Comments Add Comment

सारा सिर्पाली

List Grid
‘गुञ्जन’मा साराको यस्तो लुक्स

द्धन्द्ध निर्देशक अष्ट महर्जनको निर्देशनमा तयार भैरहेको चलचित्र ‘गुञ्जन’को सेटबाट नायिका सारा सिर्पालीको लुक्स बाहिरिएको छ । यो चलचित्रको मंगलबारदेखि छायांकन पनि सुरु भैरहेको छ । प्रेमकथामा तयार हुन लागेको चलचित्रमा नव–कलाकार प्रितम सेन्चुरी र नायिका सारा सिर्पालीको जोडी देख्न पाइनेछ । चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, कविर खड्का, रोहन शाही लगायतका कलाकारको मुख्य भूमिका […]

सारासँग कविर र प्रितमको रोमान्स

द्वन्द्व निर्देशकको रुपमा चलचित्र क्षेत्रमा लामो समय बिताएका अष्ट महर्जनले चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् । उनको निर्देशनमा बन्ने चलचित्रका लागि मुख्य कलाकार पक्का भइसकेका छन् । यो चलचित्रमा नायिका सारा सिर्पाली, कलाकार कविर खड्का, र प्रितम सेन्चुरी र नायक सरोज खनाल पक्का भएका छन् । निर्देशक महर्जनका अनुसार, यी सबै कलाकार चलचित्रका लागि […]

साराको दाबी–‘अफर आइरहेको छ, फिल्म फ्लप हुँदा आफूलाई होल्ड मात्र गरेकी हुँ’

नायिका सारा सिर्पालीलाई ‘अनलक्की’ नायिका भन्दा के होला ? सायदै फरक पर्दैन । किनकी, उनको सुन्दरताको चर्चा चलचित्र बजारमा खुबै हुन्छ । तर, उनलाई दर्शकले पत्याउन सकेका छैनन् । उनले अभिनय गरेका ३ चलचित्र लगातार असफल हुनुले पनि यो कुराको दरिलो प्रमाण पेश गर्छ । डेब्यु चलचित्र ‘रुद्र’बाट नै असफलता भोगेकी साराले ‘पिंजाडा ब्याक अगेन’ […]

शिल्पा र साराको एउटै समस्या

शिल्पा मास्के चलचित्र क्षेत्र राम्रैसँग वुझेकी नायिका हुन् । चलचित्रमा टिकटक र युटुबमा भाइरल भएका व्यक्तिहरुलाई खेलाएर कलाकारिताको अपमान भएको भन्दै उनले दिएको बयान चर्चामा छ । नायिका शिल्पा मास्केको कुरा सुन्दा उनी चलचित्र क्षेत्रलाई राम्रोसँग वुझेकी छिन् भन्ने लाग्छ । तर, शिल्पालाई चलचित्र हिट नहुँदा समस्या भएको छ । उनले अभिनय गरेका २ वटा […]

कसको प्रेममा छिन् सारा ?

नायिका सारा सिर्पालीलाई ‘सुश्री सम्पत्ती’ असफल भएपछि राम्रा ब्यानरबाट अफर गएको छैन । पछिल्लो रिलिज ‘जात्रै जात्रा’को एउटा गीतमा नृत्य गर्नुबाहेक साराका लागि चलचित्र क्षेत्र त्यती सुखद देखिएको छैन । सारा राम्रो चलचित्र र राम्रो ब्यानरको खोजीमा छिन् । तर, उनलाई यी सबै कुराले लक लागेको छैन । तर, नायिका सारा सिर्पाली अहिले गहिरो प्रेममा […]

फिल्मी बिहेमा खुलेकी सारा

यो बर्ष रिलिज भएको चलचित्र ‘सुश्री सम्पत्ती’मा काम गरेकी नायिका सारा सिर्पाली यसपछि केही सुस्ताइन् । यो चलचित्र चलिदिएको भए उनी अन्य चलचित्रमा व्यस्त हुने पक्का थियो । तर, चलचित्र नचल्दा सारालाई केही समस्या भएको छ । तर, सारा म्यूजिक भिडियो, चलचित्रमा अतिथी कलाकारको रुपमा भने व्यस्त छिन् । हालैमात्र, उनले चलचित्र ‘जात्रै जात्रा’मा समावेश […]

‘जात्रै जात्रा’मा करिश्मा, निश्चल, सारा, विपिन र बर्षाको छमछमी

चलचित्र ‘जात्रै जात्रा’को हाल एक गीतको छायांकन भैरहेको छ । काठमाण्डौको नर्लिङ रिसोर्टमा बिहेको सेट लगाएर यो चलचित्रको गीतको छायांकन गरिएको हो । ‘माया पिरिम’ बोलको गीतमा मनिषा पोखरेल र निशान भट्टराइको स्वर, लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत छ । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् भने चलचित्रमा शिवराम श्रेष्ठको छायांकन छ […]

फितलो भूमिकामा पनि नायिकाको ठूलो हल्ला

  हुनत, चलचित्र क्षेत्र भनेकै हल्ला गरेर विक्ने र टिक्ने ठाउँ हो । हल्ला गर्न सकिएन भने राम्रो काम गरेर पनि टिक्न मुश्किल पर्छ भनिन्छ । तर, कहिलेकाही कलाकारले नचाहिदो हल्ला गरिदिन्छन् । जसलेगर्दा, उनीहरुको भूमिका र कामलाई लिएर ठूलै आशा राखेका दर्शकले चलचित्र चलेपछि भने निराश हुनुपर्छ । नेपाली चलचित्रका कलाकारहरुमा देखिने यस्तो खालको […]

कर्णदासको ‘तिमी टाढा’मा साराको रोमान्टिक अवतार

नायिका सारा सिर्पालीलाई निकै आकर्षक देखाउँदै निर्देशक बसन्त निरौलाले एक म्यूजिक भिडियो तयार पारेका छन् । कर्ण दास र प्रश्ना शाक्यको आवाजमा समावेश ‘तिमी टाढा कता कता’ बोलको गीतमा साराको रोमान्टिक अवतारले दर्शकलाई लोभ्याउन सक्छ । भिडियोमा साराको साथमा विजय कार्कीले मोडलिङ गरेका छन् । गीतमा किशोर दत्त बरालको शब्द, कर्ण दासको संगीत छ । […]

पुरा हुन बाँकी साराको सपना

नायिका सारा सिर्पालीले अभिनय गरेको चलचित्र ‘सुश्री सम्पत्ती’ शुक्रबारदेखि हलमा चलिरहेको छ । यो चलचित्रको व्यापार औषत छ । ‘सारा कहिले हिट होलिन् ?’ भन्ने प्रश्नबाट कहिले मुक्त हुनुहोला भन्ने प्रश्नमा साराले ‘सुश्री सम्पत्ती’ रिलिजपछि भनेकी थिइन् । यसैले पनि साराको सपना पुरा भयो कि अधुरै रह्यो, चर्चा गर्न आवश्यक छ । चलचित्र हेर्ने दर्शकले […]

रिलिज भयो कमेडी कथाको ‘सुश्री सम्पत्ती’

नेपालमा कमेडी चलचित्र निर्माणमा बाढी नै आएको छ । यो चलचित्र निर्माणमा धेरै निर्माताहरु अघि सरिरहेका छन् । यही क्रममा निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेको दोश्रो चलचित्र ‘सुश्री सम्पत्ती’ आजबाट रिलिज भएको छ । २ घन्टा लामो यो चलचित्रले दुई यूवा र उनीहरुको एक यूवतीप्रतिको मोहलाई चलचित्रले उठान गरेको छ । यो चलचित्रमा सलोन बस्नेत, […]

‘रुद्र’बाट डेब्यू गरेर सन्तुष्ट छैन, बरु मलाई मेरो भ्वाइसले चिनायो’: सारा

चलचित्र ‘रुद्र’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेपनि नायिका सारा सिर्पाली आफ्नो डेब्यू चलचित्रबाट खासै सन्तुष्ट छैनन् । किनभने, यो चलचित्रबाट आफूले कुनै पनि परिचय बनाउन नपाएको उनको गुनासो छ । उनले भनिन्–‘मैले मनदेखि भन्नुपर्दा म ‘रुद्र’बाट सन्तुष्ट छैनँ । किनकी, यो चलचित्रले मलाई कुनै पनि चिनारी दिलाएन । पहिलो चलचित्रबाट मैले एउटा परिचय पाएको भए अहिले […]

साराको रोजाइमा निखिल कि अनमोल ?(भिडियो)

शुक्रबार अर्थात मंसिर २८ गतेबाट चलचित्र ‘सुश्री सम्पत्ती’ रिलिज हुँदैछ । यो चलचित्रमा शिर्ष भूमिकामा नायिका सारा सिर्पाली देखिएकी छिन् । सारा नेपाली चलचित्रमा उदाउने क्रममा छिन् । तेश्रो चलचित्रसम्म आइपुग्दा उनी करिअरलाई लिएर गम्भिर र मिडियामा जवाफ दिने क्रममा खुल्ने भएकी छिन् । कमेडी कथाको यो चलचित्रले रुवाउने पनि सारा बताउँछिन् । उनले अनलाइनखबरसँग […]

साराको मायाको पासोमा को फस्यो ?

नायिका सारा सिर्पाली र मोडल सुनिल क्षेत्रीको अभिनय रहेको ‘मायाको पासो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । दिपक कुमार र मेलिना राइको स्वर रहेको यो गीतमा नेत्र काफ्लेको संगीत छ । भिडियोलाई सुनिल न्यूरेले निर्देशन गरेका हुन् । भिडियोमा निराजन र यूमीको कोरियोग्राफी, बिशु न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन छ । भिडियोमा सुनिल […]

‘सुश्री सम्पत्ती’को व्यापार, साराका लागि साहारा

आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’लाई लिएर यसकी नायिका सारा सिर्पाली उत्साहित छिन् । साराको यो तेश्रो प्रोजेक्ट हो । उनी लगातार असफलताको ह्याट्रिकबाट बच्न चाहन्छिन् । यसका लागि उनको यो चलचित्र चल्न आवश्यक छ । कमेडी कथामा निर्माण भएको यो चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । ‘अधकट्टी’ चलचित्र निर्देशन गरेर ठूलो […]

‘क्यालेन्डर यूएसए’मा सारादेखि सम्पदासम्म

अमेरिकामा रहेर नेपाली कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली नायिका तथा मोडलहरुलाई देख्न सकिन्छ । सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ । ‘क्यालेन्डर यूएसए–२०१९’ शिर्षक राखिएको क्यालेन्डरमा समावेश फोटोहरु महेश प्रधान, विक्रान्तमान श्रेष्ठले खिचेका हुन् । यो समुहले यस अगाडि पनि क्यालेन्डर सार्वजनिक गरिसकेको […]

अनमोलको स्पष्टिकरणः सारासँग भेट पनि भएको छैन, यो हल्लाले अचम्मित छु’

केही दिन यता नेपाली मिडियामा नायक अनमोल केसी र नायिका सारा सिर्पालीविचको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । साराले अनमोल आफ्नो साथी मात्र भएको र कहिलेकाही भेट हुने गरेको बताएकी छिन् । यो बिषयमा नायक अनमोल केसीले अहिलेसम्म मुख खोलेका थिएनन् । तर, पहिलो पटक अनलाइनखबरसँग कुरा गर्दै अनमोलले सारासँगको प्रेमको बिषयमा मुख खोलेका छन् […]

साराको मुस्कानमा अड्किएको अनमोलसँगको प्रेम

नायक अनमोल केसी यूवतीहरुको लागि ढुकढुकी नै छन् । अनमोल केसीको जिन्दगीमा अहिलेसम्म यूवती आएको चर्चा खासै सुनिदैन । चलचित्र ‘जेरी’ रिलिजको समयमा आना शर्मासँग उनको प्रेमको चर्चा भएको थियो । तर यसपछि अनमोल प्रेमको खबरले खासै चर्चामा छैनन् । अहिले नेपाली मिडियामा अनमोल केसीको प्रेमको खबर सार्वजनिक हुन थालेको छ । नायक केसी र […]

राम्रो कथा खोज्दै सारा

नायिका सारा सिर्पालीको रुप र कामको प्रशंसा खुबै हुन्छ । तर, उनले २ वटा चलचित्र रिलिज हुँदासम्म पनि जुन खालको चर्चा पाउनुपर्ने हो, त्यो पाएकी छैनन् । यसैले पनि सारा अहिले राम्रो कथाको खोजीमा छिन् । साराले भनिन्–‘हो, मलाई अझै पनि दर्शकले नोटिस गर्नु भएको छैन । यसैले, दर्शकले नै नोटिस गर्ने खालको राम्रो कथाको […]

कमेडी नै कमेडीले भरिएको ‘सुश्री सम्पत्ती’को ट्रेलर

चलचित्र ‘सुश्री सम्पत्तीको कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ३ मिनेट लामो ट्रेलरमा मुख्य कलाकारद्धय सलोन बस्नेत र विनोद न्यौपानेको कमेडी मात्र हेर्न सकिन्छ । चलचित्रको शिर्ष भूमिकामा नायिका सारा सिर्पाली देखिएकी छिन् । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई संचारकर्मी सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । रमेश त्वायना प्रस्तुतकर्ता […]

साराको भुतुक्कै बनाउने सुन्दरता

चलचित्र करिअर सुन्दरता र अभिनयले मात्र चम्किदैन । कतिपय समयमा भाग्यले पनि साथ दिन पर्छ । नायिका सारा सिर्पालीलाई भाग्यले मात्र साथ दिन बाँकी छ । उनको सुन्दरताले त धेरैलाई भुतुक्क नै बनाउँछ । चलचित्र ‘रुद्र र पिजडा ब्याक अगेन’मा काम गरेपछि साराले चलचित्र क्षेत्रमा दरिलो स्थान बनाउने अपेक्षा गरिएको थियो, तर त्यो पुरा भएन […]