Comments Add Comment

हिन्दु राष्ट्र

List Grid
सुरेन्द्र पाण्डे भन्छन् : ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा छ

१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीमाथि हिन्दु राज्य बनाउने कोसिस गरेको आरोप लगाए । केही दिन पहिले पशुपतिनाथको पूजा गर्न गएको र शनिबार चितवनमा […]

हिन्दु राष्ट्र माग गर्दै माइतीघरमा प्रदर्शन (फोटो फिचर)

२५ मंसिर, काठमाडौं । वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । सनातन संस्कृति समाज नेपालले बिहीबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । प्रदर्शनकारीले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरेका थिए । पृथ्वी नारायण शाहको नेतृत्वमा आर्जन भएको नेपाललाई अखण्ड राख्नुपर्नेमा उनीहरूको जोड थियो । २० मंसिरमा राष्ट्रिय नागरिक आन्दोलन […]

कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिए सहकार्य हुन्छः कमल थापा

२६ मंसिर, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा उभिने निर्णय गरे सहकार्य गरेर अघि जाने बताएका छन् । बुधबार भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हठात रुपमा हिन्दु राष्ट्र हटाउँदा चौतर्फी मार परेको दावी गरे । उनले भने, ‘कांग्रेस महामन्त्रीलगायतका नेताहरुले हिन्दुराष्ट्रका पक्षमा दिएका कुराहरु सकारात्मक छन्, […]

भारत जानुअघि ज्ञानेन्द्र शाहले भने – पात फेरिन सक्छ, जरा कहिल्यै फेरिँदैन

२२ माघ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताएका छन् । सोमबार भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त छोड्न नसकिने बताए । उनले राष्ट्रले लिएको बाटो व्यवहारिक र सबैलाई मान्य हुनुपर्ने पनि धारणा राखे । पूर्वराजा शाहले […]

‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ बारे निर्वाचन आयोग पछि हट्यो, राप्रपाको आन्दोलन फिर्ता

७ बैशाख, काठमाडौं । राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ । आयोग पछि हटेपछि राप्रपाले घोषित विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ । राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका लागि स्थगित गर्ने आयोगले निर्णय गरेको हो । आयोगको यस्तो निर्णयपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले संघर्षका कार्यक्रमहरु फिर्ता […]

संविधान संशोधनमा राप्रपा नेपालको पूवशर्त: हिन्दु राष्ट्र पनि राखौं

१७ असोज, काठमाडौं । सरकारले मधेसी लगायत दलका नेताहरुको चित्त बुझाउन संविधान संशोधनको तयारी गरिरहेका बेला राप्रपा नेपालका एक नेताले संविधान संशोधनका क्रममा हिन्दु राष्ट्र व्यूताउँनुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गिरीले भने, ‘यसलाई हाम्रो पूर्वसर्त ठाने हुन्छ । मधेसी मोर्चाका मागमात्रै सम्बोधन गरेर समस्या समाधान हुँदैन । ९४ प्रतिशत हिन्दुका […]

नेपालको गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा छैनः जोली

२४ असार, काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँ दिल्लीमा नभई काठमाडौंमै भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा जोलीले भने,’ नेपालको संविधान नेपालीले नै बनाएका हुन । त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गरिरहेका छन् ।’ उनले अघि भने, ‘मधेसीहरुले […]

बहसः ‘हिन्दु राष्ट्र’ बनाउनुभन्दा ‘वौद्ध राष्ट्र’ बनाउने कि ?

७  जेठ, काठमाडौं । चीनको बेइजिङमा नेशनल म्युजियम छ, जहाँ भगवान गौतम वुद्धका मूर्तिहरु सजाइएका छन् । बेइजिङको समर प्यालेसमा लामा टेम्पल पनि छ । तिब्बतमात्रै होइन चीनका भित्री भूभागसम्म वौद्ध धर्मावलम्बीहरु छन् । मुस्लिम देश भनेर चिनिने पाकिस्तानको लाहोर म्युजियममा गौतम वुद्धका परापूर्वकालीन सम्पदाहरु सजाइएका छन् । अफगानिस्तानदेखि श्रीलंकासम्म बुद्धका मूर्ति छन्, जसले ‘बुद्ध […]