Comments Add Comment

हुम्ला विमानस्थल

List Grid
टिकट नपाउँदा हुम्ला विमानस्थलबाटै फिर्ता भए बिरामी

९ कात्तिक, सिमकोट (हुम्ला) । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्‍याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा […]

हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

१७ फागुन, सिमकोट । हुम्लाको मुख्य यातायातको साधनकारूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई […]

हुम्लामा पुनः सुरु गर्‍यो नेपाल एयरलाइन्सले उडान

२२ मङ्सिर, सिमकोट । नेपाल वायुसेवा निगमको हुम्ला उडान सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि आजदेखि उडान गरेको हो । नेपालगञ्जबाट हुम्लाका लागि हप्ताको एकपटक उडान गर्ने भएको हुम्ला स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । दुई […]

हुम्ला विमानस्थलको आगलागी नियन्त्रणमा आयो, एकजना घाइते

१८ मंसिर, सुर्खेत । हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयको दुईको घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख, […]

हुम्ला विमानस्थलमा आगलागी, पानी जमेकोले नियन्त्रणमा लिन समस्या

१८ मंसिर, काठमाडौं । हुम्लाको सिमकोटस्थित विमानस्थलमा बिहीबार बिहानै लागलागी भएको छ । विमानस्थलका प्रमुख बस्ने क्वाटरमा बिहानै अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नाउब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए । ‘आगोको लप्काले विमानस्थल क्वाटरको भवन छिचोलेर बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा जानकारी प्राप्त भयो,’ सुवेदीले भने, ‘अहिलेसम्म के कारणले आगो […]