Comments Add Comment

सिताराम हाछेथु

List Grid
ललितपुरको नगर प्रहरीले अब लाठी नबोक्ने

१९ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले अब लाठी नबोक्ने भएको छ । महानगरपालिकाले लिएको नीतिअनुसार नगर प्रहरी बलले लाठी नबोक्ने निर्णय गरेको प्रमुख सिताराम हाछेथुले बताए । २०५५ सालबाटै नगर प्रहरीलाई लाठी बोक्न अनिवार्य गरिएको थियो । तर, नगर प्रहरीको भूमिका जनतासँग सहकार्य गर्ने भएको भन्दै ललितपुर महानगरपालिकाले लाठी नबोक्ने नीति लिएको हो […]

ललितपुरका अवैध होडिङ बोर्डमा हाछेथुको टोलीले लगायो कैंची

१३ असोज, ललितपुर । मंगलबार बिहान ललितपुरमा नगर प्रहरीको एक टोली निस्कियो, अग्रपंक्तिमा थिए, पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु । ललितपुर महानरपालिकाको नगर प्रहरी बलका प्रमुख रहेका हाछेथुको नेतृत्वमा विहान ललितपुरका मुख्य शहरी क्षेत्रमा जथाभावी अवैध रूपमा राखिएका होडिङ बोर्ड काटियो, च्यातियो, निकालियो र फ्याँकियो । होर्डिङ बोर्ड हटाउन सर्वोच्च अदालतले आदेश दिएको ५ […]

नगर प्रहरीमा हाछेथुको पहिलो अभियान : ग्यारेजमुक्त फुटपाथ

२९ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले (सडकपेटी) फुटपाथ  अतिक्रणविरुद्ध अभियान सुरु गरेको छ । नगर प्रहरी बलको प्रमुखमा नियुक्त भएलगत्तै पूर्व ट्राफिक प्रहरी निरीक्षक समेत रहेका सिताराम हाछेथुले पसल-कबल लिएर फुटपाथमा समान थुपर्नेविरुद्ध कारवाही अभियान सुरु गरेका छन् । हाछेथुका अनुसार पहिलो चरणमा ललितपुर महानगरभित्र रहेका ग्यारेजहरुबाट फुटपाथ अतिक्रमण हटाउन सुरु गरिएको […]