमा अन्त्येष्टि गरिने भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार बुढी खोला घाटमा […]

संखुवासभा सामूहिक हत्या : के भने फरेन्सिक डाक्टरले ? 

२२ भदौ, काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । धरानका चिकित्सकहरुले प्रारम्भिक जाँचबुझ गरेर टाउकोमा देखिएको गम्भीर चोटका कारण ६ जनाको मृत्यु भएको देखिएको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पछाडिबाट लौरो वा मुंग्रो जस्तो कुराले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या […]

संखुवासभा हत्या प्रकरण : राति पानी पर्‍यो, बिहानदेखि अनुसन्धान सुरु

२२ भदौ, विराटनगर । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि पुगेको टोलीले अनुसन्धान सुरु गरेको छ । सखुंवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको घटनास्थल पुगेको प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको हो । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोली […]

संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या, प्राविधिक पक्षको विश्लेषण गर्दै प्रहरी

२१ भदौ, विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ का शिक्षक योगेन्द्र ओझा सोमबार बिहानै आएको एउटा खबरले झस्किए । छिमेकमा परिवारै सखाप हुने गरी विभत्स हत्या भएको सुनेलगत्तै दौडिएर घटनास्थलतिर गए र उपमेयर उर्मिला नेपाललाई जानकारी गराए । केहीबेरमै स्थानीय वौद्धमान कार्कीको घरमा मानिसहरुको भिड लाग्यो, गाउँ नै शोकमा डुब्यो । ओझाका अनुसार कार्कीको ७ जनाको […]

संखुवासभा सामूहिक हत्या : शव भोलिमात्र उठाइने

२१ भदौ, विराटनगर । सोमबार बिहान मृत भेटिएका सखुंवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको शव मंगलबार मात्रै उठाइने भएको छ । सामूहिक हत्याको घटना अनुसन्धानका लागि विराटनगर र धरानबाट खटिएको प्रहरी टोली पुग्न समय लागेपछि मंगलबार मात्रै शव उठाइने प्रहरी अधिकारीहरुले बताएका छन् । हत्या प्रकरणको अनुसन्धानका लागि संघिय प्रहरी इकाई कार्यालय धरानका प्रहरी […]

संखुवासभा सामूहिक हत्या : चार ठाउँमा ६ जनाको शव

२१ भदौ, संखुवासभा । संखुवासभा सामूहिक हत्या प्रकरणमा ६ जनाको शव चार ठाउँमा भेटिएको छ । त्यही आधारमा अनुसन्धानमा संलग्न अधिकृतहरुले उनीहरुको हत्या लखेट्दै लखेट्दै भएको हुन सक्ने आशंका गरेका छन् । घटनास्थल पुगेका एक प्रहरीका अनुसार मादी नगरपालिका–१, खोलागाउँस्थित घरबाट ५० मिटर पर रहेको खोल्सामा दुई जना महिलाको शव भटिएको छ । घरबाट माथि […]