Comments Add Comment

संसद विघटनको विरोध

List Grid
सुर्खेतमा कांग्रेसका भ्रातृ संगठनद्वारा विरोध प्रदर्शन

१९ माघ, सुर्खेत । नेपाली कांग्रेसका १३ वटा भ्रातृ संगठनहरुले संसद विघटनको विरोधमा सोमबार सुर्खेतमा संयुक्त प्रर्दशन गरेका छन् । संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासनको विरोधमा उनीहरुले विरोध प्रर्दशन गरेका हुन् । ओली सरकार अलोकतान्त्रिक बाटोमा हिँड्न खोजेको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्का नाराबाजी समेत गरेका थिए । सभालाई सम्बोधन […]

आन्दोलनकारीमाथि कारबाही गर्नेलाई नोटिसमा राखेका छौं : योगेश भट्टराई

१९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध अनेरास्ववियूले सोमबार बानेश्वरमा गरेको शान्तिपूर्ण विरोध कार्यक्रम सकेर फर्कने क्रममा विद्यार्थी नेता प्रशुन कार्कीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै सो समूहले घटनाको निन्दा गरेको हो । नेकपा प्रचण्ड-माधव समूहका […]

संसद भवन अगाडि प्रहरी र विद्यार्थीको धकेलाधकेल

१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले सोमबार नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । फ्ल्यास मब नाम दिइएको प्रदर्शनका क्रममा आकस्मिक रुपमा जम्मा भएका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । मानिसहरुको समूह सार्वजनिक स्थानमा आकस्मिक रुपमा जम्मा हुनु र छोटो समयमा आफ्नो कला वा कलात्मक प्रदर्शन गर्नुलाई फ्ल्यास मब भन्ने गरिन्छ […]

संसद विघटनविरुद्ध नेपाल नागरिक समाजको विरोध

१६ माघ, काठमाडौं । नेपाल नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले गरेको संसद विघटनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र महासचिव डीपी अर्यालले आफ्नो असफलता र अकर्मण्यता लुकाउन प्रतिनिधि सभा विघटन गरेको भन्दै यसको विरोध गरेको हो । नेपाली जनताको लामो संघर्ष र बलिदानी […]