Comments Add Comment

सुजिता भण्डारी

List Grid
हाडनाताभित्रको प्रेम सम्बन्धले निम्त्याएको आत्महत्या

८ साउन, चितवन । चितवनकी सुजिता भण्डारी बेपत्ता भएपछि अनुसन्धान थालेको प्रहरी अपहरण भएको हुनसक्ने कुनै प्रमाण नभेटेपछि एक सातासम्म रनभुल्ल थियो । परिवारलाई भण्डारीले फोन गरेर आफू अपहरित भएको भनेकी थिइन्, तर अनुसन्धानले ठिक विपरित संकेत गरिरह्यो । अपहरण भएको भनिएका वेला उनले मोबाइलमा लामो समय ‘डाटा’ प्रयोग देखियो, ‘पूर्वतिर’ गएको भन्दै सन्देश पठाउँदा […]

सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले दर्ता गरे आत्महत्या दुरूत्साहनको मुद्दा

८ साउन, चितवन । चितवनको राप्ती नगरपालिकाकी सुजिता भण्डारीको मृत्युको सम्बन्धमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ । असार २० गते मृत भेटिएकी राप्ती नगरपालिका–३ की सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका हुन् । आफन्त पर्ने एक युवकको नाम तोकेर सुजिताकी आमा अम्बिका भण्डारीले आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी […]

सुजिता मृत्यु प्रकरण : अझै खुलेन मृत्युको कारण

८ साउन, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण अझै खुल्न सकेको छैन । ब्रम्हस्थानी सामुदायिक वनभित्र शव भेटिएको एक महीना पुगिसक्दा पनि मृत्युको कारण नखुलेको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सामाखुशीस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भएको भिसेर परीक्षणको रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न ढिलाइ भएको हो । […]

बाह्य व्यक्तिका कारण सुजिता मृत्यु प्रकरणको अनुसन्धानमा असहज : प्रहरी

२४ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी सुजिताको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गरी शंकास्पद व्यक्तिसँग सोधपुछको काम भइरहेको जनाएको छ । प्रहरी उपरीक्षक […]

जघन्य अपराधमा आन्दोलन : प्रहरीमाथि अविश्वासको परिणाम

२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव आइतबार ब्रह्मस्थानी सामुदायिक वनको झाडीमा भेटियो । परिवारले अपहरणको आशंका सहित उजुरी दिएको ९ दिनपछि शव भेटिंदा स्थानीयले प्रहरी विरुद्ध नारावाजी गरे । सोमबार अनुसन्धानमा संलग्न अधिकृतले घटनास्थलको मुचुल्का गरेर भण्डारीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी गरे । तर स्थानीयको […]

सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा के देखियो ?

२३ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृतले अनलाइनखबरलाई बताएअनुसार पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण स्पष्ट नभएपछि भिसेरा परीक्षण गर्ने तयारी गरिएको छ । मृत्युको […]

सुजिता भण्डारी मृत्‍यु प्रकरण : पूर्वी चितवनमा थप एक दिन कर्फ्यू

२३ असार, चितवन । राप्ती नगरपालिका-३ कि सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन बढ्न थालेपछि स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा थप एक दिन कर्फ्यू लगाएको छ । चितवनमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया ५०० मिटर क्षेत्रमा मंगलबार साँझदेखि लगाएको कर्फ्यू बिहीबार बेलुका […]

सुजिता भण्डारी मृत्यु प्रकरण : अवरुद्ध राजमार्ग खुलाउन खोज्दा प्रहरीसँग झडप

२२ असार, चितवन । चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ । स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ बजेदेखि अवरुद्ध गर्दै आएका छन् । प्रहरीले राजमार्ग खुलाउन खोज्दा भएको झडपमा परी नेपाल प्रहरीका २ जना र सशस्त्र प्रहरीका २ जना घाइते […]

सुजिता भण्डारी प्रकरण : मोबाइलको फरेन्सिक जाँच गर्दै प्रहरी

२२ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ मा मृत भेटिएकी सुजिता भण्डारीको मोबाइल प्रहरीले बरामद गरेको छ । सोमबार ब्याट्री भेटिए पनि मोबाइल भेटिएको थिएन । मंगलबार घटनास्थलबाट केहीपर मोबाइल पनि भेटिएको प्रहरीले जनाएको हो । मोबाइलमा भएका सामग्रीको प्राविधिक विश्लेषण गर्ने तयारी प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एक अधिकृत भन्छन्, ‘बरामद […]

सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइयो

२२ असार, काठमाडौं । चितवनको ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम हुनेछ । पोष्टमार्टमको रिपोर्टबाट सविता भण्डारीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–३ घर भएकी २२ वर्षीया सुजिताको शव आइतबार साँझ ब्रह्मास्थानी […]

दुई बुँदे सहमतिपछि सुजिता भण्डारीको शव अस्पतालमा

२१ असार, चितवन । जिल्लाको राप्ती नगरपालिका–३ बाट सुजिता भण्डारीको शव भरतपुर अस्पतालमा लगिएको छ । प्रशासन र स्थानीयबीच दुई बुँदे सहमति भएसँगै शव लैजान गरिएको अवरोध हटेको हो । र, शवलाई अस्पताल पुर्‍याइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनाको यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्ने र परिवारलाई आर्थिक सहायताका लागि […]

चितवन घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउन कांग्रेसको माग

२१ असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ । नौ दिनसम्म नभेटिनु, कसैको नियन्त्रण वा अपहरणमा परेको सूचना दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा ती युवतीको जङ्गलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको कांग्रेसको भनाइ छ । कांग्रेस […]

सुजिता भण्डारीको हत्या कि आत्महत्या ? अपहरणबारे अन्योल

२१ असार, काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारी ९ दिनअघि घरबाट निस्किएकी थिइन् । दिदी कविताका अनुसार अघिल्लो दिन साँझ उनले सब्जी लिन साथीको घर जाने सुनाएकी थिइन् । बिहान कविता उठ्दा बहिनी घरमा थिइनन् । उनले सोचिन्, ‘सुजिता सब्जी लिन गइछे ।’ तर १० बजिसक्दा पनि सुजिता फर्किनन् । ‘खाना […]

चितवनमा अझै राजमार्ग अवरोध, सर्वपक्षीय सहमति प्रदर्शनकारीले मानेनन्

२१ असार, चितवन । जिल्लाको राप्ती नगरपालिका–३ बाट ९ दिनअघि बेपत्ता बनेकी सुजिता भण्डारी मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै स्थानीय अबरुद्ध गरेको सडक अझैसम्म खुल्न सकेको छैन । राजमार्गमा अवरोध हुँदा दर्जनौं सवारीसाधान र यात्रु अलपत्र परेका छन् । पीडित पक्षले २४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्ने लिखित प्रतिबद्धता नआएसम्म सुजिताको शव […]

सुजिता भण्डारी प्रकरण : राजमार्ग अवरुद्ध, प्रहरीविरुद्ध नारावाजी

२१ असार, चितवन । राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् । युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध […]

सुजिताको शव नजिक भेटियो विषादीको बट्टा र झोला

२१ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका नजिक जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव भरतपुर अस्पताल ल्याइँदैछ । शव भेटिएको ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा मुचुल्का गरी शव निकालेर अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । आइतबार साँझ शव भेटिएपछि रातभर प्रहरीले सुरक्षा दिएर शव राखेको थियो । […]

चितवनबाट ९ दिनदेखि बेपत्ता युवतीको शव भेटियो

२० असार, चितवन । चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए । भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको […]