Comments Add Comment

सेयर काराेबार

List Grid
नेप्सेद्वारा ५ बैंकको सेयर कारोबार रोक्का

५ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ५ बैंकको सेयर कारोबार रोक्का गरेको छ । सूचीकरण नियमावलीको कार्यान्वयन नगरेको पाइएपछि ३ वाणिज्य बैंकसहित ५ बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अनलाइनखबरलाई बताए । प्रवक्ता पराजुलीका अनुसार वाणिज्य बैंकहरुमा सनराइज बैंक, हिमालयन बैंक र मेगा बैंकको कारोबार रोकिएको छ भने विकास बैंकहरुमा मिसन […]

सेयर बजारमा भारी गिरावट, कारोबार रकम १० करोड पनि पुगेन

२५ कात्तिक, काठमाडौं । यस वर्षको तिहार पछिको पहिलो कारोबार सेयर बजारमा भारी गिरावट आएको छ ।  अनलाइन कारोबार शुरु भए पछिको दोस्रो कारोबार आइतबार नेप्से परिसूचकमा १७ दशमलव ३१ अंकको गिरावट आएको हो । यस अघि नेपालमै पहिलो पटक भित्राइएको पूर्ण अनलाइन सेयर कारोबार प्रणाली शुरु भएको पहिलो दिन नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या […]

नेप्सेको वेबसाइटमा त्रुटी, लगानीकर्ता अन्योलमा

२० कात्तिक, काठमाडौं । सेयर कारोबारमा अनलाइन प्रणाली शुरु भएकै दिन नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या देखिएको छ । वेबसाइटमा भएको समस्याका कारण तिहार अघिको अन्तिम कारोबार अर्थात मंगलबारको कारोबारमा के-कति रुपैयाँको कारोबार भयो भन्ने देखिएको छैन । कारोबार रकम र नेप्से परिसूचकनै प्रष्ट नहुँदा लगानीकर्ताहरु अन्योलमा परेका छन् । अनलाईन कारोबार आजैबाट शुरु भएका […]

सेयर बजारमा १३ अंकको गिरावट, कारोबार रकम ३२ करोड नाघ्यो

११ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा १३ दशमलव ६२ अंकको गिरावट देखिएको छ । १३ दशमलव ६२ अंकले गिरावट आएर नेप्से परीसूचक १ हजार २ सय २७ दशमलव ४९ को विन्दुमा पुगेको छ । दिनभरमा भएको ४ हजार ९ सय ८५ कारोबारबाट विभिन्न कम्पनीका ११ लाख ९७ हजार १ सय ६ […]

सेयर बजारमा रोकिएन गिरावट

६ कात्तिक, काठमाडौं । सोमबार करिब २ अंकले ओरालो लागेको सेयर बजारमा मंगलबार २ दशमलव ७० अंकको गिरावट देखिएको छ ।  मंगलबार बैंकिङ, फाइनान्स र उत्पादनमुलक समूहमात्रै हरियो देखिएका छन् भने बाँकी सबै समूह राताम्मे देखिएका छन् । दिनभर भएको कारोबारमा निर्जिवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुले धेरै गुमाएका छन् । निर्जिवन बीमा समूहमात्रै मंगलबार […]

सेयर बजारमा १८ अंकको गिरावट, कारोबार रकम करिब ५४ करोड

१५ असोज, काठमाडौं । सेयर बजार १८ दशमलव ०४ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार १८ दशमलव ०४ अंकले घटेर नेप्से परिसूचक १ हजार २ सय ३८ अंकमा आइपुगेको छ । यसअघि आइतबारको कारोबारमा पनि १० दशमलव ४७ अंकले गिरावट आएको थियो । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत कमी आएको […]

नेप्से २६ अंकले बढ्दा २ अर्ब १० करोडको सेयर कारोबार

२९ भदौं, काठमाडौं । भदौ महिनाको अन्तिम साताको कारोबारले सेयर लगानीकर्ताहरुमा खुसीयाली छाएको छ । बढ्दा थोरै अंकमा बढ्ने र घट्दा भारी अंकमा गिरावट हुने नेपाली पुँजी बजारमा भदौ महिनाको अन्तिम सातामा देखिएको सुधारले पुँजी बजार लगानीकर्तामा उत्साह देखिएको हो । यो सातामा सेयर बजार २५ दशमलव ८६ अंकले वृद्धि भएको छ । साताको पहिलो […]