- Home
- सीमा अतिक्रमण
सीमा अतिक्रमण
२८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गरेको जिकिर गर्दै यस विषयमा सरकारी मौनता राष्ट्रघात भएको दावी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको भन्दै कांग्रेसले सरकारको मौनता दुखद, लज्जास्पद र आपत्तिजनक भएको बताएको छ […]
१९ असोज, काठमाडौं । भारतसँग वार्ता गर्नु अगाडि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालसँग भएका ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्ने र त्यसलाई लिपिवद्ध गर्ने उदेश्यले सरकारले गठन गरेको कार्यदलले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । आइताबार बेलुका प्रतिवेदन बुझाएको स्रोतले बतायो । प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाउने भनिए पनि अन्तिम समयमा आएर परराष्ट्रमन्त्रीलाई बुझाइएको हो […]
८ असोज, काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको टिप्पणी भनेको छ । हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबर आएपछि सरकारले खण्डन गरेको थियो । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेका थिए । […]
७ असोज, काठमाडौं । सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ । पछिल्लो समय चीनले नेपाली भूमिमा ९ वटा भवन बनाएको खबर आइरहेका बेला बुधबार परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् । मन्त्री ज्ञवालीका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला […]
६ असोज, सुर्खेत । हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ । नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्ययनमा गएको थियो । टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चिनियाँ पक्षले […]
२२ असार, रौतहट । भारतले रौतहटको इशनाथ नगरपालिका-१ बन्जरहामा दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेको पाइएको छ । नेपाल भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा भारतीय पक्षले दशगजा क्षेत्रको करिब दुई मिटर मिचेर बाँध बनाएको प्रमाणित भएको छ । दुवै देशको सर्वे टोलीको सहमतिमा पिलर नं. ३४६–५ देखि ३४६–७ सम्मको बीचको मोडमा […]
१३ असार, काठमाडौं । वार्तामा बस्न नेपालले गरेको पटक–पटकको आग्रहलाई भारतले अस्वीकार गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकलाई शुक्रबार जानकारी दिए । नेपालले सीमा अतिक्रमणका विषयमा वार्तामा बस्न पटक–पटक गरेको औपचारिक र अनौपचारिक प्रयासलाई वेवास्ता गरेको मन्त्री ज्ञवालीको भनाइ छ । गत कार्तिक यता नेपालले गरेको वार्ता प्रस्तावलाई भारतले […]
१० असार, काठमाडौं । चीनले नेपालको भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउने पहल गर्न माग गर्दै संघीय संसदको प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका सांसदहरु देवेन्द्रराज कंडेल, सत्यनारायण शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गरेका हुन् । ‘नेपालका विभिन्न जिल्लाहरु दोलखा, हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा […]
४ असार, काठमाडौं । भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडक बनाएको कुरा नेपाल सरकारले त्यतिबेला थाहा पायो, जब सडक निर्माण सम्पन्न भएर भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरे । सिंहले टि्वटरमार्फत यो जानकारी नदिएको भए वा उनको टि्वटलाई सञ्चारमाध्यमले स्थान नदिएको भए दशकौं लगाएर नेपाली भूमिमा भारतले सडक निर्माण गरेको नेपाल सरकारलाई थाहा […]
२१ जेठ, परासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सुस्ता गाउँपालिका–५ सुस्ताको १४ हजार ५०० हेक्टर भारतले अतिक्रमित गरिसकेकाले नयाँ नक्सामा सुस्ताको क्षेत्रफल […]
बेलायत । नेपालको लिपुलेक भूभाग मिचेर भारतले बाटो बनेपछि अहिले नेपाल- भारत सम्बन्धमा एउटा तरंग आएको छ। संसारभर रहेका नेपालीहरुले यस बारेमा बिभिन्न प्रतिक्रिया जनाइरहेका छन् । यसैबीच बेलायतमा जन्मिएका नेपाली मुलका विद्यार्थीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो असन्तुष्टि लेखेर पठाएका छन्। प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै विद्यार्थी शुभाशीश श्रेष्ठले पत्र पठाएका हुन् । बेलायतमा आफ्ना […]
९ जेठ, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा पुरानो देश नेपाल र भारतबीचको सीमा विवाद नयाँ होइन । तर, पछिल्लोपटक देखिएको विवादको सुरुवातकर्ता भने नेपाल नभएर भारत नै हो । भारतले ‘फायर’ नखोल्दासम्म नेपालीहरू नेपाल र अंग्रेज शासित भारतबीच भएको सुगौली सन्धिले रोपेको खिल सहेरै बसेका थिए । १६ कात्तिक २०७६ मा सर्वे अफ इन्डियाले नेपाली […]
३१ वैशाख, काठमाडौं । कालापानी क्षेत्रको भूभाग समेटेर नेपालको राजनीतिक नक्सा प्रकाशन गर्नेबारे जवाफ दिन भूमि व्यवस्था मन्त्री पदमा अर्याल सोमवार संसदीय समितिमा उपस्थित भएकी थिइन् । त्यहाँ उनले आफ्नै पार्टीका नेताहरुबाट समेत रुखो प्रश्नको सामना गर्नुपर्यो । नेपालको वर्तमान नक्सामा लिम्पियाधुरा नरहेको भन्ने मन्त्री अर्यालको अभिव्यक्ति विवादमा परेको सन्दर्भमा उनले संसदीय समितिसमक्ष प्रष्टीकरण दिनुपर्यो […]
३१ वैशाख, काठमाडौं । भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली आज खटाइँदै छ । सीतापुलमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लगिँदै छ । छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १०–१२ किलोमिटर वरै पर्दछ । बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित उनीहरुलाई नेपाली सेनाको […]
३० वैशाख, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन निर्देशन दिएको छ । समितिको आइतबार र सोमबार बसेको बैठकले नेपाली भूमि अतिक्रमण गरेर भारतीय सेना बसिरहेको भन्दै त्यसलाई हटाउन सरकारलाई निर्देशन दिएको हो । ‘भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेक कालापानीलगायत क्षेत्रमा नेपालको सुरक्षा र […]
२९ वैशाख, काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ । तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको […]
२९ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग प्रष्ट धारणा र एतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको रणनीति हुनुपर्ने बताए । ‘दुवै छिमेकी मित्र राष्ट्रसंग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा […]
२९ वैशाख, काठमाडौं । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ । साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक […]
२८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म के गर्यो भनेर प्रश्न गरेका थिए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका […]
२८ वैशाख, गोरखा । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गोरखामा राँके जुलुस निकालेको छ । आइतबार साँझ बिसौनी मोडको भित्री बाटोबाट घ्याम्पेशाल चोक हुँदै हरमटारी चोकसम्म जुलुस निकालेको हो । जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, […]
२६ वैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला-लिपुलेक लिङ्क रोड उद्घाटन गरेका हुन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी […]