Comments Add Comment

संसदीय सुनुवाई

List Grid
संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्तिको तयारी

२१ माघ, काठमाडौं । संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी तथा सदस्यहरुलाई संसदीय सुनुवाईविनै नियुक्त गर्ने तयारी सरकारले गरेको छ । यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका नामलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्ने तयारी गरेको हो । आजै बिहान शपथ खुवाउने तयारी भैरहेको स्रोतको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय […]

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता श्रेष्ठको नाम अनुमोदन

१२ मंसिर, काठमाडौं । संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद् सदस्यमा प्रस्तावित वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको बैठकबाट श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन भएको हो । संसदीय अनुमोदनसँगै श्रेष्ठको चार वर्षका लागि परिषद् सदस्य बन्ने बाटो खुलेको छ । संसदीय समितिमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । सांसदहरूले […]

खतिवडालाई सांसदहरूको प्रश्न : किन अमेरिका जान खोज्नु भएको ?

२७ कात्तिक, काठमाडौं । गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडाले बिहीबार सांसदहरूको प्रश्नको सामना गरे । अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका उनले त्यही बेलामा अमेरिकाका लागि राजदूतमा सिफारिस भए ।   बिहीबार खतिवडालाई संसदीय सुनुवाई विशेष समितिका सदस्यहरूले विभिन्न प्रश्न गरे । सांसदहरूको प्रश्न थियो–अमेरिका नगइ […]

प्रस्तावित राजदूतको प्रतिवद्धता : युरोपमा नेपाली वायुयानको उडान

२५ भदौ, काठमाडौं । विहीबार जर्मनीका लागि प्रस्तावित राजदूत रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि प्रस्तावित राजदूत गेहेन्द्र राजभण्डारी संसदीय सुनुवाइ समितिमा उपस्थित भए । सुनुवाइका क्रममा  उनीहरुले नेपाली हवाइ  क्षेत्रलाई ईयूको कालोसूचीबाट  हटाउन  पहल गर्नेदेखि दाताले  दिने  रकम सरकारी च्यानलमार्फत ल्याउने प्रतिवद्धता जनाए । विगत पाँच वर्षदेखि नेपालको हवाई उडान क्षेत्र युरोपेली संघ […]

प्रस्तावित राजदूतको नाम सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन

२५ भदौ, काठमाडौं । सरकारले हालै सिफारिस गरेका तीन जना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो । अब उनीहरुले राष्ट्रपतिबाट नियुक्ति पाउनेछन् । […]

३ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाई सुरु

२५ भदौ, काठमाडौं । जर्मनी, युरोपियन युनियन र पाकिस्तानका लागि नेपाली राजदूतमा सिफारिस भएका तीन जनाको बिहीबारदेखि संसदीय सुनुवाई सुरु भएको छ । सरकारले सिफारिस गरेको बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको बिहीबार संसदको संसदीय सुनुवाई समितिमा सुनुवाई सुरु भएको हो । समिति सचिवालयका अनुसार तीनजना प्रस्तावित […]

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान

१२ भदौ, काठमाडौं । प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । केही दिनअघि राजदूत सिफारिस भएका बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काविरुद्ध शुक्रबार संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ । अबको १० दिनभित्र जो कोहीले सुनुवाई समितिसमक्ष राजदूत सिफारिस भएका […]

प्रधानमन्त्रीले पत्याएका ज्ञानेन्द्रका ‘कानुनी सल्लाहकार’ !

२० साउन, काठमाडौं । न्यायाधीश हुने लोभमा पदम बैदिकले राजीनामा दिएपछि न्याय परिषद् सदस्यमा लक्ष्मीबहादुर खड्का ‘निराला’को इन्ट्री सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदहरुका लागि ‘सरप्राइज’ थियो । नहोस् पनि किन ? निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा दिँदा सरकारका कानूनी सल्लाहकार अर्थात महान्यायाधिवक्ता थिए । निराला ११ पुस २०६२ देखि १५ वैशाख […]

सुनुवाइ समितिले माग्यो राजदूतको योग्यता र मापदण्ड

५ मंसिर, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारसँग राजदूतका लागि चाहिने योग्यता र नियुक्तिको मापदण्ड माग गरेको छ । बुधबार बसेको समितिको बैठकले सरकारसँग राजदूत नियुक्तिको मापदण्ड र योग्यता अध्ययनका लागि माग गर्ने निर्णय गरेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए । बैठकले भारतलगायत विभिन्न देशका राजदूतमा सिफारिस भएका व्यक्तिहरुविरुद्ध उजुरी आह्वान गर्ने […]

जोशी किन अस्वीकृत हुनुमा नेकपाले दियो ५ कारण

१८ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ । प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो । सत्तारुढ नेपाल […]

प्रधानन्यायाधीशमा जोशी किन अस्वीकृत ? नेकपाले दियो ५ कारण

१८ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ । प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिस्कारका बीच समितिले जोशीको नाम अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो । सत्तारुढ नेपाल […]

प्रस्तावित राजदूत उपाध्यायविरुद्ध तीन उजुरी, १२ गते सुनुवाई हुने

५ असोज, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्यायविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीन उजुरी परेको छ । सुनुवाई समितिको बुधबार बसेको बैठकले उजुरीहरु अध्ययनका लागि सदस्यहरुलाई वितरण गरिएको छ । उजुरीकर्ता मध्ये एक आगामी १२ गते समितिमा उपस्थित हुन समेत तयार भएका छन् । उपाध्याय भारतका लागि पूर्वराजदूत समेत हुन् । सरकार ढाल्न […]

सुनुवाई अघि नै राजदूतको नाम एग्रिमोका लागि पठाउने निर्णय भएको पुष्टि

१७ साउन, काठमाडौं । संसदीय सुनुवाई अघि नै प्रस्तावित राजदूतहरुको नाम सम्वन्धित देशमा एग्रिमोका लागि पठाउने निर्णय मन्त्रिपरिषद्बाट भएको पुष्टि भएको छ । संसदीय सुनुवाई विशेष समितिको सोमबारको बैठकमा मुख्यसचिव सोमलाल सुवेदी र परराष्ट्र सचिव शंकरदास वैरागीले नाम एग्रिमोका लागि पठाउने निर्णय भएको स्वीकार गरे । तर, यसबारे आफूहरुले थप भन्न नसक्ने भन्दै प्रधानमन्त्री वा […]

संसदीय सुनुवाईमा सपनाको प्रश्नः सभासद भएकै भरमा म जीवनभर अयोग्य भएँ ?

१३ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सपना मल्ल प्रधानलाई राजनीतिक आवद्धतता र निष्पक्षतालाई लिएर प्रश्न उठाएका छन् । तर, जवाफमा उनले प्रतिप्रश्न गरेकी छन् । बिहीबार भएको सुनुवाईका क्रममा कांग्रेस सांसदहरु डा. प्रकाशशरण महत, आनन्दप्रसाद ढुंगाना, बालकृष्ण खाण लगायतले विगतमा एमालेको सभासदको रुपमा काम गरेको पृष्ठभूमि रहेको अवस्थामा तपाईंले […]

प्रस्तावित न्यायाधीशको सुनुवाई आइतबारबाट

३० असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित न्यायाधीशहरुको आइतबारबाट सुनुवाई गर्ने भएको छ । समितिको बिहीबार बसेको बैठकले उजुरीकर्तासँग छलफल गरेको थियो । समितिले प्रस्तावित न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्ने एक जना उजुरीकर्तासँगको छलफलपछि सुनुवाइको मिति तय गरेको सचिव ध्रुवप्रसाद घिमिरेले जानकारी दिए । साथै बैठकले कार्यविधि पनि संशोधन […]

सुशीला कार्की सुनुवाई समितिबाट अनुमोदित, प्रधानन्यायाधीश बन्ने बाटो खुल्यो

२६ असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित सुशीला कार्कीलाई अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकमा कार्कीमाथि लागेका आरोपहरुमाथि छलफल गरेपछि सदस्यहरुले अनुमोदन गरेका हुन् । बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचार लगायतका आरोपहरू अस्वीकार गरिन् । आफूलाई श्रीमान र भगवानसँग डर लाग्ने भन्दै उनले भ्रष्टाचार गरेको भए आफ्नो सम्वन्ध विच्छेद भइसक्ने […]

सुनुवाई समितिबाट अयोधी अनुमोदित

२४ असार, काठमाडौं । व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिको शुक्रबार बसेको बैठकमा यादवको सुनुवाई भएको थियो । लगत्तै बैठकले यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय समितिको अनुमोदनसँगै यादवलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति गर्ने बाटो खुलेको छ । संवैधानिक परिषदको सिफारिस संसदीय […]