Comments Add Comment

सुकेटार विमानस्थल

List Grid
सुकेटार विमानस्थलमा नियमित उडान शुरु

२१ असार, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । १२ मिनेटभन्दा बढी अवतरणको प्रयास […]

विमानस्थलको नामकरण : अन्तर्राष्ट्रिय अभ्यास के छ ? नेपालमा के गरियो ?

आ.व. २०७८-७९ को बजेट वक्तव्यको बुँदा नं. ३५६ मा ताप्लेजुङको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल तथा तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ्ग शेर्पा विमानस्थल नामकरण गरिने उल्लेख छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वाचन गरेपछि ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनलाई लिएर बहस शुरू भएको छ । बजेट वक्तव्यलगत्तै ताप्लेजुङवासीले विरोध जनाएका छन् । संघीय संसदमा प्रतिनिधित्व […]

चुहानडाँडामा आडछिरिङको नाम राख्न सुकेटारमा रवीन्द्रलाई जोडियो

१६ जेठ, काठमाडौं । सुकेटार विमानस्थलको नाम फेरेर परिवर्तन गरी ‘रवीन्द्र अधिकारी विमानस्थल’ राख्ने सरकारी निर्णयको ताप्लेजुङमा विरोध भएको छ । जिल्लामा क्रियाशील सबै राजनीतिक दलले विमानस्थलको नाम परिर्वतन गर्ने सरकारी घोषणा ताप्लेजुङबासी जनताको भावना विपरित भएको बताएका छन् । विमानस्थलको नाम परिर्वतन अस्वीकार्य भएको भक्न्दै जारी गरिएको वक्तव्यमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी […]

सुकेटार विमानस्थलको नाम स्व. रवीन्द्र अधिकारीका नाममा नामाकरण

१५ जेठ, काठमाडौं । सरकारले ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ । उनको २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । साथै यति समूहका संस्थापक स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

सुकेटारमा नेपाल वायु सेवा निगमले बुधबारबाट नियमित उडान सुरु गर्ने

१ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा उडान रोकिएको चार महिना पछि आज गोमा एयरले चार्टर उडान गरेको छ । आज बाह्र जना विदेशी पर्यटकसहित केही नेपाली यात्रु लिएर गोमा एयरले यो विमानस्थलमा उडान भरेको हो । कालोपत्रे भएको केहि महिना नेपाल वायुसेवा निगम, तारा एयर र गोमा एयरले काठमाडौं-ताप्लेजुङ उडान भरे पनि मौसमको खराबी […]

डेढ महिनादेखि सुकेटार विमानस्थल अवरुद्ध

१५ साउन, ताप्लेजुङ । खराब मौसमकै कारण पर्यटकीय जिल्ला ताप्लेजुङस्थित सुकेटार विमानस्थल डेढ महिना अघिदेखि पूर्णरुपमा अवरुद्ध हुँदा हवाई यात्रु मारमा परेका छन् । वर्षात्को समयमा दिनहुँजसो हुस्सु लाग्ने भएकाले डेढ महिना अघिदेखिनै उडान पूर्णरुपमा बन्द हुँदा आन्तरिक तथा बाह्य पर्यटक हवाई यातायातबाट वञ्चित भएका छन् । विमानस्थल कालोपत्रे भएपछि नियमित उडान हुनेमा स्थानीय ढुक्क भए […]