Comments Add Comment

सलिनमान बनियाँ

List Grid
अनमोलदेखि सलिनसम्म: जसको फिल्म यो वर्ष रिलिज भएनन्

नेपालीहरुले यो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत घर भित्रै बसेर गर्नुपर्नेछ । किनकी, सरकारले बैशाख ३ गतेसम्मलाई लकडाउन घोषणा गरिसकेकाले नयाँ वर्षको कुनै कार्यक्रम हुने छैनन् । नेपाली चलचित्र क्षेत्रमा त फागुनको १६ गतेदेखि नै नयाँ चलचित्रको रिलिज भएको छैन। बैशाख १८ गतेसम्म त हलहरु सबै बन्द नै छन् । यसैले पनि नेपाली चलचित्रको […]

प्रेमिकासँग सलिनमान

नायक सलिनमान बनियाँ धेरै सोचेर कम चलचित्र खेल्ने नायकमा पर्छन् । सलिनले करिअर सुरुवात गरेको पनि लामो समय भएको छैन । ‘ए मेरो हजुर २ र यात्रा’ उनले काम गरेका चलचित्र हुन् । पहिलो चलचित्रबाट नै सलिनमानले राम्रो क्रेज बनाएका छन् । चकलेटी अनुहारका सलिनमानको स्टारडम छोटो समयमा नै राम्रो बनेको छ । उनै, सलिनमान […]

चुजी सलिनमान, राम्रो स्क्रिप्ट नपाउँदा फिल्म खेल्न सकेनन्

नायक सलिनमान बनियाँले अभिनय गरेको चलचित्र ‘यात्रा’ रिलिज भएको ८ महिना भयो । यो ८ महिनामा सलिनको हातमा स्क्रिप्ट नपरेका होइनन् । तर, उनले नयाँ चलचित्रमा साइन गरेको खबर छैन । बरु, उनी ‘यात्रा’ चलचित्रका निर्देशक सम्राट शाक्यको निर्देशनमा बन्ने चलचित्रमा नै काम गर्ने तयारीमा छन् भन्ने खबर सार्वजनिक भैरहेका छन् । सलिनमान भने आफूले […]

सलिनमानले जिते ‘उत्कृष्ट नायक’को अवार्ड(फोटो फिचरसहित)

नायक सलिनमान बनियाँको आज जन्मदिन हो । सलिन आज आफ्नो जन्मदिन घरपरिवार र साथीभाइसँग सेलिव्रेशन गरिरहेका छन् । सलिनमान बनियाँले चलचित्र ‘ए मेरो हजुर २’बाट यो क्षेत्रमा पाइला राखेका थिए । उनै, सलिन दोश्रो चलचित्र ‘यात्रा’सम्म आइपुग्दा खारिएका छन् । जन्मदिनको अघिल्लो दिन उनका लागि नयाँ खुशी पनि मिलेको छ । काठमाण्डौमा आयोजना भएको ‘डी […]

मलिकासँग रोमान्टिक सलिन

चैत्र २९ गतेबाट रिलिज भएको चलचित्र ‘यात्रा’को प्रेमगीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘फ्लाइङ्ग’ बोलको गीतमा नायक सलिनमान बनियाँ र नायिका मलिका महत्तलाई रोमान्टिक अवतारमा देखाइएको छ । प्रविण सिंहको कोरियोग्राफी रहेको यो भिडियोलाई पोखरामा खिचिएको छ । गीतमा सुगम पोखरेल र मेलिना राइको स्वर, प्रतिक पौडेलको शब्द तथा संगीत छ । निर्देशक सम्राट […]

सलिनको एक्सन हेर्दा चिनिया कलाकार जुन दंग

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘यात्रा’लाई दर्शकले मन पराएका छन् । एउटा फरक कथामा बनेको चलचित्र भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् । सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, राजाराम पौडेल, धिरेन शाक्य लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । चलचित्रमा केशव भट्टराई प्रस्तुतकर्ताको रुपमा छन् […]

जब बडिगार्डसहित सलिनमान हल पुगे….

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘यात्रा’ले राम्रो व्यापार गरिरहेको छ । चलचित्रले शुक्रबार र शनिबार राम्रो व्यापार गरेको निर्माता सुशिल पोखरेलले जानकारी दिए । आइतबार भने चलचित्रको टिमले काठमाण्डौका केही हलमा पुगेर दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरेको छ । आइतबार काठमाण्डौको गोपीकृष्ण मुभिजमा नायक सलिनमान बनियाँ, नायिका मलिका महत्त, कलाकार सलोन बस्नेत लगायतको टिम पुगेको थियो । […]

‘यात्रा’मा सलिनको तारिफयोग्य काम

चलचित्र ‘ ए मेरो हजुर २’मा नायक सलिनमान बनियाँले काम गर्दा धेरैले उनलाई अभिनय गर्न कमजोर भएपनि अनुहारका कारणले चलेको आरोप लगाएका थिए । तर, चलचित्र ‘यात्रा’ हेरेपछि भने नायक सलिनमान बनियाँको तारिफ नै तारिफ भएको छ । सलिनमानले चलचित्रका लागि गरेको मिहिनेत प्रशंसनिय छ । नायक बनियाँ अभिनित यो चलचित्र शुक्रबारदेखि देशभर हलमा लागिरहेको […]

दर्शकले भने–‘यात्रा उत्कृष्ट फिल्म’

आज शुक्रबारदेखि देशभर हलमा रिलिज भएको ‘यात्रा’लाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । शुक्रबार बिहान काठमाण्डौको गोपीकृष्ण मुभिजमा पुग्दा दर्शकले चलचित्रलाई उत्कृष्ट भने । चलचित्र कस्तो लाग्यो, दर्शकसँग यो प्रश्न सोध्दा प्रतिक्रिया आयो–‘चलचित्रले मन छोयो ।’ कतिपय दर्शकले नायक सलिनमान बनियाँको कामलाई तारिफ गरे । कतिपय दर्शकले आँखा नदेख्ने गायिकाको भूमिकामा देखिएकी नायिका मलिका महत्तको […]

सलिन र मलिकाको ‘यात्रा’ रिलिज

आज शुक्रबारदेखि चलचित्र ‘यात्रा’ नेपालभरका हलमा रिलिज भएको छ । सम्राट शाक्यको निर्देशनमा तयार भएको यो चलचित्रलाई देशभरका अधिकांश हलमा रिलिज गरिएको छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको चलचित्रलाई केशव भट्टराइले प्रस्तुत गरेका हुन् । चलचित्रमा सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ । […]

कस्तो होला ‘ए मेरो हजुर ३’ र ‘यात्रा’को इनिसियल व्यापार ?

भोली शुक्रबारदेखि रिलिज हुन लागेका दुई चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’को व्यापार कस्तो होला भन्ने कौतुहलतामा चलचित्र क्षेत्र चनाखो बनेको छ । यूवापुस्तामाझ लोकप्रिय मानिएका नायक अनमोल केसी र चकलेटी नायक सलिनमान बनियाँको अभिनय रहेका कारण पनि यी दुई चलचित्रलाई लिएर कौतुहलता बढ्नु स्वभाविक हो । भोलीबाट रिलिज हुने यी दुई चलचित्रलाई मल्टिप्लेक्समा […]

‘हो, मलाई ‘यात्रा’ले बदल्यो’: सलिनमान बनियाँ

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘यात्रा’लाई लिएर नायक सलिनमान बनियाँ उत्साहित छन् । उनी यो चलचित्रमा आफूले हरेक कुरामा मिहिनेत गरेको स्पष्ट पार्छन् । सलिनमानले भने–‘चलचित्रमा एक्सन गर्न पनि निकै गाह्रो भयो । मैले पहिले यस्तो एक्सन गरेको थिइनँ ।’ के तपाइलाई ‘यात्रा’ चलचित्रले बदलेको हो, सलिनमानले जवाफ दिए–‘हो, मलाई यो चलचित्रले बदल्यो । म […]

‘यात्रा’को ‘डुली डुली’ रिलिज, मलिकाको आकर्षक प्रस्तुती

चैत्रको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’मा समावेश तेश्रो गीत ‘डुली डुली’ सार्वजनिक भएको छ । मेलिना राइको आवाजमा समावेश यो गीतमा दिभेष उप्रेती र प्रतिक पौडेलको शब्द, कोविड बज्र र प्रतिक पौडेलको संगीत छ । यो गीतमा नायिका मलिका महत्तलाई मुख्य रुपमा फोकस गरिएको छ । दुबै आँखा नदेख्ने मलिकाको सांगीतिक कार्यक्रममा यो […]

मेरो हेयर स्टाइल र ड्रेसअप कथाकै माग : सलिनमान (भिडियो कुराकानी)

नायक सलिनमान बनियाँ आफूलाई ‘राइजिङ स्टार’ स्विकार गर्न तयार छैनन् । २ वटा चलचित्रमा काम गरेका सलिन आफू कलाकार मात्र भएको बताउँछन् । चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को प्रमोशनमा व्यस्त सलिन चलचित्रको कथावस्तु शक्तिशाली भएको बताउँछन् । चलचित्रमा नव–नायिका मलिका महत्त पनि छिन् । उनी, यो चलचित्रमा आँखा नदेख्ने यूवतीको भूमिकामा छिन् […]

मेरो हेयर स्टाइल र ड्रेसअप कथाकै मागः सलिनमान(भिडियो कुराकानी)

नायक सलिनमान बनियाँ आफूलाई ‘राइजिङ स्टार’ स्विकार गर्न तयार छैनन् । २ वटा चलचित्रमा काम गरेका सलिन आफू कलाकार मात्र भएको बताउँछन् । चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को प्रमोशनमा व्यस्त सलिन चलचित्रको कथावस्तु शक्तिशाली भएको बताउँछन् । चलचित्रमा नव–नायिका मलिका महत्त पनि छिन् । उनी, यो चलचित्रमा आँखा नदेख्ने यूवतीको भूमिकामा छिन् […]

सलिनसँग ‘र्यापिड फायर’: ‘दुम्सी’ भन्नेलाई यस्तो जवाफ, धेरै फोन प्रेमिकालाई’

नायक सलिनमान बनियाँलाई कतिपयले ‘राइजिङ स्टार’ भन्छन् त कतिपयले ‘स्टाइलिस्ट स्टार’ पनि भन्छन् । तर, सलिनमान यी दुबै कुरा मान्न तयार छैनन् । चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को प्रमोशनमा दौडिरहेका सलिनसँग अनलाइनखबरले ‘ओके र्यापिड फायर’मा रहेर कुराकानी गरेको छ । सलिनसँग गरिएको ‘ओके र्यापिड फायर’को भिडियो यहाँ हेर्नुहोस्ः १. अहिलेसम्म गरेको लामो […]

अनमोलसँग भिडन्तबारे सलिन भन्छन्–‘मेरो प्रतिस्पर्धा नम्बर १ सँग’

नायक सलिनमान बनियाँलाई यतिबेला चर्को दबाब छ । उनी अभिनित चलचित्र ‘यात्रा’ चैत्र २९ गतेबाट रिलिज हुँदैछ । यो मितिमा नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि रिलिज हुँदैछ । यो मितिमा अनमोल र सलिनको भिडन्त हुने भएपछि धेरैले प्रतिस्पर्धाको रुपमा पनि लिएका छन् । सलिन यो कुरा स्विकार पनि गर्छन् । […]

‘यात्रा’ ट्रेलरमा सलिनको एक्सन, मलिका गायिका

चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थी, उनीहरुको योजना, गाउँमा मिठो स्वर भएकी एक यूवती, उनको करिअरमा ती विद्यार्थीले ल्याएको परिवर्तनलाई उठान गरिएको छ । चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु […]

कलेजका विद्यार्थीसँग सलिनको सेल्फी र डान्स

चलचित्र ‘यात्रा’लाई लिएर नायक सलिनमान बनियाँ गम्भिर देखिएका छन् । उनले, यसपटक प्रमोशनको कुनै पनि कसर छाडेका छैनन् । होली होस् या कलेज टुर, उनको उपस्थिती बलियो देखिएको छ । यसैक्रममा उनी चलचित्र प्रमोशनका लागि हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना भएको ‘एलए कल्चर फेस्ट २०१९’ […]

मलिकासँग सलिमानको होली(फोटो फिचरसहित)

बुधबार देशका पहाडी भूभाग तथा बिहिबार तराइका भूभागमा रंगहरुको पर्व होली मनाइदैछ । तर, चलचित्र ‘यात्रा’का कलाकारले भने होली खेलिसकेका छन् । चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्रका कलाकारले एक आपसमा होली खेलेका हुन् । एकअर्कालाई रङ्ग तथा अविर लगाउदै फिल्म युनिटले होली मनाएको हो । नायक सलिनमान बनियाँसँगै डेब्यु गर्ल मलिका महत , […]

औद्योगिक मेलामा सलिन पुग्दा देखियो यस्तो क्रेज

नायक सलिनमान बनियाँ हेटौडामा आयोजित ‘औद्योगिक मेला’मा पुग्दा उनलाई हेर्न हजारौ दर्शक पुगेका छन् । फागूण १६ गतेदेखि चलिरहेको औद्योगिक मेलामा २० हजार भन्दा बढी दर्शक उपस्थित भएका थिए । सलिनसँगै चलचित्रका मुख्य कलाकार सलोन बस्नेत, मलिका महत्त, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य, निर्माताहरु सुशिल पोखरेल, केशव भट्टराई र चिजकुमार श्रेष्ठ मेलामा […]