Comments Add Comment

स्वास्थ्य सामग्री खरिद

List Grid
स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको पत्र

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गर्ने सरकारी अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)लाई निर्देशन दिएको छ । २०७६ चैत १२ गते स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाउँदा विशेष परिस्थिति भनी सार्वजनिक खरिद ऐन र नियमावली विपरीत अधिकार प्रयोग गरेको पाइएको भन्दै समितिले खरिदमा संलग्न […]

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखाको ठहर, थप छानबिन गर्न अख्तियार पठाइने

३ पुस, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको छ । र, थप छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि चाहिने औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न १२ चैत २०७६ मा […]

स्वास्थ्यमन्त्रीको जिकिर : स्वास्थ्य सामग्री  खरिदमा  मेरो संलग्नता छैन

३ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री  खरिदमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । कोरोना महामारीको सुरुवाती चरणमा नेपालमा स्वास्थ्य सामग्री खरिदमा प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले शुक्रबार मन्त्री ढकाललाई नै छलफलमा बोलाएको थियो । बैठकमा मन्त्री ढकालले स्वास्थ्य सामाग्री खरिद प्रकिया स्वास्थ्य सेवा विभागको महानिर्देशकको नेतृत्वमा भएको र […]

स्वास्थ्य सामग्री खरिदबारे छलफल गर्न लेखा समितिले स्वास्थ्यमन्त्री बोलाउने

२६ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल […]

लेखा समितिमा स्वास्थ्य सामग्री खरिदको छानबिन कहाँ पुग्यो ?

१८ कात्तिक, काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताको छानबिन संसदको सार्वजनिक लेखा समितिमा १४ वैशाख ०७७ देखि विचाराधीन छ । कोरोना महामारी रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्न स्वास्थ्य सेवा विभागले ओम्नी विजनेस कर्पोरेट इन्टरनेशनलसँग गरेको सम्झौता विवादास्पद भएपछि लेखा समितिले छानबिनमा चासो देखाएको थियो । तर, पछिल्लो समय यो विषयमा […]

सत्तारुढ सांसदको प्रश्न : मास्क र स्यानिटाइजरमा पनि कमिसन खाने ?

११ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पम्फा भुसालले स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा भुसालले बेनामे उजुरीमा अल्झिनुभन्दा ठूला भ्रष्टाचार हेर्न आग्रह गरिन् । कोरोना महामारीका बेला खरिद गरिएको स्वास्थ्य सामाग्रीमा समेत अनियमितता […]

सेनाको स्वास्थ्य सामग्री खरिदबारे लेखाले थाल्यो छानबिन

३० असार, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानबिन थालेको छ । ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषदले निर्णय गरेर जीटुजीमार्फत सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिइएको थियो । तर सेनाले खरिद गरेको सामग्रीसमेत गुणस्तरहीन […]

ओम्नीसँग विवादास्पद सम्झौता : मन्त्री कर्मचारीलाई देखाउने, कर्मचारीले मन्त्री !

३० असार, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९ रोकथाम तथा उपचारमा लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनलसँग भएको विवादास्पद स्वास्थ्य सामग्री खरिदमा संलग्न अधिकारीहरुसँग ‘बयान’ लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमण सिंहले त्यसबेला आफूहरु जिम्मेवारीमा नभएको बताएपछि लेखा समितिले मंगलबार तत्कालीन स्वास्थ्य सचिव यादव […]

विज्ञ सल्लाहकारको स्पष्टीकरण : बाध्यात्मक परिस्थितिले स्वास्थ्य सामग्री खरिदको वार्तामा बसेँ

३० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले औषधि खरिद प्रक्रियामा आफ्नो सहभागिता बाध्यात्मक परिस्थिति भएको बताएका छन् । सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकमा कार्कीले आफू करिव २०/२५ मिनेट मात्र वार्तामा बसेको बताए । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनलसँग भएको विवादास्पद सम्झौताका लागि विज्ञ सल्लाहकार डा. कार्कीकै नेतृत्वमा रहेको वार्ता […]

ओम्नी प्रकरणमा स्वास्थ्यमन्त्री र सल्लाहकार कार्कीमाथि प्रश्नै प्रश्न

८ असार, काठमाडौं । स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र उनका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीको भूमिका शंकास्पद देखिएको सार्वजनिक लेखा समितिका सदस्यहरूले बताएका छन् । संसदको लेखा समितिले सोमबार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम बिष्टसँग […]

स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखा समितिले बोलायो

५ असार, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोलाएको छ । आउँदो सोमबार मन्त्रालयका सचिव र विभागका महानिर्देशकसँग छलफल गर्ने तय भएको समिति सभापति भरतकुमार शाहले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सचिव र विभागका महानिर्देशकसँगको छलफलपछि अध्ययनका लागि उपसमिति […]

जंगीअड्डाले भन्यो – सेनालाई विवादमा ल्याउने प्रयास भयो

२८ जेठ, काठमाडौं । जंगीअड्डाले नेपाली सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट भएको स्वास्थ्य सामग्री खरिदमा  सेनालाई विवादमा मुछ्ने प्रयास भएको जंगीअड्डाले जनाएको हो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘होल अफ नेसन एप्रोच अवलम्बन गर्दै परिचालन गर्न […]

चीनबाट स्वास्थ्य सामग्री खरिद : सेनाभन्दा स्वास्थ्यले किनेको किट महंगो

२७ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारको दुई निकायले खरिद गरेकाे स्वास्थ्य सामग्रीको मूल्यमै अन्तर रहेकाे पाइएको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागमार्फत स्वास्थ्य सामग्री खरिद गरेको थियो । तर, विभागमार्फत ओम्नी समूहसँग भएको सम्झौता विवादमा परेपछि नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिको जिम्मा […]

सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन भोलि वाइडबडी चीन जाँदै

४ जेठ, काठमाडौं । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी विमान भोलि सोमबार चीन जाने भएको छ । पहिलो लटको सामग्रीको भन्सार प्रक्रिया पुरा भएर ग्वान्झाओमा तयार भएपछि सोमबार साँझ वाइडबडी जान लागेको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भने, ‘भोलि बेलुकी जाने विमानले पर्सि १८ टन स्वास्थ्य सामग्री ल्याउनेछ […]

सेनाले काठमाडौं ल्यायो पहिलो चरणको स्वास्थ्य सामग्री

३ जेठ, काठमाडौं । नेपाली सेनाले चीनबाट ९ टन स्वास्थ्य सामग्री काठमाडौं ल्याइपुर्‍याएको छ । चीनको ग्वान्झाओबाट २ वैशाखमा काठमाडौंका लागि हिँडेको कन्टेनर शनिबार काठमाडौं आइपुगेको हो । नेपाली सेनाको जंगीअड्डाले सेनाको सामग्री शुक्रबार आइपुग्ने बताएको थियो । तर, तातोपानी नाकामा १० वटा ट्यांकरको भन्सारसम्बन्धी कामका कारण शुक्रबार आइपुग्न सकेन । नाकामा सामान लिनका लागि […]

स्वास्थ्य सामग्री खरिदका लागि तीन निजी कम्पनीसँग सम्झौता

५ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी ग्रुपसँगको सम्झौता भंग गरेको स्वास्थ्य सेवा विभागले बिहीबार तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो । कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा […]